Apr 052010
 

Namrata is one of the popular actresses in Nepali movies. She made headlines when one of her very intimate video made it to internet. She is currently recovering from the impact it made in her personal and professional life. These days, Namrata is busy acting in ‘Purple Days’, a movie being directed by Prachanda Shrestha.

Advertisement


नम्रताले कविता पढिन्
डाइरेक्टरले एक्सन कट भनेको पनि सुनिएन । त्यहाँ मात्र नम्रता श्रेष्ठ थिइन् । नम्रता त्यस दिन अभिनय गर्न पनि आएकी होइनन् । जिज्ञाशा बढ्यो र बल्ल थाहा भयो, उनी त कविता पढ्न पो आएकी रै’छिन् । उनीसँग नेपालका ठूला-ठूला कवि-कवयित्री पनि थिए । पछिल्लो समयमा सांगि्रला क्रिकेट एकेडेमी र नेपाल टुरिज्म बोर्डले कुरिनटारमा सञ्चालन गर्न लागिरहेको क्रिकेट फेस्टिभलका लागि एम्बेसडर बनेकी नम्रताले गत साता शनिबार गुरुकुलमा उपस्थित सबैलाई कविता सुनाइन् । पैसा तिरेर कविता सुन्न आएका श्रोता-दर्शकलाई कविता सुनाएर उनले अचम्ममा पारिदिइन् । कविता लेखेर पढ्नु उनको सानैदेखिको रुचि हो । त्यही भएर पनि उनी त्यस दिन एक पानामा लेखिएका कविता बोकेर गुरुकुल पुगेकी थिइन् । उनले राजन मुकारुङको कविता वाचन गरेकी थिइन् । ‘राजनजीको कविता पढ्दा मलाई पनि लेखँू-लेखँू लाग्यो’, नायिका नम्रता श्रेष्ठले भनिन्, ‘सानोमा कविता लेख्ोर पढ्थें, अहिले भने कविता पढ्ने अवसर मिल्यो ।’

‘कविता पढ्न समय मिलेको भए अझ राम्रोसँग पढ्ने थिएँ’, उनले भनिन् । नेपाली चलचित्रमा मात्र दुईवटा चलचित्र ‘सानो संसार’ र ‘मेरो एउटा साथी छ’ मा अभिनय गरेर दर्शकको मन जितेकी नम्रताले त्यस दिन झरी पर्दा शीर्षकको चार हरफ कविता पढेकी थिइन् । उनलाई कविता पढ्दा मज्जाको फिल भयो रे ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: