Jun 302010
 

kasam-rekha-thapa-jiwanWidely hyped Krisha Chaulagai movie ‘Kasam Hajur Ko’ was released and then follows Jenny Kunwar’s ‘Halchal’. Krisha and Jenny were close friends but after the release of the movies it is unclear if the friendship will remain as it was in the past. It was when Krisha’s movie ‘Kasam Hajurko’ was gaining ground after the lukewarm initial response, Jenny released her movie.

Advertisement

The star cast like Raj Ballav Koirala, Jiwan Luitel, Rekha Thapa, and Richa Ghimire in the leading role created high hopes in Kasam Hajurko. Halchal also has attractive star cast including Nikhil Upreti, Jenny Kunwar, Melina Manandhar, and Mukesh Dhakal among other.

आपसमा निकै मिल्ने दुइ  निर्माता कृषा चौलागार्इं र जेनी कुँवर अन्ततः फिल्मका कारण एक अर्काका प्रतिद्वन्द्वी बनेका छन् ।

कृषाको फिल्म कसम हजुरकोको रिलिज गत साताबाट राजधानी एवं मोफसलका विभिन्न १६ सहरमा भइरहेको छ । सो फिल्मले बिस्तारै बजार लिइरहेको बेला निर्माता जेनी कुँवरले आफ्नो फिल्म हलचल रिलिज गरेकी छन् । यी दुवै फिल्म मुलुकभरका हलमा एकसाथ रिलिज हुँदा दुबैको व्यापारमा केही प्रभाव परेको छ ।

आफ्नो फिल्म रिलिजका लागि धरान पुगेकी निर्माता कृषाले शनिबार राजधानीसँग भनिन्, ‘कसम हजुरकोले सुरुमा भन्दा पछिल्ला दिनमा राम्रो व्यापार गर्दै आएको छ । दिनदिनै दर्शक बढेकोमा खुसी छु ।’ उता आफ्नो फिल्मसँग हलचल जुधाएकोमा उनले दुःख व्यक्त गरिन् । निर्माता जेनी कुँवरको फिल्म नजुधेको भए आफ्नो फिल्मले अझ राम्रो व्यापार गर्ने उनको कथन थियो । तर, जेनीको कारणले नभएर पालो प्रणालीबाट जुधेको पनि उनले स्पष्ट पारिन्।

कसम हजुरकोको निर्देशन रामराजा दाहालले गरेका हुन् । आफूले निर्देशक गरेको मध्ये यो फिल्मबाट दर्शकको निकै प्रशंसा र साथ पाएको रामराजाले बताए । त्रिकोणात्मक प्रेमकथामा आधारित यो सिनेमामा रेखा थापा, राजबल्लभ कोइराला, ऋचा घिमिरे, जीवन लर्ुइंटेलसहितका कलाकार छन् । यो फिल्म राजधानीसहित मोफसलका सहरमा दोस्रो सातामा पर््रदर्शन भइरहेको छ ।

यता, आफूले नचाहँदा नचाहँदै पनि कृषाको फिल्मसँग आफ्नो फिल्म जुधेको जेनीले स्पष्ट पारिन्, ‘उनको फिल्म कसम हजुरकोले राम्रो व्यापार गरिरहेका बेला पालोका कारण मैले हलचल रिलिज गर्नुपर्‍यो । तैपनि मैले सकेसम्म उनलाई सहयोग गरिरहेको छु ।’

शुक्रबारबाट राजधानीसहित मोफसलका डेढ दर्जन सहरमा हलचल रिलिज भएको हो । जसको निर्देशन सुनिल पाण्डेले गरेका हुन् । शनिबार राजधानी र मोफसलका सिनेमा हलमा हलचल हर्ेन दर्शकको निकै भीड बढेपछि जेनीले खुसी हुँदै भनिन्, ‘सबैजसो हल हाउसफुल छन् । विश्वकपले व्यापारमा असर पार्ला भन्ने डर थियो, तर त्यसो भएन ।’
हलचल पनि त्रिकोणात्मक प्रेमकथामा आधारित रहेको निर्देशक सुनिलले बताए । जसमा निखिल उप्रेती, जेनी कुँवर, मेलिना मानन्धर, मुकेश ढकालसहितका कलाकार छन् । (साभार – राजधानी)

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: