Jun 262010
 

dipak_raymajhi_director Well known director Deepak Rayamajhi is going to direct a new movie named “Chadai Aau Hai”. The movie, based on a story on a foreign-bound Nepali youth, will be based on reality of many Nepali youth who go to foreign countries to earn the living.

Advertisement

Deepak has given some well received love story movies like Yug Dekhi Yug Samma, Yo Maya Le Lau na Satayo, Angalo Angaloma, Hamro Milan Kahile Hunchh, Love Story 066. In this movie Deepak is changing his film making pattern and direct social themed movie for the first time. More in Nepali follows (credits –nayapatrika):

निर्देशक दीपक रायमाझीको निर्देशनमा चाँडै आऊ है नामक फिल्म निर्माण हुँदै छ । धन कमाउन बिदेसिएका युवालाई स्वदेश र्फकन आह्वान गर्ने कथाको यो फिल्मको शुक्रबार राजधानीमा शुभमुहूर्त गरियो ।

नेपाली चलचित्र क्षेत्रमा २३ बर्ष बिताएका निर्देशक रायमाझीले करिब दुई दर्जन चलचित्रको निर्देशन गरिसकेका छन् । युगदेखि युगसम्म, यो मायाले लौन सतायो, अँगालो-अँगालोमा, हाम्रो मिलन कहिले हुन्छ, लभ स्टोरी ०६६ जस्ता प्रेम कथानक फिल्म निर्माण गरेर डयासिङ ग्ल्यामर निर्देशकका रूपमा चर्चित भएका दीपकले ‘चाँडै आऊ है’ देखि आफ्नो त्यो इमेज परिवर्तन गर्न लागेको बताए । सन् १९८० मा रूसबाट चलचित्र निर्देशनमा स्नातकोत्तर गरेका निर्देशक रायमाझी नेपाली फिल्म छेत्रमा केहि मात्र पढेलेखेका हस्ती हरु मध्य एक हुन्।

‘मायाप्रेमको कथामा कति फिल्म बनाउनु ?’ यो फिल्मदेखि मैले मेरो प्याटर्न चेन्ज गर्दै छु,’ उनले भने, ‘अब म यथार्थवादी फिल्म बनाउँछु । समाजलाई केही सकारात्मक सन्देश दिउँ भन्ने चाहना छ मेरो ।’

असार अन्तिमबाट सुटिङ सुरु हुने चाँडै आऊ हैपछि पर्यटन वर्ष ०११ लाई लक्षित गरी अर्काे फिल्म ‘डेस्टिनेसन काठमाडाँै’ निर्माण गर्ने जानकारी उनले दिए । उनले भने, ‘बढीभन्दा बढी पर्यटक नेपाल भित्र्याउने पहलस्वरूप डेस्टिनेसन काठमाडाँै बनाउँदै छु । यो अन्तर्राष्ट्रियस्तरको फिल्म हुनेछ ।’

वेब प्रोडक्सनको ब्यानरमा मोहमद अकबर निर्माता रहेको चाँडै आऊ हैको शुभमुहूर्त सटको निर्देशन वरिष्ठ फिल्मकर्मी चेतन कार्कीले गरेका थिए । जसमा पुराना कलाकार जयनन्द चन्दले क्यामेरा स्विचअन, ध्वनि इन्जिनियर प्रदीप उपाध्यायले नागरा स्विचअन, वरिष्ठ नृत्य-निर्देशक वसन्तजंग रायमाझीले क्ल्याप हानेका थिए भने नरिवल फोड्ने काम द्वन्द्व निर्देशक तथा कलाकार गोपाल भुटानीले गरेका थिए । मुहूर्त सटमा सुमन सिंह, आरपी पन्त र नीता ढुंगानाले अभिनय गरेका थिए ।

Incoming search terms:

  • nepalichadastory

  One Response to “‘Chadai Aau Hai’ to be made soon”

  1. […] fight direction of Himal KC, choreography of Raju Shah, and music of Chetan Sapkota. (credits – moviesnepal) June 27th, 2010 | Tags: Chadai Aau Hai, Deepak Rayamajhi, Dipak Rayamajhi | Category: Movie […]

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: