Aug 252010
 

The Revolutionary Cine Workers Nepal is going to produce its second movie named ‘Jaljala’ featuring Rekha Thapa as the leading actress in the movie. The production house is known to be related to Nepal Communist Party, Maoist.

Advertisement

The movie was inaugurated by the leader of the party Krishna Bahadur Mahara and Maoist Janasena Chief Nandakishor Pun started the shooting of the movie.

Apart from Rekha the movie will also feature Aayush Rijal, Kishor Khatiwada, Laxman Basnet, Rajan Bam, Bashundara Bhusal, Ramchandra Adhikari etc.

jaljala_in_nepal_rekha माओवादी निकट द् रिभ्यूलेसनरी सिने वर्कस नेपालको दोस्रो प्रस्तुतीकोको रूपमा चलचित्र ‘जलजला’को बुधबार शुभमुहुर्त समारोहमा भएको थियो । कम्बयाड ड्रेस (चुस्ता) – छिर्केमिर्के कम्व्याट पोशाक र टोपीमा रातो तारा  – मा कमरेड जलजला बनेकी नायिका रेखा थापा  साच्चिकै जनसेना जस्तै देखिएकी थिइन ।

नयाँ वानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्समा आयोजित चलचित्र ‘जलजला’को शुभारम्भ समारोह मा  माओबादी नेता कृष्णबहादुर महराले चलचित्रको ब्यानर अनावरण गरेर मुहूर्त गरे भने माओबादी सेना प्रमुख नन्दकिशोर पुनले क्ल्याप ओके गरेर फिल्मको शुभारम्भ गरे ।

उक्त चलचित्रमा रेखाका अलवा आयुष रिजाल, किशोर खतिवडा, लक्ष्मी बस्नेत, राजन बम, बसुन्धरा भुषाल र रामचन्द्र अधिकारीको मुख्य भूमिका छ।

निर्माता काशीराम भुषालले निर्माण गरेको यस चलचित्रलाई  शिवजी लामीछानेले निर्देशन गर्दैछन् भने जनयुद्धकालका भूमिगत माओवादी तथा अहिलेका चर्चित संगीतकार कमरेड चेतन सापकोटाले चलचित्रमा संगीत पस्केका छन् ।नेपाली राजनीतिमा विदेशी हस्तक्षेप र दशवर्षे विद्रोहको बारेमा कथा आधारित यो फिल्म मा कथा स्वयम निर्देशक लामिछाने, पटकथा मौनता श्रेष्ठ, द्धन्द्ध राजेन्द्र खड्गी, छायांकन विष्णु कल्पित, र नृत्य कविराज गहतराज ले गर्दै छन् ।

सोहि अवसरमा चलचित्रको मुख्य गीत ‘जय-जय जन्मभूमि,जय-जय मातृभूमि…’ को रिलिज पनि गरियो ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: