Apr 042010
 

Nepali film artists believe more on astrologers than their capacity and talent. Instead of using talent, they try to copy everything from foreign films and try their luck by worshiping gods and follow traditional astrologers’ suggestions.

Advertisement

Film producer Chiranjivi Basnet is a well known producer. Although he didn’t cared about astrologers in the beginning, A film writer took him to an astrologer. After that, he considered the letter ‘Cha’ the start of his first movie ‘Chandal’ the lucky letter. All his initial movies start with ‘Cha’. The ‘Cha’ love didn’t last long. ‘Bha’ was the next letter. Films like ‘Bhulani Sakina’, ‘Bharosha Jindagi’, ‘Bhagi Bhagi Najau’ and ‘Bhishmaraj’. The letter ‘Bha’ was decided on the suggestion of an astrologer named Sitaram.

Actor and producer Ashok Sharma also believes in astrologers. He consults astrologers for every decision he makes.

nepali film artists

ज्योतिषका शरणमा चलचित्रकर्मी

चलचित्रकर्मीहरूलाइ चलचित्रको ‘रिल’मा आधुनिक, भाग्यवादको विरोधी, रुढीवादको विरोधी देखाइए पनि ‘रियल’ जिन्दगि मा त्यस्ता होलान भन्ने हुँदैन । जस्तो कि चलचित्रको शुभसाइत भन्दै सबै जसो चलचित्रकर्मीहरू मन्दिर धाँउछन, क्यामेर आदिको पुजा गरेकै हुन्छन । त्यति मात्र होइन नेपाली चलचित्रका अधिकांश निर्माताहरू चलचित्रको नाम, शुभसाइतको समय, प्रदर्शनको मितिजस्ता विषय ज्योतिषकै सल्लह अनुसार तय गर्ने गर्दछन।

अशोक शर्मा

चलचित्र निर्माता एवं कलाकार अशोक शर्मा भन्छन्- “अरू के गर्छन् थाहा भएन तर, म ज्योतिष विद्यामा विश्वास गर्छु ।” शर्माको विश्वास छ- “जन्मको तिथि, मितिको सही आधारमा तयार पारिएको ‘चिना’ मा मान्छेको ‘सम्पूण’ भविष्य हुन्छ ।”

नेपाली चलचित्रमा भिलेनबाट कलाकारिता सुरु गरेका शर्माले चलचित्र ‘ट्रकड्राइभर’ बाट निर्माणको क्षेत्रमा हातहालेका हुन् । नेपाली चलचित्रमा ‘सुपरडुपर हिट’ मानिएको चलचित्र ‘ट्रकड्राइभर’ पछि सीता, गरिब, निरमाया, अल्लारे, मिस्टर रामकृष्णे, यो मायाको सागर, मितिनीजस्ता लोकप्रिय चलचित्र निर्माण गरेका शर्मा भन्छन्- “बितेका र हुनेवाला कुरा मेरो जीवनमा मिलेका छन् ।”

निर्माता चिरञ्जिवी बस्नेत

नेपाली चलचित्र निर्माणमा हातहाल्दा निर्माता चिरञ्जिवी बस्नेतलाई ज्योतिषसँग खासै मोह थिएन तर, पछि चलचित्र लेखकले नै उनलाई ज्योतिषकहाँ पुर्‍याए । चण्डाल चलचित्रबाट निर्माण थालेका चिरञ्जिवीले चोर, चलचित्र, चौतारी, चाहन्छु म तिमीलाई, चक्रब्युहजस्ता ‘च’ वर्णबाट चलचित्र बनाए । ‘च’ प्रेमी निर्माताका रूपमा आफ्नो ‘ब्राण्ड’ बनाएका चिरञ्जिवीले अहिले ‘भ’ तिर लागेका छन्, त्यो पनि ज्योतिषकै सल्लाहअनुसार । निर्देशक दीपक श्रेष्ठलाई लिएर एकैसाथ दुई चलचित्र ‘भुल्नै सकिन’ र ‘भरोसा जिन्दगी’ बनाइरहनुभएका चिरञ्जिवीले भागीभागी नजाउ र भीष्मराज निर्माण गरिसकेका छन् । बानेश्वरका सीताराम ज्योतिषलाई देखाउने गरेका उनले भूल भए माफ गर, भो नसोध मलाइलगायत नाम दर्तासमेत गरेर राखेका छन् ।

निर्माता चिरञ्जिवी भन्छन्- “चलचित्रका लेखकले नै चलचित्रको नाम जुराउन ज्योतिषलाई देखाउँ भन्छन् ।”

नेपाली सिनेमाको कुन पक्षले दर्शकलाई आकषिर्त गर्नसक्छ ? चलचित्रको नामले ? कथा या संवादले ? नायिकाको पुष्ट नितम्ब वा नायकको मसलेदार एक्सनले ? ग्ल्यामर नृत्य, डरलाग्दो द्वन्द्व या गीत/सङ्गीतले ? निर्देशकीय पक्ष र कलाकारको अभिनय कुशलताले दर्शकलाई आकषिर्त गर्छ भन्ने पनि छन् ।

नेपाली चलचित्रको नाडी छाम्नेहरूले चलचित्रलाई ‘ज्योतिष भरोसा’ मा छाड्दै आएका छन् । नेपाली चलचित्रमा आफ्नो क्षमतामा विश्वास राख्नेहरूभन्दा ‘हेराउने र जुराउने’ मै बढी ढुक्क रहनेहरूको बाहुल्यता पाइन्छ । नेपाली चलचित्रमा सफल निर्माता मानिने चिरञ्जीवी बस्नेत भन्छन्-“ज्योतिषसँग हेराउने काम पहिलेदेखि नै गर्दैआएको छु । विश्वास पनि लाग्छ ।”

नायक र नायिकालाई आधार बनाएर कथा लेख्ने नेपाली प्रचलन नयाँ होइन । निर्माताको ‘चिनो’ ज्योतिषलाई देखाएपछि जुरेको चलचित्र नामकै आधारमा चलचित्रको कथा तयार पारिने प्रचलन बढ्दै गएको छ । कतिपय नेपाली चलचित्रको कथालाई हिन्दी चलचित्रको ठिमाहा सन्तान भन्दा पनि हुन्छ । नवजात शिशुको न्वारान गरेर पण्डितले नाम जुराएजस्तै नेपाली चलचित्रको न्वारान ज्योतिषले गर्दै आएका छन् । त्यसैले नेपाली चलचित्रको व्यापारलाई ‘भगवान् भरोसा’ पनि भन्ने पनि गरिन्छ ।

नेपाली टेलिशृङ्खलामा २० वर्षदेखि सक्रिय कलाकार लक्ष्मी गिरी पनि ज्योतिषज्ञानमा विश्वास लाग्ने बताउँछन् । उनी आफँै पनि छायाङ्कनका बेला सहकर्मीहरूको हात हेर्ने गर्छिन् । कलाकार गिरी भन्छिन्- “रमाइलोका लागि हेर्दिन्छु, पछि कतिले त तपाइँले भनेको मिल्यो भन्छन्, त्यति हो ।”

२०३६ सालमा पश्चिमा ज्योतिष किरोको किताब प्राप्त भएपछि ज्योतिष अध्ययनमा रुचि बढेको बताउने कलाकार गिरीले नारायणदत्त श्रीमालीको किताबसमेत अध्ययन गर्ने गरेको बताइन् ।

कलाकार एवं चलचित्र निर्मात्री प्रज्ञा जोशीले टेलिचलचित्र ‘सिन्दूर’ बाट निर्मात्रीको रूपमा प्रवेश गरेकी हुन् । ज्योतिषको विश्वास त्यति नलाग्ने बताए पनि धर्मकर्म, व्रतमा भने उनी ज्यादै विश्वास गर्छिन् । ‘स’ बाट चलचित्रको नाम जुराउँदै आएकी प्रज्ञाले चलचित्र ‘सपुत’ पछि निर्माण गरेको ‘सम्झना’ अहिले काठमाडौँका चलचित्रघरमा प्रदर्शन भइरहेको छ । कथा तयार पारेपछि मात्र चलचित्रको नाम जुराउने गरेको बताउने प्रज्ञा हप्तामा तीन दिन व्रत बस्छिन् ।

अर्की निर्मात्री एलिजा रिजालले पनि ज्योतिषकै सल्लाहअनुसार वषर्ा आकाश गंगा चलचित्र निर्माण गरिन् तर, चलचित्रले अपेक्षाअनुरुप व्यापार गर्न सकेन । तैपनि ज्योतिषकै सल्लाहमा चलचित्र ‘दिलमाया’ निर्माण गरिरहेकी छन् र तेस्रो चलचित्र ‘मै राम्री’ को तयारी पनि गरिरहेकी छन् । भन्छिन्-“चलचित्रको नाम जुराउन ज्योतिषलाई देखाउने चलनजस्तै बनिसक्यो ।”

निर्माता एवं निर्देशक उकेश दाहालका अनुसार नेपाली चलचित्रका अधिकांश निर्माताहरू ज्योतिषकै सहारा लिन्छन् तर, उनीहरूको ज्योतिष भने एकै छैनन् । यद्यपि, चलचित्रकर्मीहरू बढी जाने गरेको ज्योतिष भने कोटेश्वरतिर बस्ने रमेशबाबा हुन् ।

हास्य कलाकार एवं टेलिशृङ्खलाका निर्देशक दीपकराज गिरीले भने आफू ज्योतिषमा विश्वास नगर्ने बताए । “ज्योतिषले भनेर मिलाउने भए दरबार छाडेर ज्ञानेन्द्र किन निस्कनु पथ्र्यो ?”, कलाकार गिरी भन्छन्-“तर, भाग्यमा विश्वास गर्छु, भाग्य भनेको शरीर र कर्म भनेको टाउको हो । भाग्यमा कर्म जोडिएको हुन्छ ।”

श्रीमती र साथीहरूको साथ लागेर धेरैपटक ज्योतिषकहाँ गएको बताउने कलाकार गिरी वास्तुशास्त्रमा विश्वास गर्छन् । उनी शिवभक्त पनि हुन् । पसुपतिनाथको नियमित दर्शन गर्न जाने उनी ज्योतिषज्ञानलाई कतिपयले कमाईखाने भाँडो बनाएको आरोप पनि लगाउँछन् ।

सङ्गीतकार आलोकश्री पनि ज्योतिषमा विश्वास राख्दैनन् । उनी पनि भाग्यमा विश्वास राख्छु भन्छन् । “भाग्य भनेको जस हो”, सङ्गीतकार आलोकश्री भन्छन्- “राम्रो आश गरेर कामको परिणाम पर्खन्छु ।”

‘कस्तुरी क’ बालगीतिसङ्ग्रहपछि १४ वटा आधुनिक गीतिसङ्ग्रह ल्याइसकेका सङ्गीतकार आलोकश्री यतिखेर खुसी, द गोर्खा, द गेम, फर्की आउजस्ता चलचित्रको सङ्गीत सिर्जनामा पनि लागिरहेका छन् । भन्छन्- “आजका दिनसम्म म काममा विश्वास गर्छु ।”

‘कर्म’ छैठौँ दिनको भावीले लेख्छ या मिहिनेतले ? कैंचीको दुई धारमध्ये कुन धारले काट्छ भन्ने जिज्ञासाको उत्तर पाउन नसकेजस्तै नेपाली चलचित्र किन दर्शकले मन पराउँछन् ? स्वयं चलचित्रकर्मीहरू समेत जानकार छैनन् तर, ज्योतिषलाई ‘हेराउने जुराउने’ क्रम भने अझ बढ्दै गएको छ ।

(source – yuvamanch)

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: