Apr 232010
 

चलचित्र दासढुङ्गाका निर्माता अपिल बिष्ट आफ्नो दोस्रो चलचित्र ‘नमस्ते अमेरिका’ को लागी नायिका खोज्न मुम्बई पुगेका छन् । चलचित्र ‘नमस्ते अमेरिका’ को लागी बिदेशी मुलुकको अनुहार भएको नायिका चाहिने भएको र त्यस्तो खालको नायिका नेपालमा कोहि नभएकोले नायिकाको खोजी गर्न आफू केहि दिन अगाडी मुम्बई पुगेको अपिलले फिल्मीखबरलाई बताए ।

Advertisement

मुम्बईबाट फिल्मीखबरसँग कुरा गर्दै अपिलले अबको ३-४ दिन भित्रमा नायिकाको निधो गरिने जानकारी दिए । नायिका खोज्न हिडेका अपिलले मुम्बईका केटिहरूले १५ लाख भन्दा बढिको डिमाण्ड गरेकोले भने जस्तो भेट्न गार्‍हो भएको बताए । ‘राम्रा त भेटिएका छन् तर उनीहरूको डिमाण्ड नेपाली चलचित्रका निर्माताले पुरा गर्न सक्ने स्थिती छैन तर पनि हामी कोसिस गर्दै छौं’ अपिलले भने ।

अपिलकै निर्देशनमा बन्ने यस चलचित्रको निर्माण अपिल र उनका अमेरिकी साथीले गर्ने छन् । जेष्ठ महिनामा दासढुङ्गाको प्रदर्शन गरेपछि यो चलचित्रको निर्माण कार्य थालनी गरिने उनले बताए । चलचित्रको छायाँकन काठमान्डौ र अमेरिकामा गरिने कुराको समेत उनले जानकारी गराए । चलचित्रको कलाकार भने नायिकाको खोजी भएपछि मात्र फिक्स गरिने उनको भनाई छ । (साभार: फिल्मीखबर)

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: