Aug 012010
 

A movie produced by actor Dinesh Sharma is in it’s last stage of production. The leading actor of the movie, named ‘Antya’,  is a dog named Junu.

Advertisement

Apart from Junu, the dog, the movie features Dinesh Sharma, Usha Poudel, Sushil Pokharel, Mukunda Thapa, Deepdarshan Jung Rana, and Bijaya Deuja in main roles. Antya, made in digital technology, is directed by Basudev Pokharel.

antya5

चलचित्र कलाकार दिनेश शर्माले चलचित्र निर्माण गरेका छन् । ‘अन्त्य’ नामक उनको चलचित्रको अहिले प्राविधिक कार्य भइरहेको छ । उनले आफ्नो लगानीको पहिलो चलचित्रमा यसअघि तीन चलचित्र बनाइसकेका चलचित्र निर्माता रामचन्द्र पौडेललाई साथ लिएका छन् ।

कुनै पनि नयाँ शुरुवात हुनका लागि पुरानो कुराको अन्त्य हुन जरुरी छ भन्ने सन्देश बोकेर यो चलचित्र बनाएको बताइरहेका दिनेश शर्माले यसमा अरु सन्देश पनि थप्न भुलेका छैनन् । जस्तोः पशु मान्छे बन्न सक्छ भने मान्छे चाहिँ कहिले मान्छेजस्तो बन्ने ? पशु त संस्कारमा हिँडेर एउटा सुसंस्कृत पशु बन्न सक्छ भने मान्छे आफैँले बनाएको संस्कारमा किन हिँडिरहेका छैनन्, किन हिँड्न सकिरहेका छैनन् ? त्यस्तै उनले हरेक मान्छे आफ्नो लागि बलियो हुन्छ, उसलाई कमजोर नठान्नू ! भन्ने सन्देश पनि यस चलचित्रमार्फत् दिन भुलेका छैनन् ।

यसमा प्रहरी-कुकुर जुनुको प्रमुख भूमिका रहेको निर्माता शर्माले दिएका छन् । जसमा दिनेश शर्मासहित उषा पौडेल, सुशील पोखरेल, मुकुन्द थापा, विजय देउजा, दीपर्शनजङ्ग राणा आदिको मुख्य भूमिका रहेको छ ।

डिजिटल प्रविधिबाट बनाइएको यो चलचित्रलाई भारतमा लामो समयदेखि मुम्बईमा संघर्षरत वासुदेव पोखरेलले निर्देशन गरेका छन् । (साभार – इनशा)

antya3

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: