Jun 122010
 

RNFC collection094 सरोकारवाला संघसंस्थाको विरोधपछि चलचित्र विकास बोर्डले दिन लागेको राष्ट्रिय चलचित्र अवार्ड तथा सम्मान रोकिएको छ । लामो समयदेखि निष्क्रिय रहेको चलचित्र विकास बोर्डले यो आर्थिक वर्षको बजेट साउनमा फ्रिज हुने भएपछि हतारमा अवार्ड गर्न लागेको थियो ।

Advertisement

चलचित्र निर्माता, निर्देशक तथा प्राविधिक संघले बोर्ड एकपक्षीय ढंगबाट जान खोजेको आरोप लाउँदै  अवार्ड बहिष्कार गर्ने चेतावनी दिएपछि कार्यक्रम रोकिएको हो । बोर्डले भने गल्ती महसुस गर्दै सरोकारवालासँग सहकार्य गरी अघि बढ्ने बताएको छ । ‘जानजानी यसो भएको हैन,’ बोर्ड अध्यक्ष अमर गिरीले मंगलबार छलफलमा भने, ‘अब सहमतिमा जाऊँ ।’

आवश्यक परे अवार्ड कार्यप्रक्रिया परिमार्जन गर्नसमेत तयार भएको स्पष्ट पार्दै गिरीले भने, ‘पहिलेकै मितिमा अवार्ड वितरण गर्नुपर्छ भन्ने छैन । अहिले सबै प्रक्रिया रोक्छौँ ।’ नेपाली चलचित्र इतिहासमै पहिलोपटक राष्ट्रप्रमुखबाट दिन लागिएको पुरस्कार यसअघि बोर्डको दसौं स्थापना दिवस अवसरमा असार १६ मा गरिने तय भइसकेको थियो ।

प्रतिस्पर्धाका लागि बोर्डले २०६६ मा सेन्सर पास भएका नेपाली डिजिटल र सेल्युलाइड फिल्मलाई दर्ताका लागि जेठ २७ सम्मको म्याद दिएको थियो । गतवर्ष झन्डै ५० चलचित्र सेन्सर पास भएका थिए । बोर्डद्वारा गठित पाँच सदस्यीय निणर्ायक समितिले मंगलबारसम्म १४ फिल्मको मूल्यांकन गरिसकेको थियो ।

अवार्ड विवादित भएपछि छलफलका लागि चाबहिलस्थित बोर्डको कार्यालय आएका सरोकारवाला संघसंस्थाका प्रतिनिधिले आफूहरूलाई कुनै जानकारी नै नदिई गर्न लागिएको अवार्डमा त्रुटि रहेको भन्दै त्यसलाई नसच्याएमा बहिष्कार गर्नेसम्मको चेतावनी दिए ।

‘प्रक्रिया नै मिलेन । काम सुरु भइसकेपछि हामीलाई बोलाइयो,’ निर्माता संघका अध्यक्ष राजकुमार राईले भने । ०६४ मा सेन्सर पास भएका फिल्महरूमध्येबाट अवार्ड दिइएपछि कार्यक्रम नियमित हुन सकेको थिएन । ०६५ मा समेत सेन्सर पास भएकालाई यसपटक अवार्ड दिँदा एकैचोटि दुई वर्षको हुने हँुदा प्राविधिक कारणबस बोर्डले ०६६ मा पास भएकालाई मात्रै अवार्ड दिन तयारी गरिरहेको थियो । ‘बजेट पनि कम भएर हो,’ बोर्डका प्रशासन अधिकृत अनुपम निरौलाले भने ।  

छलफलमा निर्देशक समाजका अध्यक्ष केपी पाठकले ०६४ मा अवार्ड वितरण गरेपछि यसलाई निरन्तरता दिन पनि बीचको वर्षका फिल्मलाई छुटाउन नहुने सुझाव दिए । उनले यसपटकदेखि दिन लागिएको राष्ट्रिय स्तरको अवार्डमा पुरस्कार दिइने विधामा समेत पुनर्समीक्षा गरिनुपर्ने आंैल्याए । बोर्डले गल्तीे स्विकार्दै सबैको धारणा बुझी उचित निर्णय लिन तत्कालका लागि अवार्डका गतिविधि रोक्न सहमत भएपछि विवाद अहिलेलाई टरेको छ ।

राष्ट्रपतिकै हातबाट अवार्ड वितरण गर्न लागिएको कार्यक्रम यसपटक तामझामबिना सम्मानितलाई राष्ट्रपति भवनमै राष्ट्रपति रामवरण यादवद्वारा अवार्ड दिइने बताइएको छ । प्रशासन अधिकृत निरौलाले अवार्ड कार्यक्रमलाई महोत्सवका रूपमा नगरिने बताए ।

यसपटक बोर्डले केही विधा कटौतीसमेत गरेको छ । यसअघि दिइँदै आएको खलनायक र बालकलाकारको चरित्रमा यसपालि अवार्ड दिइने छैन । साथै फिल्मको स्त्रिmन-प्ले लेखनमा अवार्ड राखेर ‘कथा’ विधालाई हटाईएको छ भने संवाद र गीतकारको विधामा पनि राष्ट्रिय अवार्ड प्रदान गरिने छैन । छलफलपछि बोर्ड विधा थप्न पनि राजी भएको छ । (source – Kantipur)

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: