Jun 282010
 

Chobhar is the most common place seen in Nepali movies. Open space in Chobhar is a good location to shoot fight scene. Pokhara is the second most popular shooting destination. Pokhara is ideal for love scenes and dance scores. Nagarkot is another popular shooting spot around Kathmandu. Question arise, is that all  Nepal has to offer in terms of shooting destination in Nepal? Don’t we have any other good location? Why can’t Nepali movie producers shoot a movie like Eric Valli’s Himalaya (Caravan)?

Advertisement

Apart from the outdoor shooting spots, well managed indoor shooting studios are also rare in Nepal. Read move in Nayapatrika’s analysis below:

kusume-rumal-scene 

फिल्म निर्माणमा तीव्रता आएपछि सुटिङ लोकेसन अभाव अझै बढेको छ । आफ्नो फिल्मको कथाले मागेको लोकेसन नपाउँदा निर्माता-निर्देशक वषरँैदेखि उही-उस्तै स्पटमा सुटिङ गर्न बाध्य छन् । निजी लगानीमा खुलेका सुटिङ स्टुडियो पनि पर्याप्त छैनन् । जसका कारण सुविधासम्पन्न स्टुडियो अभाव खड्किनै रहेको छ । निश्चित बजेटमा फिल्म बनाउने अधिकांश निर्माता नयाँ लोकेसनका लागि खर्च गर्न हिच्किचाउँछन् । जसका कारण दर्शक प्रायः फिल्ममा उही चोभार डाँडो, नगरकोट, सल्लाघारी, सावित्री सदन तथा बालाजु ल्याब हेर्न बाध्य छन् ।

अधिकांश फिल्ममा चोभार डाँडो दोहोरिरहन्छ । विशेषगरी फिल्मको क्लाइमेक्स फाइट सुटिङ गर्नका लागि निर्माताहरू चोभार जान लालायित हुन्छन् । कतिपय फिल्म त चोभार डाँडोमै सिकिएका छन् । सिन, फाइट, गीतदेखि लिएर निणर्ायक युद्धसम्म त्यहीँ सुटिङ गरिन्छ । चोभार डाँडोले नेपाली फिल्मका निर्माता-निर्देशकलाई ठूलो गुन लगाइरहेको छ । ‘सुटिङ गर्न टाढा कहाँ गइरहनु ? नजिकैको लोकेसन भएकाले सबैको रोजाइमा पर्छ चोभार,’ आफ्ना थुप्रै फिल्म चोभार डाँडोमा सुटिङ गरेको बताउँदै निर्देशक दीपक श्रेष्ठ भन्छन्, ‘उजाड डाँडो भए पनि खुला छ । फाइट, गीत, बाटो, सिन सबै एकै ठाउँमा सुटिङ गर्न सकिन्छ । सस्तो-मस्तोमा काम सिकिन्छ । त्यही भएर चोभार गइन्छ ।’ आफूले निर्देशन गर्ने हरेक फिल्ममा सकभर नयाँ लोकेसन खोज्ने गरेको दाबी उनको छ ।

इन्डोर सुटिङका लागि निर्माता-निर्देशकको रोजाइमा पर्छ, ताहचलको सावित्री सदन । महँगो लोकेसन चार्ज र घरबेटीको किचकिचका बाबजुद पनि उनीहरू सावित्री सदनमा सुटिङ गर्न बाध्य छन् । ‘त्यहाँ सुटिङ नगरेर के गर्नु ? इन्डोर लोकेसन पाउनै गाह्रो छ,’ कथाले मागेकोजस्तो सेटिङ हुन नसके पनि मिलाएर सुटिङ गर्ने गरेको बताउँदै निर्देशक ज्ञानेन्द्र देउजा भन्छन्, ‘आउटडोरजस्तो इन्डोर सुटिङका लागि पछिल्ला दिनमा लाकेेसन प्रोब्लम खासै छैन । अरू स्टुडियो पनि छन् ।’ आउटडोर सुटिङका लागि भने भर्जिन लोकेसन अभाव रहेको बताउँछन् उनी । भन्छन्, ‘बजेट बढ्ने भएकाले टाढा जान निर्माता मान्दैनन् । कतिपय अवस्थामा कलाकारको समय मिल्दैन । अनि काठमाडौं वरपर, पोखरा, मुढे धेरै पर गए मुस्ताङसम्म पुग्ने गरिएको छ ।’

पछिल्लो समयमा सुटिङका लागि उपत्यकाबाहिरका नयाँ लोकेसन खोज्ने निर्माता-निर्देशक पनि बढ्दै गइरहेका छन् । कतिपयले लोकेसन हेरेर र्फकन्छन् मात्र । सुटिङ गर्न जान सक्दैनन् ।

कतिपयले भने नयाँ लोकेसनमा सुटिङ गर्छन् पनि । अचेल थुप्रै फिल्म पोखरासँगैको धम्पुसमा सुटिङ गर्न थालिएको छ । शिव रेग्मीले हाँसिदेऊ एकफेर युनिट धम्पु पुर्‍याएर सुटिङ गरे । निर्मात्री बनेकी नायिका ऋचा घिमिरेले पनि आफ्नो फिल्म तुलसीको अधिकांश दृश्य पोखरा र धम्पुसमा सुटिङ गराएकी छिन् । मुक्तिदाता, कर्म, रणसंग्राम, कागबेनीलगायत फिल्म मुस्ताङसम्म पुगेर सुटिङ गरिएका छन् ।

राजधानीभित्र सुटिङ गरिने फिल्ममा चाबहिलको मह स्टुडियो, जोरपाटीको चापागाईं स्टुडियो, इमाडोलको बोगटी स्टुडियो, मूलपानीको नोर्लिङ रिसोर्ट तथा बालाजु ल्याब बग्रेल्ती हेर्न पाइन्छ । केही निर्माता-निर्देशकले निजी घरमा पनि सुटिङ गरेका छन् । सुटिङ गर्दा हुने तोडफोड, फोहोर तथा फिल्मकर्म

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: