Jun 172010
 

Nepali film producer Krisha Chaulagai is known for her controversies and remains in tension most of the time. Now, it is not her personal problem that is causing problem to her (like her love affair or lashing) but the timing of the release of her movie. The movie is finally being released after a number of delays – all over Nepal. But, has to compete with some good movies. Read more from Nayapatrika in Nepali:

Advertisement

krisha

कहिले आफ्नै फिल्मको निर्देशकबाट बीच सडकमा कुटिएर त कहिले आफ्नो ब्वाइप|mेन्डले आफ्नै आँखाअघि अर्कै युवतीसँग ‘इस्क लडाएको’ देखेर तनावग्रस्त हुने गरेकी निर्मात्री कृषा चौलागाईं अचेल भने आफूले निर्माण गरेको दोस्रो फिल्म कसम हजुरकोको प्रदर्शनका कारण तनावग्रस्त छिन् ।

राम्रो समय र हलको पर्खाइमा उनले आफ्नो फिल्मको प्रदर्शन मिति पटकपटक सार्दै आइन् । कहिले नयाँ वर्ष ताक्ने त कहिले आमहडताल साम्य भएपछि रिलिज गर्ने भनेर सार्दा-सार्दा उनले अहिले बल्ल हल पाएकी छिन् । उनको फिल्म शुक्रबारदेखि राजधानी र मोफसलमा एकैचोटी प्रदर्शन हुने भएको छ । अरू फिल्मसँग नजुधाइकन एकलौटी रूपमा हल हात पार्ने मौका ताके पनि उनको यो योजनाले फेल खाएको छ । उनको फिल्मले नेपाली निर्मातालाई दह्रो मुनाफा दिने हलका रूपमा कहलिएका विश्वज्योति, गंगाजस्ता हल पाएको छैन । ती हलमा हाल रणसंग्राम चलिरहेको छ ।

अर्को च्यानलमा शुक्रबारदेखि नै कसम हजुरकोसँग अभियान नामक अर्काे डिजिटल फिल्म जुध्दै छ । कृषाको फिल्मले राजधानीका पुगनपुग आधा दर्जन हल मात्र पाउने भएको छ भने मोफसलमा उनको फिल्म राजधानीमा हिट कहलिएको सुनिल मानन्धरको दिदी-भाइ फिल्मसँग जुध्दै छ । दिदी-भाइ पनि मोफसलका बाँकी स्टेसनमा शुक्रबारदेखि नै प्रदर्शन हुँदै छ ।

दोस्रो हप्ता -११ असार) देखि राजधानीमा जेनी कुँवरको हलचलले हल पाउने भएको छ । मोफसलमा भने शोभित बस्नेतको नयाँ फिल्म कन्यादान प्रदर्शन हुँदै छ ।

राम्रो समय पर्खंदा चारैतिरबाट चेपुवामा परेकी निर्मात्री कृषा अहिले हैरान छिन् । उनी दर्शकलाई अपिल गर्छिन्, ‘कसम हजुरको नारीले बनाएको फिल्म हो । प्लिज एकचोटी हेरिदिनुहोस् ।’ केहीअघि नारी निर्माता प्रज्ञा जोशीले बनाएको सम्झना हेरेका दर्शक अर्की नारी निर्माता कृषाले बनाएको कसम हजुरको हेर्न पनि आतुर छन् ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: