Jul 152010
 

kasam-hajurkoIn the recent time, Nepali movies are not doing business as expected. As the number of new movies being released are increasing, in the similar trend, the number of unsuccessful movies are also increasing.

In the month of Ashad (June 15 to July 14) Kasam Hajurko, Abhiyan, ram-balaram-posterBerojgar, Halchal, Didi Bhai, Afno Manche Afnai Huncha, and Ram Balaram were released. Among them only Didi Bhai and Afno Manche Afnai Huncha earned profit. All others had difficulty in achieving break-even. Detailed analysis of Nayapatrika in Nepali follows:

नेपाली फिल्मको ब्यापार दिनानुदिन खस्कँदै गइरहेको छ । एकातिर अप्रत्याशित रूपमा फिल्म निर्माणको संख्या बढेर गएको छ भने अर्कोतिर फिल्म फ्लप हुने क्रमले पनि उत्तिकै मात्रामा तीव्रता पाएको छ । पछिल्लो समयमा प्रदर्शन भएका अधिकांश फिल्म लगानीसम्म पनि उठाउन नसक्नेगरी असफल हुदै गइरहेका छन् । नयाँ फिल्म एक साता पनि हलमा टिक्न नसकिरहेको अवस्थामा निर्माण भई हल कुरेर बसेका र निर्माणाधीन यति बिघ्न फिल्मले कहिले हल पाउलान् र व्यापार कस्तो गर्लान् भन्ने पिरलो बढेको छ ।

असार सुरुदेखि अहिलेसम्म राजधानी र मोफसलमा कसम हजुरको, अभियान, बेरोजगार, हलचल, दिदीभाइ, आफ्नो मान्छे आफ्नै हुन्छ र राम-बलराम गरी मुख्यतया सातवटा फिल्म प्रदर्शन भएका छन् । यीमध्ये केही अघि राजधानीमा प्रदर्शन भई मोफसल छिरेको दिदीभाइ र मोफसलपछि राजधानी छिरेको आफ्नो मान्छे आफ्नै हुन्छले मुनाफा कमाउन सफल भए । बाँकी फिल्मलाई लगानी उठाउन पनि हम्मे-हम्मे पर्‍यो । बेरोजगार र अभियान सानो बजेटमा बनेका भिडियो फिल्म हुन् भने कसम हजुरको र हलचल ठूलो लगानीमा बनेका डिजिटल फिल्म हुन् । प्रदर्शित सात फिल्ममध्ये कसम हजुरको र हलचलले असफलताको स्वाद नराम्रोसँग चाख्नुपर्‍यो ।

कसम हजुरको र हलचल फिल्मको कथा एकैखालको भएकाले दर्शकले दुवै फिल्म मन नपराएको व्यापक मात्रामा सुनियो । यी दुवै फिल्म शिवम अधिकारीले लेखेका हुन् । नयाँ फिल्म हलचल हेर्न भनी हल पुगेका दर्शक झुक्किए । कसम हजुरको हेरिसकेका कतिपय दर्शकले हलचल हेर्दाहेर्दै निस्किएर आफ्नो टिकट फिर्ता गरी पैसा दिन दबाब दिएका थिए । एउटै कथामा दुईवटा फिल्म हेर्नुपरेकाले दर्शकले निर्माता/निर्देशकलाई गाली मात्र गरेनन्, कतिपयले त सबै नेपाली फिल्म झुर हुन्छन् भन्ने निक्र्याेल निकाले । नेपाली फिल्मको व्यवसाय गिर्दै जानुमा यस्ता कारण पनि हावी भएको बताउँछन्, निर्देशक ज्ञानेन्द्र देउजा । भन्छन्, ‘कथा, प्रस्तुतिमा नयाँपन दिन नसक्नाले नेपाली फिल्मदेखि दर्शक बिच्किरहेका छन् । यो क्रम रोकिएन भने भोलि फिल्म नबन्ने स्थिति आउन पनि बेर लाग्दैन ।’

यसअघि पनि पर्खी बसेँ र को होला मेरो मायालु एउटै कथामा निर्माण भएका थिए । दीपक श्रेष्ठको निर्देशनमा बनेको पर्खी बसेँ पछि बनेर पहिला प्रदर्शन भयो भने सुभाष गजुरेलले निर्देशन गरेको को होला मेरो मायालु पहिला बनेर निकै ढिलो गरी प्रदर्शन भयो । तुलनात्म रूपमा पर्खी बसेँभन्दा को होला मेरो मायालु राम्रो मानिए पनि पर्खि बसेँ हिट भयो । को होला मेरो मायालु भने ढिलो प्रदर्शन हुनाले सुपर फ्लप भयो । फिल्म निर्माण गर्दा स्त्रिmप्टमा ध्यान नदिनाले असफलता भोग्नुपरेका थुप्रै उदाहरण छन् । निर्देशकीय अक्षमता, निर्माणमा कन्जुस्याइँ अनि उस्तै लाग्ने कथाका कारण पनि नेपाली फिल्म एकपछि अर्का गरी फ्लप हुँदै गएको विश्लेषण समीक्षकको छ ।

 Leave a Reply

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>