The movie ‘Man Parepachi’ is in double trouble due to the absence of its leading actors.
Initially, it was Nikhil Upreti, now it is Ramit Dhungana. Both, of its actors have headed for foreign countries. When Nikhil didn’t showed up for dubbing, another actor with similar voice, Kamalkrishna, did the dubbing for the movie. Now, if Ramit fails to show up for dubbing the movie unit has to find somebody else to do the dubbing again.
Ramit Dhungana holds Green Card in the USA. Four months back, Ramit headed for the US and the film unit doesn’t know when he will return.
Man Parepachi features Nikhil Upreti, Ramit Dhungana, Dinesh DC, and Kalpana Shahi. It is the first movie of Kalpana in the leading role. It is the second movie of the director Suman Dahal, who did ‘Tadha ko Maya’ previously.
चलचित्र ‘मन परेपछि’लाई शनि को दशा नै लागेको जस्तो छ ! विदेसिएर नफर्किने हिरोहरुका कारण यसको डबिङ नै रोकिएको छ र निर्माणपक्षलाई ठूलो तनाव दिएको छ ।
पहिले निखिल उप्रेतीले धोका दिएपछि अब समस्याको गाँठो रमित ढुंगानामा आएर अल्झिएको छ । रमित अमेरिकामा ग्रीनकार्ड होल्डर हुन् र आजकल रमित सपरिवार अमेरिकामा छन् ।
निर्माणपक्ष चारमहिना पहिले अमेरिका हानिएका रमितलाई कुरेर बसेको छ । निर्देशक सुमन दाहालले एकसाताभित्र रमित नआएमा विकल्प खोज्नुपर्ने अवस्था हुने बताएका छन् ।
यसअघि निखिल पनि दबिंग गर्न नआएपछि उनको जस्तै स्वर भएका कमलकृष्णबाट डबिङ गरिएको थियो । निखिलकै कारण उक्त डबिङ दुई महिना पर सरेको थियो ।
यसअघि ‘टाढाको माया’ चलचित्र निर्देशन गरिसकेका सुमनको यो फिल्म लभस्टोरी, कमेडी र एक्सन प्रधान कथा मा आधारित छ । ‘मन परेपछि’मा निखिल, रमित र दिनेश डिसीसहित नवनायिका कल्पना शाहीले फिल्ममा अभिनय गरेका छन् । कल्पनाले यही फिल्मबाट रजतपटमा शीर्ष भूमिकामा डेब्यु गरेकी हुन् ।
ओम नमः शिवाय फिल्मसको ब्यानरमा राधिका श्रेष्ठ, सागर नेपालले फिल्म निर्माण गरेका हुन् । संगीत दीपक रमण, द्धन्द्ध रामजनक, लेखन ध्रुव लम्साल, स्टोरी रविराज अर्यालको छ । यस फिल्ममा धेरै जस्तो दृष्य दोलालघाट चरीकोटका रमणीय लोकेसनमा फिल्म छायांकन गरिएको छ ।





