Apr 272010
 

‘अग्रजलाई सम्मान नयाँ पुस्तालाई प्रोत्साहनू भन्ने मूल मन्त्र सहित रेडियो अन्नपूर्णले आफ्नो दशौ बार्षिकोत्सवको अवसरमा आयोजना गरेको चौथो अन्नपूर्ण म्यूजिक अवार्ड वितरण कार्य शनिबार भव्य रुपमा सम्पन्न गरेको छ ।

Advertisement

असल संगीतको खोजी अभियानलाई सघाउन विभिन्न २३ विधामा अवार्ड वितरण गरेकोमा सर्वोत्कृष्ट गायन सुगम संगीत महिलामा अन्जना गुरुङ र पुरुषमा शिव परियार सर्वोकृष्ट हुनु भएको छ । बदनाम भएँ म बाट गुरुङ र धरै चोटी मरे मत गीतबाट परियार सर्वोकृष्ट हुनु भएको हो । स्वरुपराज आचार्य/विपिन किरण/महेश खड्काको बल गरेर त्यो मन सर्वोकृष्ट गीत भएको छ भने दीप श्रेष्ठ/योगन्द्रमणि दाहाल/राजु सिंहकॊ यात्रा एल्वम सर्वोकृष्ट भएको छ । २३ बिधामा उदियमान पोखरेली प्रतिभामा हाँसु भन्दा पनि गीतबाट सिडी विजय अधिकारी सर्वोत्कृष्ट, सामाजिक राष्ट्रिय भावधारा गीत यहाँ देशको छ चिन्ताबाट दिपक लिम्वु र सर्वोत्कृष्ट नव प्रतिभामा पि्रय तिम्रो सिउदोमा बोलका गीतबाट प्रकाश तिमिल्सीनाले अवार्ड प्राप्त गरेका छन ।

त्यसैगरी सर्वोत्कृष्ट लोकदोहोरी गीतमा प्रजापति पराजुली र देवी घर्तीको के खान्छ्यौ कमला , सर्वोत्कृष्ट लोकलय तथा शब्दमा शिव सुवेदीको घाम जस्तो चम्किलो जुन हुदैन, सर्वोत्कृष्ट लोकदोहोरी गायिकामा काफल पाकेकोबाट देवी घर्ती, सर्वोत्कृष्ट लोकदोहोरी गायक घाम जस्तो चम्किलो जुन हुदैनबाट पुरुषोत्तम न्यौपाने, सर्वोत्कृष्ट युगल गायनमा जहाँ भामर छ गीतबाट रामभक्त जोजिजु/इतु जोजिजु, सर्वोत्कृष्ट रक गायनमा कसरीबाट जीवन गुरुङ, सर्वोत्कृष्ट एरेन्जरसंगीत संयोजनमा कादम्विनीको धेरै चोटी मरें मत गीतबाट गोपाल रसाइली, सर्वोत्कृष्ट प्लेब्याक िसंगर पुरुषमा टक्कर दुइ मुटुको चलचित्रको तिमी विनाको जीवनबाट स्वरुपराज आचार्य, सर्वोत्कृष्ट प्ले ब्याक सिंगर महिलामा कहाँ भेटिएला चलचित्रको टाइटल गीत कहाँ भेटिएलाबाट अञ्जु पन्त, सर्वोत्कृष्ट चलचित्र संगीत कहाँ भेटिएलाबाट शम्भुजित बास्कोटा, पपुलर सङ्ग अफ दी एयरमा दर्शन नमस्ते गीतबाट राजेशपायल राइ, सर्वोत्कृष्ट रचनामा यहाँ देशको छ चिन्ता गीतबाट कृष्णहरी बराल, सर्वोत्कृष्ट पप गायन महिलातर्फ रिफ्लेक्शन अफ लभको मेरो प्यारो मान्छे तिमीबाट सिनी गुरुङ, सर्वोत्कृष्ट पप गायन पुरुषमा तिम्रो देशैमा गीतबाट सनुप पौडेल, सर्वोत्कृष्ट कम्पोजिसन पप रिफ्लेक्शन अफ लभको एक फेर हेरिदिए हुन्थ्यो न्हु बज्राचार्य, सर्वोत्कृष्ट संगीत हरी लम्सालको द लाइनबाट तिमीलाई केही हुदै नहोस ले हात पारेको छ ।

यसैगरी रेडियाले हरेक बर्ष प्रदान गर्दै आएको वेष्ट स्टाफ अफ दी एयरबाट सिनियर रेडियो प्रस्तोता संजय मल्ल र वेष्ट न्यूज पस्रन अफ दी एयरवाट सम्बादाता एवं सिफ्ट कोअर्डिनेटर माधव बराल घोषित हुदै सम्मान पत्र दोसल्ला सहित पाँच हजार पाँचसय पचपन्न रुपैया प्राप्त गर्नु भएको छ । सम्मानित भए पछि वेष्ट स्टाफ अफ दी एयर मल्लले यो सम्मान सम्पुर्ण अन्नपुर्णकर्मीहरुको भएको बताउनु भयो । यसैगरी बेष्ट न्युज पस्रन अफ दी एयर बरालले सम्मानले आम जनतालाई सुसुचित गर्ने अभियानमा लाग्न प्रोत्साहन मिलेको बताउनु भयो ।

रेडियो अन्नपुर्ण ९३ थोप्लो ४ मेगाहर्जको दशौं वार्षिकोत्सवको अवसरमा आयोजित चौथो अन्नपुर्ण एफएम म्युजिक अवार्डको दश वटा पानसमा प्रमुख अतिथि संगीत नाट्य एकेडेमीका सदस्य सचिव तीर्थ श्रेष्ठ क्षत्री, समाजका महासचिव कुमार खड्का, राष्ट्रिय ब्राम्हण समाजका अध्यक्ष उपप्राध्यापक नारायण प्रसाद अधिकारी, तमु िधं नेपालका अध्यक्ष कर्म तमु, नेवा खलःकास्कीका अध्यक्ष प्रकाशमान पालिखे, नेपाल मगर संघ कास्कीका अध्यक्ष क्याप्टेन कृष्णबहादुर थापा, दलित संघका भवे सार्की, मुस्लिम समाजका हनिफ मिया, भुजेल समाज कास्कीका अध्यक्ष पानबहादुर भुजेल, तामाङ घेदुङ कास्कीका अध्यक्ष दीपक तामाङले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो । जातियको नारा चर्को रुपमा उठेको बेला जातीय संघ संस्थाका प्रतिनिधिले एक साथ कार्यक्रम उद्घाटन गर्दा जातीय सद्भावको लागि गतिलो सन्देश पनि दिएको थियो ।

रेडियोका अध्यक्ष शिवलाल मल्लको अध्यक्षमा भएको कार्यक्रममा स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठले स्वागत मन्तव्य सहित रेडियो अन्नपुर्णको गतिविधीका बारेमा चर्चा गर्नुभएको थियो । यसैविच कार्यक्रमका प्रमुख अतिथी संगीत नाट्य एकेडेमीका सदस्य सचिव तीर्थ श्रेष्ठले अन्नपुर्ण म्युजिक एफएम ९९.६ मेगाहर्जको स्टेशन आइडी बजाएर उद्घाटन गर्नु भयो । स्टेशन आइडीको संगीतकार पोखरेली अमित गुरुङ हुनुहुन्छ ।

भास्करध्वज श्रेष्ठले गीत, शिव परियार कहाँ थियौ तिमी, शोभित बस्यालले मेरो पोखरा, आगन्तुक खरेल बयर बोटैमा, मल्लीका कार्कीले यति धेरै मान्छेको भिडमा, अाजना गुरुङ बदनाम भएँ म तिम्रै कारणले, मनोज गुरुङले बेगनास तालको पानी, सिताराम पोखरेलले आँखाको नानी हौ तिमी गीत गाउनु भएको थियो भने माछापुच्छ्रे डान्स टे्रनिङ सेन्टरले नृत्य प्रस्तुत गरेको थियो । यसैगरी हिमाली साँस्कृतिक परिवारले राष्ट्रिय र देशभक्ति भावधाराको गीतमा नृत्य प्रस्तुत गरेका थियो ।

प्राइम अलिमियाँ लोकतारा २ को फाइनल प्रतियोगि रामजी पौडेलले उकाली ओराली धाइयो माया पाइयो अव त के चाहियो, ज्योति लोहनीले हावा चल्यो सरर बोलको एकल गीत गाए भने रामजी र ज्योतिले गलबन्दी लेउ बैना लोकदोहोरी गीतले दर्शकलाई नचाएको थियो । प्राइम अलिमिया लोकतारा २ बन्न सफल रामजी पौडेलले एक लाख रुपैया र उपविजेता ज्योति लोहनीले पच्चिस हजार रुपैया प्राप्त गरे । पोखरा सभागृहमा करिव ५ घण्टा सम्म भएको कार्यक्रमा दर्शको व्यापक सहभागिता रहेको थियो । कार्यक्रममा दर्शकहरु कुर्चीमा बस्न नपाएपनि कायक्रम अवधी भर नै उभिएर पनि हेर्नु भएको थियो ।(साभार – संजय मल्ल, पोखरा, फिल्मिखबर)

Nominations:
१. सर्वोत्कृष्ट गीत
a. धेरै चोटी मरे त (शिव परियार÷शितल कादम्विनी÷कादम्विनी ÷म्युजीक नेपाल)
b. बल गरेर त्यो मन (स्वरुप राज आचार्य÷विपिन किरण÷महेश खड्का÷विन्धवासीनी म्युनीक)
c० वदनाम भए“ म (अन्जना गुरुड्ड÷खुमानन्द गौतम÷परशुराम÷राम वावु÷विन्दवासीनी म्युजीक)
d० तिमीले पराइ ठाने पछि (अन्जु पन्त÷लोकराज अधिकारी÷सन्तोष श्रेष्ठ÷सगरमाथा म्युजीक)
e० मनै त हो (धर्मेन्द्र सेवान÷उत्तम भौकाजी÷विजु वज्र÷म्युजीक डट कम)

२. सर्वोत्कृष्ट गायन सुगम संगीत (पुरुष)
a० माया गर्नुको अर्थ – शिशिर योगी (आकर्षण )
b० सपनी राम्रो दे“खिन– रुपक डोटेल (उमंंग )
c० वल गरेर त्यो मन– स्वरुपराज आर्चाय (किरण क्ष्क्ष्)
d० धेरै चोटी मरें म त – शिव परियार (कादम्विनी)
e० अचानो भो– दीप श्रेष्ठ (यात्रा)

३. सर्वोत्कृष्ट गायन सुगम संगीत (महिला)
a० जीन्दगी यो फुलै फुलको – अन्जु पन्त (किन किन)
b० तिमीले नसम्झिदा– मल्लिका कार्की (मल्लिका)
c० तिमीलाई केही हुदै नहोस – रेखा शाह (द लाइन)
d० वदनाम भए“ म– अञ्जना गुरुड्ड (अनुरोध क्ष्क्ष्)
e० तिर्खा लाग्यो – अञ्जु पन्त (अध्याय)

४. सर्वोत्कृष्ट संगीत
a० सपनी राम्रो देखिनं – आलोक श्री (उमंग)
b० तिमीले पराइ ठाने पछि– सन्तोष श्रेष्ठ (साधना)
c० तिमीलाई केही हुदै नहोस– हरी लम्साल (द लाइन)
d० धेरै चोटी मरें म त – शिव परियार (कादम्विनी)
e० जिन्दगी यो फुलै फुलको – राजनराज शिवाकोटी (किन किन)

५. सर्वोत्कृट रचना
a० यहा“ देशको छ चिन्ता– कृष्णहरी वराल (यहा“ देशको छ चिन्ता)
b० वल गरेर त्यो मन – विपिन किरण (किरण क्ष्क्ष्)
c० तिमीले पराई ठाने पछि – लोकराज अधिकारी (साधना)
d० तिमीलाई केही हुदै नहोस – भुपेन्द्र खडका (द लाइन)
e० बदनाम भए“ म – खुमानन्द गौतम (अनुरोध 2)

६. सर्वोत्कृष्ट एल्वम
a० द लाइन (रेखा शाह÷ म्युजीक नेपाल)
b० कादम्विनी (शितल कादम्विनी ÷शिव परियार÷म्युजीक नेपाल)
c० यात्रा (दिप श्रेष्ठ÷योगेन्द्रमणि दहाल÷राजु सिंह÷ म्युजीक डट कम)
d० वडर््स (उत्तम भौकाजी÷म्युजीक डट कम)
e० रिफ्लेक्सन अफ लभ (वसन्त चौधरी÷न्हु वज्राचार्य÷म्युजीक डट कम)

७. सर्वोत्कृष्ट एरेन्जर (संगीत संयोजक)
a० धेरै चोटी मरें म त – गोपाल रसाइली÷ कादम्विनी
b० तिमीलाई केही हुदै नहोस– फणिन्द्र राई (द लाइन)
c० एक फेर हेरी दिए हुन्थ्यो – गोपाल रसाइली (रिफ्क्लेसन अफ लभ)
d० घामको न्यानो – सुुसन मास्के (सवै ठिकै हुन्छ)
e० मनै त हो – राजन इशान (वर्ड्स)

८. सर्वोत्कृष्ट पप गायन (पुरुष)
a० तिम्रो देशैमा – सनुप पौडेल
b० एक फेर हेरिदिए हुन्थ्यो – निमा रुम्वा
c ० हल्ला नगर – नविक के. भट्टराई
d.हा“सी रहनु– अनिल सिंह
e.हरे राम हरे कृष्ण – भरत सिटौला

९. सर्वोत्कृष्ट पप गायन (महिला)
a० वतासले – लसता जोशी (लसता)
b० घामको न्यानो –आस्था तामाङ मास्के (सवै ठिकै हुन्छ)
c० मेरो प्यारो मान्छे तिमी – सिनी गुरुड्ड (रिफ्लेक्सन अफ लभ)
d० मायाको कुरा – निलञ्जना भट्टाचार्य (निलञ्जना)
e० मनका कुरा – रेखा शाह ( द लाइन)

१०. सर्वोत्कृष्ट कम्पोजिसन (पप)
a० एक फेर हेरिदिए हुन्थ्यो –न्हु वज्राचार्य (रिफ्लेक्सन अफ लभ)
b० तिम्रँे देशैमा – सनुप पौडेल (रेज)
c० घामको न्यानो – आस्था तामाङ मास्के (सवै ठिकै हुन्छ)
d० मेरो प्यारो मान्छे तिमी – न्हु वज्राचार्य (रिफ्लेक्सन अफ लभ)
e० मनको कुरा – जविक (द लाइन)

११. सर्वोत्कृष्ट रक गायन

a.माफ गर – ब्हष्ह b.कसरी – जीवन गुरुड्ड
c.धेरै टाढा – ह्ष्त
d.यो लडाई – ब्ति ँद्ध
e.वज्र – शिरिष खड्का

१२. पपुलर संड्ड अफ दि इएर
a० दर्शन नमस्ते – राजेशपायल राई (दर्शन नमस्ते)
b० यति धेरै मान्छेहरुको भिडमा – मल्लिका कार्की (मल्लिका)
c० कुन रंगको – आगन्तुक खरेल (वयर वोटैमा)
d० लैजा रे – हेमन्त राना (लैजा रे)
e० हल्ला चलेछ – राजु लामा (मंगोलियन हार्ट

१३.सर्वोत्कृष्ट युगल गायन
a० जहा“ भामर छ (रामभक्त ÷इतु जोजिजु)
b० कस्तो मिलन भयो हाम्रो (मनोज ÷अञ्जु पन्त)
c० तिम्रो आगमनले (सुस्मा ÷विकास राणा)
d० मिस कल नगर (रमन गायक ÷अन्जु पन्त)
e० पहाड चढें कहिले (मनोज गुरुड्ड÷सुमिना सिंह)

१४. सर्वोत्कृष्ट लोक दोहोरी (गायक)
a० घाम जस्तो चम्किलो जुन हुदैन (पुरुषोत्तम न्यौपाने)
b० त्यो मन रुन्न होला र (खुमन अधिकारी)
c० पछ्यौरी लेउ वैना (रामजी खा“ड)
d० गंगाजीको पानी (राजु परियार)
e० काफल पाकेको (विमलराज क्षेत्री)

१५. सर्वाेत्कृष्ट लोक दोहोरी (गायिका)
a० माफ गर भुल भए (विष्णु माझी)
b० घाम जस्तो चम्किलो जुन हुदैन ( विमा कुमारी दुरा)
c० काफल पाकेको (देवी घर्ती)
d० वादल भित्र जुन छ (सिर्जना थापा)
e० गंगाजीको पानी (विष्णु माझी)

१६. सर्वोत्कृष्ट लय तथा शव्द
a० घाम जस्तो चम्किलो जुन हुदैन (शिव सुवेदी)
b० पछ्यौरी लेउ वैना (शिव हमाल)
c० देउरालीमा ध्वजा (रमेश विजी ÷कस्तुप पन्त)
d० फुलमा मौरी डुल्ने वेलामा (एकनारायण भण्डारी)
e० माफ गर भुल भए (राजकुमार वगर)

१७. सर्वोत्कृष्ट दोहोरी गीत
a० के खान्छ्यौ कमला (प्रजापती पराजुली ÷देवी घर्ती)
b० म त आउने थिइन (शिरिस देवकोटा ÷ देवी घर्ती)
c० लाली पाउडर घसेकी (राजु परियार÷लक्ष्मी न्यौपाने÷कुसुम भण्डारी)
d० कता माया जोडु म (लक्ष्मी न्यौपाने÷पुरुषोत्तम न्यौपाने÷देवी न्यौपाने÷भोला न्यौपाने)
e० अनि गजलकार भए“ म (सर्वज्ञमान शाक्य÷अञ्जु पन्त÷लोकनाथ सापकोटा)

१८. सर्वोत्कृष्ट नव प्रतिभा
a०े प्रकाश तिमिल्सेना (प्रिय तिम्रो ÷आरती टट)
b० मनोज गुरुड्ड (वेगनासतालको पानी÷ नौलो आवाज)
c० दुर्गा खरेल ( किन किन÷दिल )
d० मार्मिक लामा ( फुल वुट्टे सारी÷रत्न )
e० शिरिष खड्का ( चिहानकी परी ÷चिहानकी परी)

१९. सर्वोत्कृष्ट सामाजिक ÷राष्ट्रिय भावधारा गीत
a० यौटा देउराली थियो (नेपथ्य)
b० रगत सवको रातो हुन्छ (कन्हैया सिंह)
c० अव त ढिलो हुन्छ साथी हो (हेमन्त शर्मा)
d० आन्दोलनमा घाइते भएर (विष्णु खत्री)
e० यहा“ देशको छ चिन्ता (दीपक लिम्वु)

२०.सर्वोत्कृष्ट प्ले व्याक सिंगर (मेल)
a० छोडी गए पाप लाग्ला – रामकृष्ण ढकाल (छोडी गए पाप लाग्ला)
b० तिमी विनाको जीवन – स्वरुपराज आचार्य (टक्कर दुई मुटुको)
c० ढल्क्यो ढल्क्यो – दिपक लिम्वु (नैना रेशम)
d० ढल् ढल् – राजेश पायल राई (मिसन पैसा)
e० माया त माया हो – मनोज राज (माया त माया हो)

२१.सर्वोत्कृष्ट प्ले व्याक सिंगर (फिमेल)
a० तिमी जहा छौं – प्रविशा अधिकारी (कसलाई दिउ“ यो जोवन)
b० कहा“ भेटीएला – अञ्जु पन्त (कहा“ भेटीएला)
c० ढल्क्यो ढल्क्यो – माण्डवी त्रिपाठी (नैना रेशम)
d० कहा“ होला कस्तो होला – अन्जु पन्त (सम्झना)
e० दुई चुल्ठी वाटेर – संगीता प्रधान (वाटुली)

२२.सर्वोत्कृष्ट चलचित्र संगीत
a० छोडी गए पाप लाग्ला – सुरेश अधिकारी (छोडी गए पाप लाग्ला)
b० ढल्क्यो ढल्क्यो – वसन्त सापकोटा (नैना रेशम)
c० पहिलो पहिलो माया – महेश खड्का (पहिलो पहिलो माया)
d० दुई चुल्ठी वाटेर – वि वि अनुरागी (वाटुली)
e० कहा“ भेटीएला – शम्भुजित वास्कोटा (कहा“ भेटीएला)

२३.उदियमान पोखरेली प्रतिभा

a० वेगनासतालको पानी – मनोज गुरुड्ड
b० ए कान्छी – आजाद ढुंगाना
c० रुपै राम्रो रुपातालको – रजनी राई
d० जुन जस्तो मुहार तिम्रो – नरजंग गुरुड्ड
e० हासु भन्दा पनि – सिडी विजय अधिकारी

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: