High hopes from ‘Deepsikha’, Niraj Baral

Niraj Baral was Mr. Univeristy in 2006 and his first movie Kusume Rumal couldn’t do the business as expected. Niraj however was known and liked by many from the movie.

deep-sikha-poster

Niraj’s hopes are high from his upcoming movie Deepsikha. Niraj has played the role of a lover-boy in the movie to be released on Srawan 28 (July 12, 2010). The story of Deepshikha is written by the actress in the movie, Arunima Lamsal. Details in Nepali follows:

deep-sikha

niraj-baral-deep-sikha२००६ का मिस्टर युनिभर्सिटी इन्टरनेसनल नीरज बराल अभिनीत पहिलो फिल्म कुसुमेरुमालले चर्चा र आशाअनुरूप व्यवसाय गर्न नसके पनि युवा दर्शकमाझ भने उनी मन पराइए ।

गोपीकृष्ण मुभिजले निर्माण गरेको पुरानो कुसुमेरुमालको नयाँ संस्करणबाट सम्भावना बोकेका नायकको रूपमा दरिएका नीरजले अभिनय गरेको दोस्रो फिल्म दीपशिखा साउन २८ गतेबाट प्रदर्शन हुने भएको छ । दीपशिखाबाट उनी निकै आशावादी छन् । भन्छन्, ‘दीपशिखाबाट म निकै आशावादी छु । यसको रिजल्ट हेरेर मात्रै अरू फिल्म खेल्ने योजना बनाएको छु ।’

मोडलिङबाट फिल्म अभिनयमा प्रवेश गरेका नीरज आफ्नो पढाइका कारण कुसुमेरुमालपछि अफर आएका केही फिल्म छाड्नुपरेको बताउँछन् । ‘मेरो पहिलो प्राथमिकता पढाइ हो । त्यसकारण त्यतिवेला अफर आएका कतिपय फिल्म गर्न सकिनँ,’ बिबिए सिध्याएर एकवर्षे सर्ट कोर्स गर्नका लागि अस्टे्रलिया जाने तयारीमा लागेकाले अफर आएका फिल्म खेल्न नसकेको बताउँदै उनी भन्छन्, ‘भिसा लागिसकेको थियो । त्यसकारण मैले फिल्म गर्न सकिनँ । अहिले पनि केही फिल्मबाट अफर आइरहेका छन् । समय मिलाएर गर्छु ।’

आफू अहिले इन्दिरा गान्धी ओपन युनिभर्सिटीमा एमबिए अध्ययनरत रहेको बताउँछन् उनी । ‘फिल्म अभिनयलाई नै मुख्य पेसा बनाउँछु,’ उनी भन्छन्, ‘पढाइ सिध्याएपछि एकहोरो रूपमा फिल्ममा लाग्छु ।’ पढाइमा असर नपर्ने गरी काम गर्न भने पछि नपर्ने बताउँछन् उनी । अब छिट्टै नै केही फिल्म साइन गर्न लागेको बताउँदै उनले भने, ‘मैले कथा, निर्देशक, पारिश्रमिक चित्त नबुझेर फिल्म छोडेको होइन । अध्ययनमा असर पर्छ भनेर नगरेको हुँ ।’

नरेश पौडेलको निर्माण/निर्देशनमा बनेको दीपशिखामा उनी लभर ब्वाइको रोलमा छन् । विदेशबाट आएको नयाँ सोचको युवाको रोल निभाएको बताउँदै उनी भन्छन्, ‘युवा वर्गको जीवनशैली देखिन्छ मेरो चरित्रमा । त्यसकारण पनि केही नयाँचाहिँ छ है दीपशिखामा ।’ नायिका अरुणिमा लम्सालले लेखेको कथामा बनेको यो फिल्मले आफूलाई कुशल युवा अभिनेताको रूपमा स्थापित गराउने विश्वास छ नीरजको ।

नेपाली फिल्म निर्माणमा संख्यात्मक वृद्धि भए पनि देशको बिग्रँदो राजनीतिक माहोलबाट भने निकै फ्रस्टेसन हुने गरेको बताउँछन् उनी । ‘मुलुकको राजनीतिक अन्योलले गर्दा सबै क्षेत्रमा असर पारेको छ । कुनै क्षेत्र पनि स्थिर छैन,’ जिम्मेवार नेपाली नागरिकले नेताहरूलाई सजग गराउनुपर्ने बताउँदै उनी भन्छन्, ‘नेताहरूले मुलुकमा राजनीतिक अन्योल सिर्जना गरेका छन् । नेताहरूले आफ्ना लागि नसोचेर देश र जनताका लागि सोच्नुपर्छ ।’ मुलुकको विकासका लागि कलाकर्मी पनि एकजुट हुनुपर्ने र फिल्ममार्फत पनि शान्ति र एकताको सन्देश फैलाउनुपर्ने कथन उनको छ । (साभार – नयापत्रिका)

Incoming search terms:

It's very calm over here, why not leave a comment?

Leave a Reply