Apr 102010
 

नायक निखिल उप्रेती र नायिका सञ्चिता लुइँटेल विवाह बन्धनमा बाँधिएको समाचार छ। नेपालमा पाएजति सबै फिल्म छाडेर उनीहरू अप्रत्यासित रूपमा भारत गए। र, उतै घरजम गर्ने सोचअनुरूप फ्ल्याट पनि लिइसके। निखिल त फर्केलान्, तर सञ्चिता देश फिर्ने सोचमा छैनन्। यी त भए सतहमा आएका कुरा। निखिल-सञ्चिता विवाहको अन्तरकथा भने अर्कै छ।

Advertisement

यसरी पाएका फिल्म छाड्दै र पूरा गर्न बाँकी फिल्म पनि लत्याएर यो जोडीले अप्रत्यासित रूपमा अलप हुनुका पछाडि समस्या थियो, निखिलका कारण सञ्चिताले बोकेको दोस्रो गर्भ। उनीहरू १० महिनापहिले पनि यसैगरी हराएका थिए। तर, बजारमा उनीहरूको प्रेमको चर्चा यति धेरै बाक्लिएको थिएन। मुम्बईमा सांस्कृतिक कार्यक्रम प्रदर्शनको नाममा हराएका उनीहरूको उद्देश्य थियो, गर्भपतन। यता, काठमाडौंमा रोज राणाले आफ्नी श्रीमतीमाथि दुर्व्यवहार गर्न खोजेको पुलिस रिपोर्ट लेखाएर त्यसवेला निखिल हराएका थिए। श्रीमतीमाथिको दुर्व्यवहारको पुलिस रिपोर्ट लेखाउनेले त्यही श्रीमतीलाई धोका दिन मुम्बई गएको कुरा त्यसवेला पत्याउन पनि मुस्किल थियो। तर, त्यो पनि नाटक रहेछ, जो अहिले पुष्टि हुँदै छ।

यतिवेला निखिलले मात्र जेठी पत्नीलाई एक्ल्याएर हिँडेका छैनन्, भक्तपुरको ठिमीमा भर्खर बनेको घरको ३८ लाख ऋण पनि जेठीपत्नी कोपिलाको थाप्लोमा हालेर उनी हराएका हुन्। र, सिंगो जीवन बाँकी रहेका सात वर्षीय छोरा ब्रबिममाथि पनि निखिलले ठूलो अन्याय गरेका छन्। नाबालक र अबोध ब्रबिममाथि उनले अन्याय मात्र गरेनन्, धर्ममा विश्वास गर्ने प्रत्येक मान्छेले दुत्कार्ने पाप पनि गरेका छन्। जेठी पत्नी कोपिलाबाट जन्मिएका छोरा ब्रबिमको पास्नी एक महिनाअघि भयो। ब्रबिमले जीवनमा अन्नको पहिलो गाँस उनै धोकेबाज पिताको हातबाट खाए। र, गाँससँगै निष्ठुर पिताको धोकाधडी पनि। त्यसदिन निखिलले कोपिलासँग आफ्नो नाबालक छोरोको कसम खाएर भनेका थिए, ‘बाहिर मैले केही बिराएछु भने पनि अर्को बिहेचाहिँ गर्दिनँ।’ तर त्यो कसम निखिलले महिना दिनमै तोडे।आफ्नै दिदी सूत्रधार

निखिल(सञ्चिता प्रेममा निखिलकी दिदी लक्ष्मी खरेल मूल कारक भएको कुरामा निखिलपत्नी कोपिला र निखिल निकटका साथीहरूलाई अलिकति पनि शंका छैन। तर, उनीहरू अर्काको घरको मामिला भनेर यो कुरा बोल्न चाहँदैनन्। सञ्चितासँग प्रेमको कुरा आएपछि निखिलले कोपिलालाई भन्ने गरेका थिए, ‘यो सब लक्ष्मी दिदीले चलाएको हल्ला हो।’ पहिले डिल्लीबजारमा विज्ञापन एजेन्सी चलाउने लक्ष्मी बुटिकको व्यवसाय पनि गर्छिन्। चाबहिलमा सञ्चिताको दिदी र लक्ष्मीले सँगै बुटिक पसल पनि खोलेका छन्। लक्ष्मीका एकजना पति छन्, निकै सोझा। त्यही भएर धेरैपल्ट लक्ष्मीले सञ्चिता र निखिलको भेट शान्तिनगरगेटको भित्रपट्टि रहेको आफ्नो घरमा गराइन्। भिनाजुलेचाहिँ फिल्म खेल्ने हिरो(हिरोइनको केही काम होला भन्ठान्थे, तर सोचेभन्दा फरक मामिलाको तयारी थियो, त्यो। निखिलपत्नी कोपिला र निखिलकी दिदी लक्ष्मीबीच राम्रो सम्बन्ध थिएन। लक्ष्मीले नै केही समयपहिला एकजना हास्यकलाकारकी छोरीसँग निखिललाई निकट गराएर निखिल र कोपिलाबीच झगडा पारेकी थिइन्, जो कुरा निखिलले स्विकार्दै आएका छन्। पछिल्लो समय सञ्चिताका कारण निखिलको घरमा तनाब हुन थालेपछि निखिल दिदीकै घरमा बस्न थालेका थिए र सञ्चिता पनि माइत बस्दिनथिन्।

बाध्यताको बन्धन

उसो त, निखिल यसरी अप्रत्यासित रूपमा घरपरिवार, काम र देशै छाडेर जाने पक्षमा भने थिएनन्। सञ्चिताको तर्कलाई मानवीय दृष्टिले सही मान्ने हो भने निखिलले सञ्चितामाथि प्रेमभन्दा धेरै अपराध गरिरहेका थिए। सञ्चिताले दुई वर्षपहिले मात्र आफ्ना पति आकाशसँग सम्बन्धविच्छेद गरेकी थिइन्। आकाशसँग विवाह हुँदा उनले फिल्मी करिअरलाई ख्याल गरेर बच्चा जन्माएकी थिइनन्। एक त बच्चा जन्माइनन्, अर्कातिर दाम्पत्य जीवन सुखद पनि भएन। यसपछि एक्लो जीवन बाँच्ने भनेकी थिइन्, सञ्चिताले। तर, जीवन सधैँ एक्लो हुन नसक्दोरहेछ। केही समयमै निखिलको मायामा परिन्। उसो त, टाढाबाट नाता पर्ने चलचित्र निर्माता चिरञ्जीवी बस्नेत (सिबी) सँग पनि सञ्चिताको सम्बन्धको चर्चा भयो। तर, पछिल्लोपटक सञ्चिताका लागि खट्किएको प्रेमको चाह निखिलले पूरा गर्थे। प्रेमका नाममा सञ्चिताले एकचोटि सहर्ष गर्भपतन गराइन्। तर, फेरि पनि निखिलकै कारण उनी गर्भवती भइन्। फेरि पनि निखिल पहिलाकै तरिकाले गर्भपतन गराउन चाहन्थे। तर, सञ्चिताले मानिनन्। उनले गर्भपतनका लागि मुम्बई पुगेपछि निखिलसँग भनिन्, ‘एकचोटि फ्याँकिसकियो। अब दोस्रोचोटि पनि फ्याँक्न भनेर हामी आयौँ। यस्तै हो भने तेस्रोचोटि पनि हामी आउनुपर्ला। तर, मेरो भविष्य के हो? तपाईं आफ्नो सन्तुष्टिलाई गर्भपतनपछि बिर्सनुहुन्छ, तर मलाई उपयोग गर्न छाड्नुहुन्न। यसरी धेरैचोटि गर्भपतन गराएपछि मबाट बच्चा नहुन सक्छ। तर, त्यसवेला तपाईंले मेरो जिम्मा लिने के ग्यारेन्टी छ?’ निखिलसँग यो कुराको जवाफ थिएन। निखिलले सञ्चितालाई अनेक गरेर फकाउन खोजे। तर, सञ्चिताले गर्भपतन गराउन मानिनन्। उनी गर्भपतन नगराउने, बरु महिला हिंसाविरुद्ध कार्यरत संस्थामा कानुनी उपचारका लागि जानेसम्मको कुरा गर्न थालिन्।

एउटा टेलिभिजन च्यानलले निखिल(सञ्चिता प्रणयलाई समाचार बनाउन खोज्दा कार्यक्रम निर्माताले सञ्चिताकी आमासँग सम्पर्क गरे। तर, सञ्चिताकी आमाले रेकर्डमा बोलिनन्, बरु अफ दी रेकर्डमा विवाह भएको कुरालाई सत्य भनिन्। त्यही च्यानले निखिलकी जेठीपत्नी कोपिलालाई सम्पर्क गर्दा कोपिलाको अफ दी रेकर्डमा जवाफ थियो, ‘यो कुरा मैले पनि सुनेकी छु, तर उहाँले (निखिल) नभनेसम्म म हल्लाको भरमा पत्याउने छैन।’ यी दुवैका कुरामा बेग्लै(बेग्लै विवशता लुकेका छन्। सञ्चिताकी आमाका लागि लोग्ने छाडेकी छोरी स्याहार्नुको विवशता थियो। उनले अर्का र आफ्नै क्षेत्रमा नाम चलेका व्यक्तिलाई पति रोजेको कुराले खुसी तुल्याएको थियो। तर, बूढीमान्छे, त्यसै विवादमा आउन चाहन्नथिन्, रेकर्डमा बोलिनन्। उता, निखिलपत्नी कोपिलाको बाध्यकता अर्कै छ। एक महिनापछि नाबालक छोरोको कसम खाएर अर्को विवाह गर्दिनँ भन्नेले विवाह गरेको हल्ला छ। तर, स्वयं आफ्ना श्रीमान्ले यसबारे केही भनेका छैनन्। कोपिला एकजना शुद्ध गृहिणी हुन्, त्योबाहेक उनको कुनै पेसा(इलम छैन। अहिले उनका लागि निखिल मात्र बेपत्ता छैनन्, ३८ लाख ऋणको भार छ र साथमा एउटा नादान छोरोको सिंगो जीवनको जिम्मेवारी छ। अनि, केही वर्षपहिले चोखो प्रेमलाई उनीहरूले विवाहमा परिणत गरेका थिए। उनीहरू एउटै जात, एउटै गोत्रका हुन्। आफन्तहरूले विवाह गर्न छेक्दा छेक्दै पनि माया पिरतीमा छेकबार चल्दैन भनेर उनीहरूले विवाह गरेका थिए। हो रहेछ, माया पिरतीमा छेकबार नचल्ने रहेछ, र त फेरि अर्कीसँग मायापिरती गाँसे र फेरि पनि कुनै छेकबार लागेन, अर्को विवाह भयो। सबै कुरा सम्झिल्याउँदा कोपिला हिजोआज निकै निराश भएकी छन्। उनीसँग कुनै जवाफ छैन, कुनै योजना छैन। छ त केवल तनाबमा पनि सानो छोरोलाई खुसीले स्याहार्नुको एउटा विवशता।

साथ छाडे साथीले

गर्न नहुने काम गर्दा आफन्त मात्र होइन, साथीभाइ पनि टाढा हुँदारहेछन्। निखिललाई अहिले त्यस्तै भएको छ। उनका कतिपय कमजोरी घरमा नसुनाउने र उनीसँगै रात(दिन हिँड्ने साथीहरू पनि हिजो(आज जेठीपत्नी कोपिलालाई सान्त्वना दिने गर्छन्। जस्तो, सुरेशदर्पण पोखरेल। जसले निखिलकै लगानीमा बनेको फिल्मबाट एउटा सामान्य सञ्चारकर्मीबाट आफ्नो परिचय बद्लेर फिल्म डाइरेक्टरका रूपमा नाम कमाए। निखिलसँग साथ लाग्दा कतिपयले उनलाई ‘निखिलको भाइरस’ भनेर पनि हेपे। तर, साथ छाडेनन्। साथ त्यो दिनसम्म छाडेनन्, जुन दिनसम्म निखिलले आफ्नी पूर्वपत्नी र नाबालक छोरोमाथि गद्दारी गरेनन्। बजारमा सञ्चितासँग जोडेर भएका सब हल्लाको प्रतिवाद गर्दै हिँड्ने सुरेश आजकल निखिलबाट टाढिएका छन्। Source: जनआस्था साप्ताहिक

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: