Jul 232010
 

Melina Manandhar has started appearing in Newari movies lately. A movie made in the story of Buddha, ‘Patachara’ is being shown in Guna Cinema and has already passed the 51 days landmark. Another movie ‘Wala Mayjyu’ is finished and is in the process of release.

Advertisement

Melina started her film career with ‘Priyasi’ and has already acted in more than 50 movies. She had also produced a movie named ‘Jwalamukhi’ some two years back.

In a question about nudity in movies Melina says that everybody knows there is cloth on the body parts not shown in the screen. She added that the viewers are more advanced and such nudity is not a big issue. Read the full interview in Nepali, taken by Kantipur representative.

19नायिका मेलिना मानन्धर धमाधम नेवारी फिल्ममा देखिन थालेकी छन् । उनकै लिडिङ रोल रहेको बुद्धको चर्चित जातक कथामाथि निर्मित ‘पटाचारा’ ले गुण सिनेमा ग्वार्कोमा शनिबार एकाउन्न दिन मनाइसकेको छ, अर्को नेवारी फिल्म ‘वाला मयजु’ चाहिँ प्रदर्शन क्रममा छ ।

करिब बीस वर्षअघि दीपक रायमाझी निर्देशित ‘पि्रयसी’ बाट फिल्मी करिअर थालेकी मेलिनाले ‘प्रेमपिण्ड’, ‘फेरि अर्को साइनो’, ‘सिमाना’, ‘दाइजो’, ‘आफ्नो घर आफ्नै मान्छे’ लगायत पचासजति नेपाली फिल्म खेलिसकेकी छन् । गायक हजुरबा र रंगकर्मी बुवाको सन्तति भएकाले ‘रगतमै कलाकारिता भएको’ दाबी गर्ने उनले दुई वर्ष अघि कथानक फिल्म ‘ज्वालामुखी’ समेत निर्माण गरेकी थिइन् । रामकृष्ण खड्की निर्देशित ‘पटाचारा’ मा भने उनी भिन्न भूमिकामा छिन् ।

नेवारी फिल्मतिर देखिन थाल्नुभयो त ?

हो । राजमती (पहिलो नेवारी फिल्म) मै पनि अफर आएको थियो । भाषाको समस्या भएर खेलिनँ । घरमा बुवाआमाबाहेक अरूले नेवारी भाषा नबोल्ने भएकाले मलाई राम्ररी बोल्न आउँदैनथ्यो ।

अहिलेचाहिँ भाषा सुधि्रयो ?

सुधि्रएको हैन, हिम्मत बढेको । नेवारी फिल्महरूबाट धेरै नै अफर आउन थालेपछि आँट गरेकी । फेरि नेवारकी छोरी भएर त्यत्ति पनि गर्न सकेन भन्ने नहोस् भन्ने पनि थियो ।

गार्‍हो भयो होला है ?

हो त । लामो-लामो डायलगमा समस्या भयो । नबुझीकनै उच्चारण गर्नुपर्दा लाटी-लाटी फिल हुँदोरहेछ ।

Melina-1

नेवारी फिल्मतिरै किन नि ?

सबभन्दा पहिले म कलाकार हुँ । कलाकार भएपछि यो र त्यो समुदायको भन्ने नै हुँदैन । नेपाली फिल्म खेल्दा पनि म कलाकार नै हुँ, नेवारीमा खेल्दा पनि कलाकारै । फेरि नेपाली फिल्ममा पनि त्यत्तिकै लागिरहेकी छु । ‘हलचल’ भर्खरै राजधानीमा चल्यो । ‘कसलाई दिउँ यो जोवन’ ले पनि मोफसलमा राम्रै सफलता हात पार्‍यो । ‘भूल भए माफ गर’ र कमेडी फिल्म ‘बस नम्बर १३६’ छिट्टै रिलिज हुँदै छ ।

अरू समकालीनको तुलनामा फिल्ममा कम देखिएको त हो नि ?

हेर्नुस्, मेरो आफ्नै स्वभाव छ । म फिल्म खेल्नुभन्दा अघि ‘गाइड’ राम्रो होस् भन्ने चाहन्छु । भूमिका र पारिश्रमिक दुवै हेर्छु । चित्त बुझेन भने फिल्म खेल्दिनँ । धेरै फिल्महरू मैले यसरी नै गुमाएँ ।

अहिले पनि ?

अहिलेचाहिँ ‘त्यसो नगर्नुपर्ने रहेछ’ जस्तो लागेर आउँछ । किनभने धेरै नायिकाहरू मैले छाडेको फिल्मबाटै नाम कमाएर माथि उठेका छन् ।

नेपाली र नेवारी फिल्मबीच फरक अनुभव ?

नेवारी फिल्ममा फिडब्याक अलि फरक आउँदो रहेछ । आफ्नै मौलिक भाषा र संस्कृति भएर होला, दर्शक छिट्टै पग्लिने रहेछ । कहिल्यै हल नदेखेका बूढाबूढी पनि फिल्म हेर्न आएको देखें । ‘पटाचारा’ बाट मैले धेरै स्याबासी पाएकी छु । हलमै पनि दर्शकहरू रुँदै मसँग कुरा गर्न आए ।

‘पटाचारा’ मा सजिलै नग्न दृश्य दिनु भएछ त ?

हेर्नुस्, अचेलका दर्शक निकै एडभान्स भइसकेका छन् । कुन नग्न हो कुन हैन सजिलै छुट्याउँछन

Incoming search terms:

  • Newari blue flim
  • patachara nepal bhasa film

 Leave a Reply

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>