Apr 172010
 

The problem in the relationship between the husbands and wives in the Nepali film industry is not new. Especially when it involves the actress, the relationship trouble are more severe.

Advertisement

Many actresses have divorced their husband to return to acting when the husbands became hurdle to their career. The leading figure in that direction is Mausami Malla. Similarly, actress Rupa Rana had also broken away from her marriage to return to acting. Other actresses whose marriage failed are Saujanya Subba, Sushmita Karki, and Kabita Khadka.

फिल्म खेल्न सम्बन्ध तोड्ने होड

नेपाली चलचित्रका कतिपय विवाहित नायिकाहरू आˆनो वैवाहिक बन्धन परित्याग गर्दै अभिनय क्षेत्रमा पुनः फर्केका छन् । त्यसरी र्फकनेहरूमध्ये प्रमुख नाम मौसमी मल्ल हो । यस्तै गरी रूपा राना एक जमाना कि लोकपि्रय नायिकाले पनि दाम्पत्य जीवन परित्याग गर्नुभएको छ ।

अभिनेत्री मौसमी मल्लले वैवाहिक सम्बन्ध परित्याग गरी सक्नु भएपछि आफूले भोग्नु परेको पीडालाई आत्मसात् गर्नुहुँदै ‘एकल महिला’ शीर्षकको एक वृत्तचित्रात्मक चलचित्र निर्माण गर्नुभएको थियो । अहिले यही क्षेत्रमा लागि पर्ने अठोट लिएर अगाडि बढी रहनुभएकी मौसमी मल्लले ‘गिरˆतार’ शीर्षकको एउटा चलचित्र पनि निर्माण गरी सक्नुभएको छ । उहाँ आफूले निर्माण गर्नुभएको चलचित्रमा अभिनय पनि गरी रहनुभएको छ । पुरानो जमाना कि मौसमी मल्ललेजस्तै नवपुस्ताका सौजन्या सुब्बा, सुस्मिता कार्की, कविता खड्कालगायतका नायिकाहरूको पनि वैवाहिक जीवन त्यति सफल हुन सकेको देखिएन ।

‘पुरुष’, ‘तिमी पुरुष’, ‘कसलाई आˆनो भनु’, ‘संस्कार’ लगायतका थुपै्र टेलिसिरियलहरूमा अभिनय गर्नुभएका सौजन्य सुब्बाले सिरोज घिमिरेसित प्रेम विवाह गर्नुभएको थियो । उहाँले जस्तै सुस्मिता कार्कीले पनि रोशन पराजुलिसित प्रेम विवाह गर्नुभएको थियो तर उहाँहरूको विववाह लामो समयसम्म टिक्न भने सकेन । अभिनय क्षेत्रप्रतिको मोहको कारण यी दम्पतीहरू बीच आपसमा झगडा हुन थालेपछि दाम्पत्य जीवनलाई परित्याग गरी अभिनय जीवन नै अङ्गाल्नु वेश ठानेका यी नायिकाहरू जस्तै नायिका रञ्जना शर्मा र उहाँका श्रीमान् श्याम भट्टराई अनि सरिता लामिछाने र उहाँका श्रीमान् ऋषि लामिछाने बीच पनि यस्तै कुरामा आपसी मनमुटाव हुने गरेको चर्चा नचलेको हैन तर यी दम्पतीहरू एकापसमा अलगिएर नभई एकापसमा मिलेर अगाडि बढ्नुपर्ने सोचका साथ अघि बढीरहेका छन् । संयोगकै कुरा भन्नुपर्ला कि श्याम भट्टराई र ऋषि लामिछाने दुवै नै चलचित्र निर्देशकहरू हुन् ।

नायिकाहरूको दाम्पत्य जीवन दीगो रहन नसक्नु एउटा दुःखद कुरा हो तर एकाइसौं शताब्दीको यो अत्याधुनिक युगमा नारी पनि स्वतन्त्ररूपमा अगाडि बढ्न पाउनुपर्छ भन्ने पक्षका पक्षधरहरू यस्ता कुरालाई दुःखद वा आश्चर्यजनक मान्दैनन् । सायद यस्तै खालको सोचबाट अभिप्रेरित भएर होला नायिका सञ्चिता लुईंटेल पनि आˆना पति आकाश शाहबाट अलगिएर एक्लै अगाडि बढीरहनुभएको छ । उहाँका श्रीमान् आकाश शाह बलिउडमा अभिनय गर्ने कोसिस गरिरहनुभएको छ । केही समय अगाडि सञ्चिता लुईंटेल पनि बलिउडको मोहमा तानिएर उतै जानुभएको थियो । त्यतिबेला बिरानो देश मुम्बईमा सञ्चिताकै पूर्व पति आकाश शाहले उहाँलाई साथ दिनुभएको थियो ।

यसरी हेर्दै जाँदा धेरै नायिकाहरूको विवाह असफल नै भएको देखिन्छ । नेपालको अभिनय जीवन त्यागेर अमेरीका पुग्नुभएका करिश्मा मानन्धर र उहाँका पति विनोद मानन्धर बीच सम्पर्क नभएको पनि पाँच/सात वर्ष नै भइसकेको छ । अहिलेसम्म एक्लै एक्लै जीवन बाँच्दै आइरहनुभएका विनोद र करिश्मा मानन्धर बीच फेरी वैवाहिक सम्बन्ध जोडिने सम्भावनाको अन्त्य भइसकेको छ । आˆना पति सुरज चन्दसितको वैवाहिक सम्बन्ध टुटेपछि नायिका पुजा चन्दले यहाँ केही वर्ष काम गर्नुभयो तर यहाँ बसेर जीविकोपार्जन हुन नसक्ने देखेपछि अमेरिका पुग्नुभएका पुजा चन्दको उतैतिरका एक विदेशीसित पनि सम्बन्ध अगाडि बढेको कुराको चर्चा चलेको थियो । अहिले पुजा चन्द एक्लै नै त्यहाँ आˆनो जीवनको यात्रा अगाडि बढाई रहनुभएको छ । अमेरीकामा नै जीवनयापन गरी रहनुभएका अर्की नायिका सारङ्गा श्रेष्ठले पनि उतैका नागरिकसित विवाह गर्नुभएको थियो । विवाह भएको केही समयसम्म त दाम्पत्य जीवन सुचारु ढङ्गले नै अगाडि बढे पनि अहिले यो दम्पतीबीच पनि फाटो आइसकेको चर्चा छ । गौरी मल्ल पनि एकल जीवन निर्वाह गरिरहेकी नायिका हुनुहुन्छ ।

नायिकाहरूको असफल दाम्पत्य जीवनको चर्चा गर्दा गीतान्जली सुनुवार र नविना श्रेष्ठको असामयिक निधनको कुरा उठ्नु स्वाभाविक नै मान्न सकिन्छ । वास्तवमा भन्ने हो भने यी नायिकाहरूको दःुखद निधनको पछाडि असफल दाम्पत्य जीवन नै प्रमुख कारक तìवका रूपमा लिन सकिन्छ । आˆनो अभिनय जीवन अगाडि बढाउने उत्कृष्ट अभिलासा बोकेका यी नायिकाहरू संयोगवश आफूभन्दा उमेरमा धेरै पाका अनि पहिले नै विवाह गरिसकेका पुरुषहरूसितको प्रेममा परेर विवाहमा बाँधिएका हुन् । गीताञ्जलीले निर्माता छविराज ओझासित विवाह गरेकी थिई । गीतान्जलीले वैवाहिक जीवनबाट विरक्तिएर आत्महत्या गरेकी थिइन् । एक सैनिक अधिकारी नवीना श्रेष्ठको एउटा दुर्घटनामा परेर निधन भएको थियो । यसरी प्रायः सबैजसो नायिकाहरूको विवाह असफल भएको देखेर होला नायिका निरुतासिंह आˆनो उमेर ढल्कँदै गए पनि विवाह गर्ने सुरमा देखिनुहुन्न । (विजयरत्न तुलाधर)

Incoming search terms:

  • nepali actress rupa rana husband

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: