A movie named "Goodbye" features Jharana Bajrachary. It was news even for Jharana who doesn’t know the story the movie. Jharana told that she acted for a documentary and the producer changed it to a movie without her knowledge.
Jharana told that he had given a few shots for the documentary. Now, she doesn’t know how they could make a movie out of such a few shots. Jharana also didn’t know that the movie (documentary) was also featuring Diya Maskey.
What a creativity! A documentary changed to a movie overnight!
‘गुडबाइ’ फिल्मको बारेमा सुनेर हिरोइन झरना बज्राचार्य यतिबेला अचम्भित भएकी छिन् । अचम्मको कुरा के भने, निर्माणपक्षले झरना अभिनित भनेर प्रचार गरेको फिल्म बारेमा स्वयं झरनालाइ पनि धेरै थाहा छैन ।
आफूलाई सुरुमा डकुमेन्ट्री बनाउने भनेर एप्रोच गरिएका फिल्म को बारेमा झरना भन्छिन, ‘साइन गराउँदा डकुमेन्ट्री भनेर साइन गराइएको थियो, तर, एकाएक कसरी चलचित्र बन्यो ?’
‘त्यहाँ मेरो दुई/चारवटा मात्र सट् छ । कसरी ती सट्लाई लम्बाएर फिल्म बनाइएको होला ? ‘ झरना सोध्छिन ।
कथासमेत थाहा नभएको फिल्म कि नायिका झरना भन्छिन, ‘मैले केही दिन काम गर्दा दिया मास्के पनि हुनुहुन्थेन, तर पछि दियालाई पनि थपिएछ र फिल्म बनाइएछ ।’




