कोही मेरो का निर्देशक आलोक सञ्चिता लुइँटेलको प्रतीक्षामा

निर्देशक आलोक नेम्वाङ केही समय यताबाट अभिनेत्री सञ्चिता लुइँटेलको प्रतीक्षामा छन् । आफ्नो फिल्म ‘कोही मेरो’को डबिङ गराउन उनले सञ्चितालाई कुरिरहेका हुन् । किनकि ती अभिनेत्री केही महिना यताबाट भारतमा छन् ।

अभिनेता निखिल उप्रेतीसँग उनी मुर्म्बईमा बस्दै आएकी छन् । आफ्नो साथीको विवाह छ भन्दै यी अभिनेत्री अर्ढाई महिनाअघि मुर्म्बई गएकी थिइन् । साथीको विवाहमा गएको भने पनि त्यसको केही दिनमा उनकै विवाह निखिल उप्रेतीसँग भएको समाचार आयो । वैवाहिक सम्बन्धमा बाँधिएपछि उनी निखिलसँग बस्दै आएको बताइन्छ । यता सञ्चिता नेपाल नआएकै कारण केही फिल्मको काम प्रभावित भएको छ । त्यसमा आलोकको फिल्मको डबिङ पनि प्रभावित भएको हो ।

त्रिकोणात्मक प्रेम कथामा आधारित ‘कोही मेरो’मा झरना बज्राचार्य र उनले अभिनय गराइएको छ । जसमा झरनाको डबिङ केही दिनअघि नै सकिएको आलोकले बताए, ‘केही दिनदेखि आर्यन सिग्देलको डबिङ गरिरहेको थिएँ । त्यो पनि सकिन लागेको छ,’ उनले भने । आफ्नो फिल्मको डबिङका लागि सञ्चिता चाँडै काठमाडौं आउनेमा उनी आशावादी छन् । यसअघि सञ्चितासँग उनले थुप्रै म्युजिक भिडियोमा काम गरिसकेका छन्, ‘उनी आफ्नो कामप्रति निकै जिम्मेवार छन् । त्यसैले कोही मेरोको डबिङका लागि पनि उनी आउँछिन भन्नेमा म विश्वस्त छु,’ यी निर्देशकले भने ।

त्यसो त केही समयअघि सञ्चितासँग आफ्नो फोनवार्ता भएको पनि यी निर्देशकका कथन छ । वार्ताका बारे जानकारी गराउँदै आलोकले भने, ‘म जसरी पनि आउँछु, मेरो डबिङ अरूबाट नगराउनु भनेर सञ्चिताले फोनमा मसँग वाचा गरेकी छन् । त्यसैले पनि उनलाई मैले पर्खिरहेको हुँ ।’ यी निर्देशकसँग गरेको प्रतिवद्धताअनुसार गत साता नै उनी काठमाडौं आइसक्नु पर्ने हो, ‘सायद आमहडतालका कारणले सञ्चिता आउन नसकेको हुनुपर्छ । यो हप्ताभित्र त आउँछिन होला ।’ निर्देशक आलोकले भने, ‘यदी यो महिनाभरि पनि आइनन् भने उनको डबिङ अन्य कलाकारबाट गराउनु पर्ला ।’

सञ्चिताको पर्खाइले गर्दा आफ्नो फिल्मको प्राविधिक कार्य ढिलो भएको पनि उनले स्पष्ट पारे । यी निर्देशकको दोस्रो फिल्म हो, ‘कोही मेरो’ । यसअघि उनले ‘सानो संसार’ निर्देशन गरेका थिए । पहिलोजस्तो दोस्रो फिल्म पनि आफूले राम्रो बनाएको जिकिर गर्दै आलोकले भने, ‘कोही मेरो’लाई आगामी भदौसम्म रिलिज गर्ने लक्ष्य छ । ढिलो भए पनि दसैंसम्म पक्कै दर्शकमाझ आउने छ ।’ यो सिनेमाका आर्यन सिग्देल, झरना बज्राचार्य, सञ्चिता लुइँटेलसहितका कलाकारको मुख्य भूमिका रहेको पनि उनले जानकारी गराए । (साभार : राजधानी)

कोही मेरो

आलोक नेम्वाङ्गले ‘सानो संसार’ बनाएपछि उनको सिनेमा आम नेपाली सिनेमाभन्दा फरक हुने आशा गरियो र त्यस्तै भयो पनि । आलोकको सो सिनेमालाई आम नेपाली सिनेमाभन्दा फरक स्टाइलमा प्रिजेन्ट गरेको भनेर भनियो । त्यो सिनेमामा आम नेपाली सिनेमामा देखिने हिरो हिरोइन थिएनन, म्युजिसियन पनि नेपाली सिनेमामा चलेका किसिमका नभइ पप र आधुनिक गीतका गायकहरु थिए । उनको सिनेमा ‘सानो संसार’मा हिरोलाई फाइट खेलाइएन । हिरोइनलाई पनि अर्धनग्न बनाइएन । त्यसमा भिलेन पनि थिएनन् । सिनेमालाई अहिलेको टेक्नोलोजीको उपयोग गर्दै बनाइएको थियो । त्यसैले त्यो सिनेमा फरक भएर पनि विदेशी सिनेमाहरुको दाँजोमा बनेको थियो र आडियन्सले सिनेमालाई मन पराए ।

जस्तोसुकै भएपनि नेपाली सिनेमा हर्ेन जाने गरेका आलोक नेम्वाङ्गले फेरी सिनेमा बनाइरहेका छन्, जसको शुटिङ्ग  सकिएको छ । केही महिनापछि त्यो सिनेमा पनि अडियन्सले हर्ेन पाउने छन् । यसपटक आलोकले सिनेमा मेकिङ्गको लिबर्टर्ीीयो सिनेमामा प्रयोग गरेका छन् । आम नेपाली सिनेमा खेलेका कलाकारहरु नै यसपल्ट उनको सिनेमा ‘कोही…मेरो’का कलाकार भएका छन् । आर्यन सिग्देल, झरना बज्राचार्य, सञ्चिता लुइँटेल, तृप्ति नाडकर, दिनेश शर्मा आदि आलोकको सिनेमा ‘कोही…मेरो’का कलाकार हुन् । उनीहरु आम नेपाली सिनेमाबाटै परिचित भएका एक्टर-एक्ट्रेस हुन् । उनको यो सिनेमामा आम सिनेमाका म्युजिसियनहरु सुरेश अधिकारी र बसन्त सापकोटाकै म्युजिक सुन्न पाइन्छ । आम सिनेमाका गीतकार सुरेश अधिकारी, नरेश भट्टराइले नै गीत रचेका छन् । आम सिनेमाका सिनेमाटोग्राफर राजुविक्रम थापाले नै सिनेमा खिचेका छन् । त्यति भएर पनि सिनेमा ‘कोही…मेरो’बाट नयाँ हिरो इन्ट्रोड्युस गरिदैंछ, सुबोध थापा । सुबोध आलोकले बनाएका म्युजिक भिडियोहरुमा सबैभन्दा बढि देखिएका एक्टर हुन् । उनले आलोकको निर्देशनमा बाह्रवटा म्युजिक भिडियो खेलेका छन् । ‘कोही…मेरो’का एकजना म्युजिसियन सुरेश र्राई पनि नयाँ नै हुन् । गीतकार भुपेन्द्र खड्कालाई पनि सिनेमाका लागि नयाँ भन्नर्ुपर्छ । सिनेमाका निर्माता पनि नयाँ हुन् । म्युजिक डटकमबाट म्युजिकको कारोबार र उत्पादन गरिरहेका राजेश बंशलले सिनेमा बनाउने कम्पनी मुभिज डटकमबाट ‘कोही…मेरो’ बनाइरहेका छन् ।

नयाँ र पुरानोको मिक्चर बनाइ निर्माण भइरहेको ‘कोही…मेरो’का बारेमा भने आलोकले यसो भने- मेरो यो सिनेमामा कलाकारहरुको डाइलग डेलिभरी आम सिनेमाभन्दा फरक छ । उनीहरुको एक्टिङ्ग सामान्य छ, नाटकीय गराउन खोजेको छैन । यस्ता कारणले ‘कोही…मेरो’  फरक छ भन्न सक्नुहुन्छ । यस्ता कारणबाहेक अरु कारणले ‘कोही…मेरो’  आम सिनेमाभन्दा फरक छ भन्न मिल्दैन । यो सिनेमा ‘सानो संसार’  जस्तो फरक छैन, तर दर्शकले यसमा सबै किसिमको मनोरञ्जन पाउनु हुनेछ ।’

KOHI…MERO

Banner:Movies.com
Presenter: Rajesh Bansal
Producer: Suraj Bansal
Cinematographer: Raju Bikram Thapa
Music: Suresh Adhikari,Basant Sapkota,Suresh Rai
Lyrics: Suresh sdhikari,Naresh Bhattarai,Bhupendra Khadka,Suresh Rai
Asst. Director: Samrat sakya
Story: Alok Nenbang,Prawin Adhikari
Screenplay: Prawin Adhikari
Cast: Jharana Bajracharya,Sanchita Tuitel,Aryan Sigdel,Tripti Nadkar,Dinesh Sharma,Introducing Subodh Thapa.
Director: ALOK NEMBANG

Incoming search terms:

  • saujanya subba blue film
  • nepali vaalu stroies
  • आर्यन सिग्देल
  • नेपाल पोखरा सिटी पुति
  • नेपाली पुति/
2 Comments Post a Comment
  1. [...] is unknown to the general public.As announced previously, Sanchita has come to Nepal to finish the dubbing  of Kohi Mero, an Alok Newang movie. But, it was reported previously that Nikhil has no plan [...]

  2. yadab baral says:

    ‘KOHI MERO’MOVIE IS UNIQUE MOVIE IN NEPAL.I LIKE,THIS FILM REMAINS IN THE HEART OF EVERY YOUNG.

Leave a Reply