Aug 102010
 

There had been numerous instances of controversies when two producers/directors make movies with similar names. Such practice cause occasional disputes over the name.

Advertisement

Director Dipak Shrestha has established himself as one of the leading film name copy-cat director by directing Himmat-2, Papi Manche-2, and Ho Yehi Ho Maya after similarly named Nepali movies.

  • को आफ्नो को बिरानो, आफ्नो बिरानो, को आफ्नो को पराइ
  • हिम्मत, हिम्मत-२
  • पापीमान्छे, पापीमान्छे-२
  • माया त माया हो, हो यही हो माया
  • तिमी मेरो म तिम्रो, तिमी मात्र तिमीको
  • ए मेरो हजुर, मेरो हजुर
  • पर्खि राख है, पर्खि बसें
  • सुख:दुख, दु:ख
  • माया नगर, माया नमार
  • देउता, ईश्वर, भगवान सबैको
  • रणभुमी, रणसंग्राम
  • सन्तान, सन्तानको माया
  • आफन्त, आफन्तको माया
  • आफ्नो मान्छे आफ्नै हुन्छ, मलाई माफ गरिदेउ, भुल भए माफ गर

उस्तै लाग्ने र एउटै अर्थ दिने नामबाट पनि नेपाली निर्माता निर्देशकहरूले चलचित्र बनाएर एकअर्काको बिरोधी बनेका थुप्रै उधारण छन् । को आफ्नो को बिरानो, आफ्नो बिरानो र को आफ्नो को पराइ गरी तीनवटा उस्तै नाम भएका चलचित्र निर्माण भईसकेका छन् । नायिका रेखा थापाले हिम्मत बनाए पछी दिपक श्रेष्ठले हिम्मत-२ बनाए । यसैगरी दिपककै निर्देशनमा बनेको चलचित्र पापीमान्छेलाई दिपकले पुन: पापीमान्छे-२ नाम राखेर अर्को चलचित्र बनाए । निर्माता रोज राणाले डन बनाउँदा बनाउँदै मदन घिमिरेले मि डन बनाए ।

बिनोद अर्यालले माया त माया हो नामक चलचित्र निर्माण गर्ने बित्तिकै दिपक श्रेष्ठले नै हो यही हो माया निर्देशन गरे । यता सुरेश अधिकारीले तिमी मेरो म तिम्रो निर्माण गरेका छन् भने उता योगेश घिमिरेको निर्देशनमा तिमी मात्र तिमीको निर्माण भएको छ । केहि बर्ष अघि निर्माता सुनिलकुमार थापाले चलचित्र ए मेरो हजुर निर्माण गरे र त्यसको लगत्तै निर्देशक नारायण पुरीले मेरो हजुर नामको अर्को चलचित्र बनाए। त्यस्तै पर्खि राख है, पर्खि बसें, सुख:दुख, दु:ख, माया नगर, माया नमार, देउता, ईश्वर, भगवान सबैको, रणभुमी, रणसंग्राम, सन्तान,  सन्तानको माया, आफन्त, आफन्तको माया, आफ्नो मान्छे आफ्नै हुन्छ, मलाई माफ गरिदेउ, भुल भए माफ गर लगायतका उस्तै नाम भएका चलचित्रहरू दर्जनौ बनिसकेको छ ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: