May 072010
 

sonia कुनै नायिकाले क्षेत्रीय भाषाको आफ्नो पहिलो चलचित्रमा छायांकन नसक्दै दोस्रो चलचित्रमा अनुबन्धित हुने अवसर पाउँछिन् भने उनी कत्ति खुसी होलिन् ? यस्तै खुसी पाएकी छिन् नायिका सोनिया केसीले । जगदम्बा फिल्म प्रोडक्सनको व्यानरमा निर्माण भै रहेको भोजपुरी कथानक चलचित्र ‘प्यार करेला हिम्मत चाही’ -प्रेम गर्नलाई हिम्मत चाहिन्छ’) को छायांकनमा व्यस्त सोनियालाई त्यही प्रोडक्सनले आफ्नो आगामी चलचित्रका लागि पनि अनुबन्धित गरेको छ ।

Advertisement

पहिलो भोजपुरी चलचित्रमा उनले देखाएको अभिनय कौशलबाट प्रभावित भएका निर्देशक अनिल सर्राफले उनलाई आफ्नो आगामी चलचित्रका लागि पनि साइन गरेका हुन् । ‘सरकाईले खटिया जाडा लगे’ शीर्षकको उक्त भोजपुरी चलचित्रमा भोजपुरी चलचित्रका सुपरस्टार रवि किशन नायक रहने छन् ।

एउटा चलचित्रको छायांकन नसक्दै अर्कोमा साइनसमेत गरेपछि सोनिया पनि अत्यन्त उत्साहित छिन् । सिलसिला, राजभाइ, तिम्रो घर मेरो ससुराली, द सोल्जर, के साइनोले बोलाउँ, दमयिन्ती, गोर्खापल्टन आदि गरी हालसम्म नौवटा चलचित्रमा अभियन गरिसकेकी सोनियाको केही चलचित्र अहिले प्रदर्शनको तयारीमा छन् । सोनियालाई सुरुमा भोजपुरी चलचित्रमा अभिनय गर्दा केही भाषिक समस्या  भए पनि विस्तारै यो समस्या हट्दै गएको छ । बढी पारिश्रमिक पाइने भएकाले पनि भोजपुरी चलचित्र कलाकारहरूको आकर्षणमा छ । भोजपुरी चलचित्रको नेपालमा मात्र नभई भारतमा समेत ठूलो बजार भएकाले दर्शक र प्रशंसक पनि बढ्ने सोनिया बताउँछिन् । (साभार- साप्ताहिक)

  3 Responses to “सोनिया केसी अर्को भोजपुरी चलचित्रमा”

  1. soniya your body is so sexy

  2. soniya you are a very sexy.

  3. […] होला एउटा नसकिदै अर्को फिल्म मा अनुबन्धन भै सकेको खबर आएको […]

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: