Apr 122010
 

Manisha to take over the responsibilities of Koirala family… Nepali Congress to press for youth leadership…

बलिउडकी अभिनेत्री मनीषा कोइरालाको नेपाली केटासँग विवाह हुने निश्चित भएको छ। नेपाली कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको निधनपछि कोइराला परिवारको विरासत थाम्ने खालको कोही नदेखेपछि परिवारबाटै मनिषालाई राजनीतिमा ल्याउने क्रममा नेपाली युवक पनि साधारण गाउँले परिवारबाट आएको युवकसँग विवाह गरिन लागिएको हो । उमेरले पनि केटाभन्दा मनिषा झण्डै १० बर्ष जेठी छिन् ।

Advertisement

भारतमा गान्धी परिवारको विरासतलाई माथि उठाउन युवा उमेरमा रहेका राहुल गान्धीमा देखिएको जनताको विश्वासलाई बचाउन पनि कांग्रेसका लागि मनिषा जस्तै सेलिब्रेटीको आवश्यकता देखिएको थियो । साथै नेपाली कां‍ग्रेस निकट सबै युवाहरुले मनिषालाई कांग्रेसको नेतृत्वमा पुर्याउन लविङ सुरु गर्ने भएका छन् । हाल देखिएको नेतृत्वका हानाथाप र बुढाले गाई ओगट्ने जस्तो प्रवृत्ति हटाउनुका साथै आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्न पनि युवाहरुले मनिषालाई साथ दिने भएका हुन् ।  उनको विवाह नेपाली व्यापारी सम्राट दाहालसँग हुन लागेको हो। सम्राट ऊर्जासम्बन्धी कम्पनीका मालिक हुन्। उनको पुर्ख्यौली घर सिन्धुली हो तर हाल उनी महाराजगन्जमा बस्दै आएका छन्।

पारिबारिक स्रोतका अनुसार विवाहको छिनाफानो सोमबार नै भएको हो। पुरोहितले मनीषाको विवाहको साइत असारमा निकालेका छन्।  उनको ३ गते स्वयंम्वर, ४ गते मेहन्दी र १९ गते विवाहको साइत जुरेको बताइएको छ।  यसको औपचारिक घोषण भने हुन बाँकी नै रहेको छ।

मनीषा र सम्राटको पे्रम सम्बन्ध धेरै वर्षअघिदेखि नै चल्दै अएको भए तापनि तीन हप्ताअघिमात्र मनीषाले सम्राटसँग जीवन विताउने निधो गरेकी थिइन्। मनीषाको उक्त निर्णयप्रति उनको पिता प्रकाश कोइराला पनि खुसी नै रहेको बताएका छन्। उनले सम्राट शिक्षित र राम्रो पृष्ठभूमिका भएकाले आफू छोरीको निर्णयप्रति अत्यन्त खुसी रहेको बताएका छन्।

नेपाली चलचित्र फेरि भेटौँलाबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका मनीषा कोइरालाले बलिउडमा धेरै चर्चा परिचर्चा कमाएकी छिन्।

सौदागरमार्फत बलिउडमा प्रवेश गरेकी उनले दर्जनौँ हिन्दी चलचित्रमा अभिनय गरिसकेकी छिन्। सौदागर, मन, १९४२ अ लभ स्टोरीलगायतका बलिउडका चर्चित चलचित्रहरुमा उनले अभिनय गरिसकेकी छिन्।

  One Response to “Manisha Koirala married a Nepali to enter into Nepalese Politics”

  1. […] Manisha Koirala married a Nepali to enter into Nepalese Politics […]

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: