Aug 202010
 

usha_poudel_3When Usha Poudel, Muna of the movie Muna Madan was nowhere to be seen for about a couple of months rumors started to float around on her whereabouts.

Advertisement

It was later found out that she is currently living in India these days. Nayapatrika quoting its secret sources even told about an affair with Rahul Roy, the chocolate hero of bollywood hit Aashique.

Usha and Rahul met when he was in Nepal in December last year. He helped Usha become a brand ambassador of a company Rahul represented. He also announced a Nepali movie to start in three months featuring Usha Poudel. The movie never materialized but the relationship between the two got better and better.

Looks like she doesn’t need to be a virgin mom after all. Let’s hope the rumor is true and Usha will become a real mom soon.

Details in Nepali follows (credits – nayapatrika):

muna-madanनायिका उषा पौडेललाइ डेढ महिनादेखि नेपालमा देखिएको छैन । उनी कहाँ गइन् भनेर आधिकारिक रूपमा कुनै फिल्मकर्मीले पनि बताउन सकेका छैनन् । मुम्बईमा ‘एक्टिङ सिकिरहेको’ बताउने नायिका उषा पौडेल त्यहाँ राहुल रोयसँगै बसेको नयापत्रिका को दाबी छ |

दयाराम दाहाल निर्देशित कर्म फिल्मबाट नायिका बनेकी उषाले पछिल्लो समयमा कसम फिल्ममा अभिनय गरेकी थिइन् । त्यसपछि उनी कहाँ गइन् ? चासोको विषय बनेको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको अमर कृति मुनामदनमा बनेको मुनामदन फिल्ममा मुनाको भूमिका निभाएर चर्चामा आएकी उनले त्यसपछि तीन दर्जन बढी फिल्ममा अभिनय गरेकी छिन् । तर, कुनै पनि उल्लेखनीय भएनन् । केही टेलिसिरियल तथा भिडियो फिल्ममा समेत अभिनय गरेकी उषा पछिल्लो समयमा फिल्मविहीन थिइन् । नायिकाका रूपमा नाम कमाए पनि रेस्टुरेन्टमा नाच्न नछाड्नाले वेलाबखतमा आलोचित हुने गरेकी उषा अचेल मुम्बईमा रहेको स्रोतको दाबी छ । उषाले आफू मुम्बईमा अभिनेता अनुपम खेरको एक्टिङ थिएटरमा अभिनय प्रशिक्षण लिइरहेको बताउने गरेकी छिन् । सिक्किममा कसम फिल्मको सुटिङ सिध्याएर मुम्बई पसेकी उनी यसअघि पनि मुम्बई गइरहन्थिन् ।

झन्डै नौ महिनाअघि भारतीय नायक राहुल रोय नेपाल आएका थिए । त्यतिवेला उनले पत्रकार सम्मेलन आयोजना गरी ई-टिकेटिङको काम गर्ने वान स्टप सपको नेपालमा मार्केटिङ गर्ने र नेपाली फिल्म बनाउने घोषणा गरेका थिए । भारतका लागि वान स्टप सपका ब्रान्ड एम्बेसडर रहेका राहुलले नेपालका लागि नायिका उषालाई ब्रान्ड एम्बेसडर नियुक्त गर्नुका साथै आफूले बनाउने नेपाली फिल्ममा उषालाई नै हिरोइन लिइने बताएका थिए । तीन महिनापछि सुटिङ सुरु हुने घोषणा गरिएको उनको फिल्मको अहिलेसम्म अत्तोपत्तो छैन । त्यसो त उषा नियुक्त हुनुअघि सो कम्पनीले ब्रान्ड एम्बेसडर बन्नका लागि रेखा थापा, झरना थापा, अरुणिमा लम्साल, सञ्चिता लुइँटेललगायतका हिरोइनसमक्ष ‘अफर’ पुर्‍याएको थियो । वान स्टप सपको ब्रान्ड एम्बेसडर नियुक्त भएपछि उषाको भारत जाने क्रम बाक्लिएको थियो । अहिले पनि उषा राहुलकै बोलावटमा मुम्बई गएको बताइएको छ । उनले त्यहाँ अभिनय प्रशिक्षण लिँदै छिन् या वान स्टप सपको कामका लागि गएकी हुन् ? त्यो भने खुलेको छैन ।

उषानिकट स्रोतले नाम उल्लेख नगर्ने सर्तमा बताएअनुसार उनी मुम्बईमा राहुलसँगै बसेकी छिन् । उनी तत्काल नेपाल र्फकने मुडमा छैनन् । राहुलले उनलाई बलिउडमा काम दिलाइदिने प्रलोभन देखाएका छन् । उषा पनि उतै घरजम गरेर बस्ने योजनामा छिन् । स्मरणीय छ, एक समयको हिट हिन्दी फिल्म आशिकीका हिरो राहुल भने बलिउडमा फ्लप हिरोको पंक्तिमा अग्रस्थानमा पर्छन् ।

  2 Responses to “Usha Poudel having an affair with Rahul Roy ?”

  1. […] knows for sure where Nepali actress Usha Poudel has been for the last one and half months. It is rumored that she is having an affair with an Indian actor, Rahul Roy. Rahul Roy was made popular by the […]

  2. […] knows for sure where Nepali actress Usha Poudel has been for the last one and half months. It is rumored that she is having an affair with an Indian actor, Rahul Roy. Rahul Roy was made popular by the […]

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: