Apr 252009
 

In 2065 BS, 63 movies were screened. With this many Nepali movies in a year, Nepali movie industry has stepped into a new era of film making.

Advertisement

Best Movies of the year:

  • Parkhi Base
  • Giraftar
  • Ma Timi Bina Marihalchu

Tito Satya actor’s ‘Shundar Mero Naam’ didn’t do a good business although his serial is as popular as ever.

Among artists: Biraj Bhatt has overtaken Rajesh Hamal, Nikhil Upreti and Dilip Rayamajhi. Jharana Thapa has managed to remain ahead in the race of the best actress in this year. Rekha Thapa, Rejina Upreti and Arunima Lamsal followed up.

२०६५ सालका सफल कलाकार र चलचित्रहरु

२०६५ सालमा जम्मा ६३ वटा ठूला चलचित्र प्रदर्शन भए। यसबाट नेपाली चलचित्रले फड्को मार्न थालेको मान्न पनि सकिन्छ । फिल्म निर्माण र प्रदर्शनलाइ हेर्दा अघिल्ला वर्षहरुको तुलनामा यस बर्ष निक्कै प्रगती भएको देखिन्छ । देशमा स्थिर राजनीतिक अवस्था तथा शान्ति भए सबै क्षेत्रमा जस्तै चलचित्र क्षेत्र पनि फस्टाउन सक्ने रहेछ भन्ने देखाएको छ।

उद्धव पौडेलले बनाएको पर्खिबसें, गिरफ्तार र भुवन केसीको म तिमीबिना मरिहाल्छु यस बर्षका सफल फिल्म हुन पुगे । अन्य फिल्महरुले भने खासै व्यापार गर्न सकेन । तितो सत्यले तहलका मचाएतापनि दीपकराज गिरीले अभिनय गरेको ‘सुन्दर मेरो नाम’ले भने राम्रो व्यापार गर्न सकेन । तर यस बाट तितो सत्यलाइ भने कुनै असर पारेन ।

उत्कृष्ट नायक, नायिका
यस बर्ष विराज भट्ट सबभन्दा अगाडि रहेको देखिन्छ भने राजेश, निखिल र दिलीप पछिपछि रहेका थिए।

नायिका तर्फ झरना सबभन्दा अगाडि रहे भने रेखा, रेजिना, अरुणिमा पछिपछि रहेका थिए।

यस बर्ष नयाँ अनुहारपनि नेपाली फिल्ममा देखा परेका छन। नायक तर्फ अर्जुन, राजवल्लभ, जीवन लुइँटेल, विनय श्रेष्ठ, प्रमोद र सुभाष जस्ता नँया अनुहारहरुले यस बर्ष अभिनय यात्रा शुरु गरेका छन।

नायिका तर्फ पनि निक्कै नयाँ अनुहारहरु नेपाली फिल्ममा देखा परेका छन। सोनिया, सञ्जिता, जेनिसा, हिमानी र शोभिता यस मध्ये प्रमुख रहेका छन।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: