‘Majboor’ to be made soon

majboor A movie named ‘Majboor’ is going to be made under the direction of Deepak Shrestha. The movie will cast Biraj Bhatta, Krishna Bhatta, Anuska Dhakal, and Anita Adhikari in the leading role. The movie is produced by cinematographer Dik Khadka. Rajdhani daily’s news reports follows:

दीपक श्रेष्ठको निर्देशनमा चलचित्र ‘मजबुर’ निर्माण हुने भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रको मुहर्ूत सम्पन्न भयो । छायाकार डिक खड्काको लगानीमा निर्माण हुने यस चलचित्रमा विराज भट्ट, कृष्ण भट्ट, अनुष्का ढकाल, अनिता अधिकारीलगायतका कलाकारले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । एउटा प्राविधिकले निर्माण गरेकाले यस चलचित्रमा आफ्नो श्रम र सीप बढी खर्च हुने दाबी गरे निर्देशक श्रेष्ठले । ‘म पनि एउटा प्राविधिक हुँ, त्यसकारण पनि यस चलचित्रमा मेरो उत्तरदायित्व बढी हुने महसुस गरेको छु मैले,’ निर्देशक श्रेष्ठले भने ।

यसअघि निर्देशक श्रेष्ठ र खड्काले पहिलो-पहिलो माया, पापी मान्छे, कृष्णअर्जुनलगायतका चलचित्रमा सँगै काम गरेका थिए । दुवै प्राविधिक एकअर्काको कामप्रति खुसी थिए, ‘दीपक श्रेष्ठको काम गर्ने शैली मन पर्‍यो, त्यही भएर उहाँलाई निर्देशनको जिम्मा दिए,’ श्रेष्ठलाई निर्देशक लिनुको कारण सुनाए ।

प्रसिद्धि सिनेमेकरको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रको मुहर्ूत कार्यक्रममा कलाकार बसुन्धरा, भुसाल, राजबल्लभ कोइराला, सिर्जना बस्नेत निर्माता संघका अध्यक्ष राजकुमार र्राई र छायाकार भीम राना सहभागी थिए । बसुन्धरा भुसालले मुहर्ूत सटको निर्देशन गरेकी थिइन् भने सिर्जना बस्नेतले क्यामरा स्विच अन गरेकी थिइन् । भीम रानाले ध्वनिको काम गरेका थिए भने नायक राजबल्लभ कोइरालाले नरिवल फुटाएका थिए ।

Incoming search terms:

It's very calm over here, why not leave a comment?

Leave a Reply