Aug 152010
 

The producer and distributor of Nepali movie ‘First Love’, Narendra Maharjan was proud to announce that his movie has grossed Rs. 8 million in the first week of release. He claimed that it was a record in Nepali movie industry.

Advertisement

The movie was released in 40 theaters in Nepal on August 6 and it is running houseful in its second week of release. In the time when a lot of movies didn’t manage do good business, success of First Love  has relieved the concerned producers.

In the third week, First Love will have to compete with Kohi Mero of Alok Newang and Nai Na Bhannu La of Bikash Acharya.

निर्माणपक्षका अनुसार चलचित्र ‘फस्टलभ’ले प्रदर्शनको पहिलो सातामै असी लाख रुपैंया कलेक्सन गरेको छ जुन नेपाली चलचित्रको व्यवसायिक इतिहासमानै पहिलो भएको दाबी पनि गरिएको छ ।

निर्माता तथा वितरक नरेन्द्र महर्जनले भने, ‘पहिलो सातामै असी लाख कलेक्सन भएको छ र आगामी साता पनि फिल्मले कलेक्सनलाई पिकअप गर्नेछ ।’

हाल देशभरका चालिस हलहरुमा ‘फस्टलभ’ सफलताका साथ प्रदर्शन भैरहेको छ । ‘फस्टलभ’ले तेस्रो साताबाट आलोक नेम्वाङको ‘कोही मेरो’ र विकास आचार्यको ‘नाइँ नभन्नु ल’सँग प्रतिस्पर्धा गर्नुपर्नेछ । प्रिन्सेस मुभिको ब्यानरमा निर्माताद्वय माधव वाग्ले र नरेन्द्र महर्जनले मिलेर बनाएको चलचित्र फस्ट लभ एक युवा पुस्तालाई लक्षित गरी बनाइएको चलचित्र हो ।

काठमाडौँको जय नेपाल, अष्टनारायण, गोपी, हिरारत्न र उपत्यका बाहिर दमौली, हेटौँडा, पोखरा, नारायणघाट, लगायतका चलचित्रहलहरुमा चलचित्रले राम्रो सफलता पाएको दावी गर्छन् चलचित्रका निर्माता माधव वाग्ले । चलचित्र फस्ट लभलाई निर्देशक सिमोस सुनुवारले निर्देशन गरेका हुन् भने चलचित्रमा आर्य न सिग्देल, निशा अधिकारी, कर्म शाक्य, विनय श्रेष्ठ, ऋचा शर्मा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

फिल्मबाहेक ‘फस्टलभ’को अडियो सिडीको व्यापार पनि राम्रो रहेको खबर छ ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: