A Nepali movie named ‘I am Sorry’ is being made to target the Nepali youth. The movie will feature Aryan Sigdel, and Keki Adhikari in lead roles among others.
युवा दर्शकलाई लक्षित गरी आई एम सरी नामक फिल्म निर्माण गरिँदै छ । दिनेश राउतको निर्देशनमा बन्ने यो फिल्मको सोमबार याक एन्ड यती होटलको क्लब प्लाटिनममा शुभमुहुर्त गरियो ।
१८ वर्षअघिदेखि फिल्म लाइनका विविध पक्षमा सक्रिय हरि महतले निर्माण गर्न लागेको आई एम सरीको शुक्रबारदेखि सुटिङ सुरु हुँदै छ । साहन मुभी मेकर्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा आर्यन सिग्देल र केकी अधिकारी प्रमुख भूमिकामा देखा पर्दै छन् । थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी केकीले यो फिल्मबाट नायिकाको रूपमा डेब्यु गर्दै छिन् । फिल्मको छायाकार पुरुषोत्तम प्रधान छन् भने संगीत ताराप्रकाश लिम्बूले दिएका छन् । आई एम सरी काठमाडौंबाहेक पोखरा र नारायणघाटमा समेत सुटिङ गरिने बताइएको छ । (साभार – नयापत्रिका)






wow it’s nice to see you both in one flim.aryan you are so handsome and done superb acting in mero euta sathi cha.keki you are also cute.
wow ! m so excited to watch it.