Apr 082010
 

Rekha Thapa, in her latest film, Hifazat, in a song has worn a yellow dress with “Hare Rama Hare Krishna” written in it. Some Hindu extremist have started questioning the relevancy of dress on such sexy dance. Sexy dance, torn cloth and the name of gods written on it… does that qualify for protesting the movie? Are we that extremist? I don’t think so. Making a god on a fashion item doesn’t demand protest.

Advertisement

म येस्तो साधारण कुरालाई आधार बनाएर कुनै पनि कलाको बिरोध गर्नु पर्ने आबश्यकता देख्दिन. हिन्दु धर्म संसार भरिमा सबभन्दा सहिस्रुण धर्म हो र तेस्तै रहनु पर्छ. कुनै पनि अनाबस्यक कुरा मा नअल्झन सबै मा अनुरोध छ. बरु उक्त फिल्मको पोस्टर, जसमा विदेशी पोस्टरको हुबहु नक्कल गरिएको छ, तेस्को बिरोध हुनु पर्छ.

यसै सन्धर्भमा, फिल्मी खबर नामक वेब साइट मा लेखिएको यो लेख हुबहु सारिएको छ.

हिफाजतमा धर्मको अपमान
नायिका रेखा थापाको चलचित्र हिफाजत पछिल्लो समयको निकै आश लाग्दो चलचित्रको रूपमा हेरिएको छ । लामो समय देखि चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका रेखाका श्रीमान छबि ओझाको निर्माणमा बनेको यो चलचित्र यहि २७ गतेबाट राजधानी बाहिर र भित्र एकैसाथ प्रदर्शन हुँदैछ । चलचित्रमा रेखा थापा, आर्यन सिक्देल र आयुष रिजालको मुख्य अभिनय रहेको छ । रेखा फिल्मसको चौथो प्रस्तुती हिफाजतको प्रचार प्रसार पनि निकै व्यापक रूपमा गरेको देखिन्छ । अब प्रसङ उठाउँ चलचित्र भित्रका केहि कुराहरूको –

चलचित्रको काम मनोरञ्जन प्रदान गर्नु मात्र नभएर यो समाजको ऐना पनि हो । चलचित्रले सामाजिक विकृती तथा बिसङ्गतीको बिरूद्वमा वकालत गर्नु पर्छ । चलचित्रले मनोरञ्जनको नाममा हाम्रो सामाजिक बिबिधता, संस्कृति तथा धार्मिक सहिष्णुता माथी आँच आउन दिने कार्य गर्नु हुँदैन भन्ने आम नेपालीको माग हो । हामिले उठाएको प्रसङ्ग यहि चलचित्र हिफाजतको एउटा गीत र द्वन्दको दृश्यमा प्रयोग गरिएको पहेंलो पहिरनको हो । निर्देशकले खोलाको बगरमा ‘नारन नारन…’ बोलको गीतमा नायिका रेखा थापा, नायक र केहि युवायुवतीहरू हरे राम, हरे कृष्ण लेखिएको पहेंलो पहिरन लगाएर नृत्य गरेको देखिन्छ । बिशेषत हिन्दु धर्मालम्बीहरूले आफ्नो आराध्य देव प्रति आस्था राखेर पहिरिने उक्त बस्त्रको प्रयोग गरेर उक्त गीतमा नृत्य गराईएको छ । पहेंलो बस्त्र लगाउनु नराम्रो हैन तर त्यहाँ उक्त बस्त्रको पहिरन शैली अलि फरक छ जस्ले गर्दा धर्मको अपमान भएको हो की भन्ने भान हुन्छ ।

हिफाजतको उक्त गीतमा नायिका रेखा थापालाई हरे राम, हरे कृष्ण लेखिएको पहेंलो कपडामा ग्ल्यामर रूपमा प्रस्तुत गरिएको छ । नायिका रेखाले सो कपडालाई टुक्रा टुक्रा पारेर लगाएकी छिन् । त्यसैगरी सोही पहिरनमा उनले केहि स्टन्टहरू पनि गरेकी छिन् । हिन्दु धर्ममान्ने लाखौं मानिसहरू उक्त बस्त्र लगाएर आफूलाई भगवान प्रति समर्पित गर्छन् । अझ भनौं सोही बस्त्रमा नै हाम्रो धार्मिक आस्था, बिश्वास र सम्मान छ । अब चलचित्रमा नायिका आफ्नो अर्धनग्न शरिरमा यस्तो बस्त्रलाई टुक्रा टुक्रा परेर निकै ग्ल्यामर रूपमा प्रस्तुत हुँदा यसले हाम्रो धार्मिक आस्था र बिश्वास माथी चोट नपुगाउला भन्न सकिन्न । चलचित्रमा देखाईएको उक्त दृश्यहरू कत्तिको वस्तुपरक र याथार्थपरक छन् भन्ने कुराको अनुमान तपाईंहरूले चलचित्र हेरिसकेपछि थाहा पाउनु हुनेनै छ ।

अब हामीले कसरी भन्न सक्छौं कि चलचित्रले नेपाली कला, संस्कृति तथा धर्मलाई चित्रित गरेको हुन्छ भनेर ? चलचित्र निर्माण गर्दा यस्ता कुराहरूलाई ध्यान पुर्‍याउनु पर्ने हैन र ? चलचित्र एउटा मनोरञ्जनको साधन मात्रै हो र मनोरञ्जनको कुनै नियम र सिमा हुँदैन भन्ने तर्क तथा हिन्दी चलचित्रहरूको उदाहरण दिएर पन्छिन खोजिन्छ भने त्यसमा भन्नु केहि छैन । नत्र भने यस्ता कुराहरूलाई प्रयोग गर्दा यसले नेपाली समाज, नेपाली कला, संस्कृति तथा धर्मलाई कत्तिको असर गर्ला भनेर सोच्नु आबश्यक देखिन्छ । अर्को कुरा, चलचित्रको एउटा शब्द माथि पनि कैंची चलाउने सेन्सर बोर्डले यस्तो गम्भिर बिषयमाथी ध्यान नपुर्‍याएकोमा बोर्ड प्रति केहि चलचित्रकर्मीहरूले गुनासो पोखेका छन् ।

Incoming search terms:

  • napal movie songs hifazat 2071

  6 Responses to “Hifajat Yellow dress and Hindu Extremists”

  1. […] another controversy, the dress Rekha Thapa wore in a song was against the sentiment of Hindu […]

  2. […] friends at MoviesNepal have rightly said that religion shouldn’t be brought in such a minor issue: … Making a god on a […]

  3. […] Meri Bassai boycotting the eventBan Hifajat – Hindu extremists | Weird and Funny World on Hifajat Yellow dress and Hindu ExtremistsManisha Koirala – ‘not an arranged marriage’ | Movies Nepal on Manisha […]

  4. […] role२०६६ का चलेका नायिकाहरु | Movies Nepal on Hifajat Yellow dress and Hindu ExtremistsSabin Gnawali on Zenisha, Miss Nepal 2009 nominated for best comedy actress, Meri Bassai boycotting […]

  5. […] friends at MoviesNepal have rightly said that religion shouldn’t be brought in such a minor […]

  6. […] another controversy, the dress Rekha Thapa wore in a song was against the sentiment of Hindu […]

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: