Apr 282010
 

Prakash Koirala, father of Bollywood actress Manisha Koirala, talks about his daughter with Nayapatrika.

Advertisement

prakash_Koirala

बाबु प्रकाश कोइरालाको नजरमा छोरी मनिषा

मनीषा हाम्रो परिवारका अरू बच्चाभन्दा फरक थिई । सानैदेखि ऊ फरक सोच्थी । जे सोच्थी, त्यो हाम्रो सामान्य सोचाइभन्दा बिल्कुल भिन्न हुन्थ्यो । बाल्यकालदेखि नै कलाप्रति विशेष लगाव राख्थी । किशोरावस्थामा पुग्दा नपुग्दै, टेलिभिजनमा आएका फिल्म ध्यान दिएर हेर्ने, कलाकारले फिल्ममा निर्वाह गरेका भूमिका र अवस्थाका आफ्नै शैलीमा व्याख्या गर्ने बानी उसमा विकास भइसकेको थियो । नाटक खुब हेर्थी । सहरमा हुने जुनसुकैखाले कला प्रदर्शनीमा उसलाई जानैपथ्र्यो । नाटक हेरेर आएपछि साँझ मसँग बसेर त्यसको कथा र पात्रका अभिनयबारे कुरा गर्न उसलाई मज्जा लाग्थ्यो । आफ्ना आँखाले देखेको सबै कुराप्रति उसलाई जिज्ञासा हुन्थ्यो । ‘बाबा, यो के हो ? यसो किन भएको ? किन यस्तो नभएको ?’ भनेर प्रश्न गरिरहन्थी । साह्रै जिज्ञासु स्वभावकी केटी हो मनीषा । म खुब रोएँ । त्यो खुसीको आँसु थियो । यस घटनापछि मनीषा ‘सिरियस’ बिरामी परेको मलाई सम्झना छैन ।

०००

मनीषालाई म ‘तँ’ भनेर बोलाउँछु । ऊ मलाई ‘तिमी’ भन्छे । परिवारमा अग्रजले मलाई ‘तिमी’ भनेको सुनेर उसले पनि त्यही सिकी । मनीषा सानो छँदा उसको हजुरबा (बिपी कोइराला) उसलाई पिठयँुमा बोकेर यता-उता डुलाइरहनुहुन्थ्यो । मुखमा पाइप च्यापेर धुवाँ उडाउँदै मनीषालाई बगैँचामा डुलाउनु बिपीको सोख थियो । मनीषा घरमा नभएको दिन बिपी दिक्क मान्नुहुन्थ्यो । ऊ यति चुलबुले थिई कि हजुरबाको ढाडमा बसेर जिस्किरहन्थी । हजुरबा पनि त्यसमा रमाइलो मान्नुहुन्थ्यो । बिपीको पहिलो नातिनी थिई मनीषा । राजनीतिक काम लिएर भेट्न आउने साथीलाई उहाँ ‘ऊ मनीषा, मेरी नातिनी’ भनेर चिनाउनुहुन्थ्यो । मनीषा रोएको उहाँ देख्न सक्नुहुन्नथ्यो । मनीषालाई हेर्दै बिपी भन्नुहुन्थ्यो, ‘तँलाई पढेर जे बन्न मन लाग्छ, त्यही बन्नू ।’

मनीषा राम्रै पढ्थी । कक्षामा टाठी थिई । सरसँग सवाल-जवाफ गर्थी । स्कुलमा नाटक हुँदा मुख्य भूमिकामा खेल्थी । उसका मास्टरहरू भन्थे, ‘मनीषा पढ्नमा तेज छे । ऊ जुन विषयमा पनि राम्रो गर्न सक्छे ।’ उनीहरू त यतिसम्म भन्थे कि पढाइबाहेक कलाका अरू कुनै क्षेत्रमा पनि आफूलाई राम्रोसँग उभ्याउन सक्छे मनीषा । स्कुलका मास्टरहरू भन्ने गर्थे, ‘उसमा एउटा यस्तो क्षमता छ, यस्तो मिहिनेत गर्ने स्वभाव छ, ऊ जे चाहन्छे, त्यो फत्ते गरेरै छाड्छे ।’

तर, सानोमा मनीषा धेरै केटाकेटीले भन्ने गरेझैँ ‘डाक्टर बन्छु,’ भन्थी । शेखर डाक्टर बनेको उसले देखेकी थिई । त्यसैले भनेकी होला । संयुक्त परिवारमा हुर्किएकी हो मनीषा । घरको वातावरण नै ‘पढ्नुपर्छ’ भन्ने थियो । परिवारका सबैजना पढ्नमा अगाडि थिए । माहोल राजनीतिक भए पनि पढाइ सबैको केन्द्रमा थियो, प्राथमिकतामा पथ्र्याे । हाम्रो घरको परम्परा नै यस्तो थियो कि छोरी-बुहारीले पढाइबाट कहिल्यै वञ्चित हुनुपर्दैनथ्यो । बिपी परिवारका सबैलाई पढ्न प्रेरित गर्नुहुन्थ्यो ।

परिवारका अरू सदस्यभन्दा मनीषाको सपना बिस्तारै फेरिएको महसुस गर्थें म । कलामा उसले गहिरो अभिरुचि लिन थालेकी थिई । खाली समय बगैँचामा डुल्न निस्कन्थी । कुकुर या चरा घाइते भएको देखी भने रुन्थी । कमलो मनकी थिई, भावुक थिई ।

०००

मनीषाकी आमा सुष्मालाई नृत्यमा असाध्यै रुचि थियो, मेरी आमा (सुशीला) लाई पनि थियो । सासू-बुहारी मिलेर नाचेको पनि मलाई याद छ । मनीषाकी आमा भरतनाटयम र मनिपुरी नृत्यकी शिक्षिका थिइन् । धेरैलाई उनले शास्त्री

Incoming search terms:

  • बिपी फिल्म
  • बिपी

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: