Jun 112010
 

nikhil-uprety Due to the absence of Nikhil Upreti who is living in Mumbai, India after marrying Sanchita Luitel, the dubbing of Dilmaya is stalled. The producers expect Nikhil to return back to finish his job as Sanchita did for the dubbing of movie Kohi Mero recently.

Advertisement

नायक निखिल उप्रेतीले अभिनय गरेको अहिलेसम्मको अन्तिम फिल्म दिलमायाको डबिङ अन्तिम चरणमा पुगेको छ । दिलमायामा अभिनित अन्य सबै कलाकारको डबिङ सिद्धिए पनि नायक निखिलको डबिङ कसरी गर्ने भन्नेबारे फिल्मका निर्देशक राजु गिरी तनाबमा छन् । नायिका सञ्चिता लुइँटेलसँग दोस्रो बिहे गरेर तीन महिनादेखि मुम्बई बसाइँ सरेका निखिल हत्तपत्त नेपाल नर्फकने भएपछि निखिलको डबिङबारे निर्देशक राजुलाई तनाब भएको हो ।

भदौमा रिलिज गर्ने हेतुले तीव्र गतिमा प्राविधिक काम भइरहेको यो फिल्ममा निखिलका अलावा अरुणिमा लम्साल, पवन बस्नेत र निर्देशक राजु आफैं प्रमुख भूमिकामा छन् । निखिलको डबिङका लागि रिल मुम्बई पठाउने तयारी गरे पनि पछिल्ला दिनमा निखिलले नेपालबाट गरेका कुनै पनि फोन उठाउन छाडेपछि अब के गर्ने भन्ने बिलखबन्दमा परेका छन् दिलमायाका निर्माता निर्देशक । निर्देशक राजु भन्छन्, ‘निखिल सम्पर्कमा आएनन् भने अरू कुनै कलाकारबाट डबिङ गराउनुपर्ला ।’

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: