धीरेन शाक्यका केटी पट्याउने ६ तरिका

dhiren_shakya Cool guys out there, actor Dhiren Shakya is offering six different tips to attract girls.

After being with various girls in his own life Dhiren has summarized what works with girls. The list goes like:

  1. Good appearance
  2. Fashionable dress up
  3. Talent
  4. Soft spoken
  5. Caring behavior
  6. Helpful nature

The please comment with your addition or suggestion on the list.

नायक धीरेन शाक्यले देश/विदेशमा गरी थुप्रै केटीसँग संगत गरेका छन् । धीरेनको अनुभवमा केटाहरूलाई केटी आकषिर्त गर्ने आधा दर्जन टिप्स :

१. राम्रो आउटलुक
प्रायः केटीहरू फस्टमै केटाको आकर्षक जिउडालप्रति मोहित हुने गरेको पाइएको छ । त्यसमाथि पनि अग्लो कद, सुन्दर मुहार अनि कसिला मसल्सप्रति केटीहरूको विशेष ध्यान जान्छ । तर, विदेशमा भने यस्तो हुदैन । कुनै फङ्सनमा परिचय भयो भने मात्रै हो नत्र भने कसैलाई कसैको मतलब हुदैन ।
कुनै पनि पुरुषले आफूलाई फिट राख्न नियमित व्यायम गर्न जरुरी देख्छु । मुहारमा कान्ति ल्याउनका लागि खानपिनमा विशेष ध्यान दिनुपर्छ । पर्सनालिटी मेन्टन गर्ने, आफूलाई सधँै जाँगरिलो बनाइरहने सामान्य पुरुषप्रति पनि स्त्रीले वाच गरेको पाएको छु ।

२. फेसनेबल डे्रसअप
मान्छे हेन्डसम भएर मात्रै हुँदैन । आकर्षक बन्नका लागि फेसनेबल डे्रसको जरुरी हुन्छ । सिजनअनुसारको आफूलाई फिट हुने कपडा लगाउनुपर्छ ।

जो-कोही केटी पनि सुकिलो डे्रसअप लगाउने पुरुष चाहन्छन् । मान्छेको व्यक्तित्व उसको पहिरनले झल्काउँछ । त्यसैले दिनहुँजसो नयाँ- नयाँ डे्रसअपमा ठाँटिने पुरुषप्रति स्त्रीको विशेष लगाव हुने गरेको पाएको छु ।
म आफू पनि फेसनेबल छु । मौसमअनुसारको डे्रस लगाउँछु । सुटिङमा बाध्यताले बाहेक म आफूलाई असजिलो लाग्ने कपडा कहिल्यै लगाउँदिनँ ।

३. प्रतिभाशाली
केटीलेे केटाको आउटलुकका साथै भित्री प्रतिभाको समेत हेक्का राख्ने गर्छन् । बाहिर हेर्दा राम्रो देखिने पुरुष कत्तिको ट्यालेन्ट छ, त्यो बिचार गरेका हुन्छन् । कुनै पनि केटीले आफूभन्दा ट्यालेन्ट केटा खोज्छन् । त्यसैले केटाहरूले आफूलाई प्रतिभासम्पन्न गराउन जरुरी छ ।

friendly football match-03 अचेलका केटीले आफूले संगत गर्ने केटा प्रतिभाशाली, बहादुरी, ऊबाट केही नयाँ कुरा सिकूँ र आफूलाई हरेक कुरामा गाइड गरोस् भन्ने चाहन्छन् । गुड लुक भएको केटा प्रतिभावान भएन भने त्यो आकर्षण बिस्तारै विकर्षण हुँदै जान्छ । युवाहरूले आफूलाई प्रतिभाशाली बनाउनुपर्छ ।

४. नम्र स्वभाव, मीठो बोली
नम्र स्वभावको मीठो बोल्ने केटाप्रति केटी झट्टै आकषिर्त हुन्छन् । नरम स्वभाव र मीठो बोल्ने युवकप्रति युवती आकषिर्त भएको हामी सबैले देखेकै छौँ । जतिसुकै तनाबमा पनि मीठो बोल्ने केटाका केटीसाथी धेरै हुन्छन् ।
मीठो बोल्ने, तर केटी भनेपछि लजाएर कालो-नीलो हुने, खुलेर कुरा गर्न नसक्ने केटाप्रति केटी छिट्टै विकषिर्त हुन्छन् । केटीसामु निकै कन्पिmडेन्ट भएर बोल्नुपर्छ । केटीहरूले सम्मानित भाषा मन पराउँछन् । उनीहरूलाई आदर, सम्मान गरेर बोल्नुपर्छ । भनिन्छ नि, बोल्नेको पिठो पनि बिक्छ । केटी आकर्षण गर्ने मामलामा पनि यो उखान लागू हुन्छ ।

५. चासो लिने
केटीहरू केटाले आफ्ना हरेक कुरामा ख्याल गरोस् भन्ने चाहन्छन् । कुनै केटीसँग परिचय भएपछि उनको बारेमा बढीभन्दा बढी जिज्ञासा राख्ने, कहाँ बस्ने, के काम गर्ने, रुचि के छ ? कस्तो साथी मनपर्छ भन्नेजस्ता सबै कुरा रुचिपूर्ण तवरले सोध्नुपर्छ ।

छुट्टएिपछि पनि कहाँ छौ, के गर्दै छ्यौ, डिनर भयो ? भन्नेलगायतका हरेक कुरामा चासो दिनुपर्छ । आफू र आफ्नो रुचि

Incoming search terms:

It's very calm over here, why not leave a comment?

Leave a Reply