चर्चित हास्य टेलिश्रृंखला मेरी बास्सैका हास्य कलाकार केदार घिमिरे (माग्नेबूढा) ले निर्धारित तिथिमा संविधान नबन्ने भएपछि आफ्नो कसमअनुसार मंगलबार एक वर्षदेखि पालिरहेको आफ्नो कपाल र दाह्री खौरिएका छन्।
उनको कसममा साथ दिँदै सीताराम कट्टेल (धुर्मुस) र सुरज चापागाई (बान्द्रे) ले पनि कपाल र दाह्री खौरिई संविधान नबनेकोमा शोक मनाएका छन्। सीताराम पत्नी कुञ्जना घिमिरेले त यस शोकमा सेतो लुगा नै लगाइन्। शहीदहरूको सम्झनामा एक मिनेट मौनधारण गरी सीतारामको ललितपुरको खुमलटारस्थित निवासमा गरिएको किरियाकर्म कार्यक्रममा सुरज चापागाईले सीताराम र केदारले कपाल खौरिरहेको समयमा एउटा खुट्टा उचालेर जनआन्दोलनका घाइतेको पीडाबोध गराएका थिए।
‘हाम्रा सभासद्ले संविधान बनाउने काममा नलागी कुर्सीद्को लुछाचुँडीमै अल्झिएका कारण निश्चित मितिमा संविधान बनाउन सकेनन्। त्यसैले ६ सय १ सभासद्को किरिया गर्यौं। यो शोकमा हामी भरेको छाक पनि छोड्छौं’ -केदारले भने। नेपाली परम्पराअनुसार पतिको निधनमा पत्नीले सेतो लुगा लगाउने गर्छन्। पतिकै सामु सेतो लुगामा भावुक देखिएकी कुञ्जनाले भने आफ्ना लागि
पतिभन्दा देश ठूलो भएको जनाउँदै देशको संविधानको अनिश्चितताका कारण चिन्ता भएकाले सेतो लुगा लगाएर शोक प्रकट गरेको बताइन्। केदारले पशुपतिमा गएर कुशबाट ६ सय १ सभासद्को पुत्ला बनाएर दाह संस्कार गर्ने घोषणा गरे पनि भीडभाडमा घुसपैठ भई स्थिति अन्तै मोडिन सक्ने र शान्ति सभालाई जस्तै आफ्नो कार्यक्रमलाई पनि राजनैतिक रंग लाग्न सक्ने भएकाले कार्यक्रम बदलिएको बताए।
केदारले कार्यक्रमको सिलसिलामा इजरायल जाँदा दिल्ली विमानस्थलका सुरक्षाकर्मीले लामो कपाल र झ्याप्प दाह्रीका कारण आतंकवादीको शंकामा केरकार गरेपछि छ महिनाअगाडि दाह्री खौरिए पनि त्यसयता लामो दाह्री पालेका थिए। (from – Samacharpatra)






[...] निश्चित मितिमा संविधान नबन्ने पक्का भएपछि हास्य टेलिशृङ्खला मेरी बास्सैका माग्नेबूढा केदार घिमिरेले मंगलबार एक वर्षदेखि पालिरहेको कपाल र दाह्री खौरिए भने उनको कसममा साथ दिँदै सीताराम कट्टेल (धुमुर्स) र सुरज चापागाईं (बान्द्रे) ले पनि दाह्री र कपाल खौरिई सेतो कपडा बाँधे । कुञ्जना घिमिरे (सुन्तली) ले सेतो पहिरन लगाइन् । (source) [...]
[...] नाममा माग्नेबूढाको काजकिरिया (अर्को) मात्रै होइन तेस्तै अरु हरु ले [...]
1 dam ramro 6 hai
yastai garnu par6 e chor harulai aja sabailai ak tauma jamma gari laidinu parne ago
yastai ta ho ni nepalm
good