Aug 072010
 

Sanchita is starting at zero level in Mumbai

Advertisement

sanchita-luitel-upreti Sanchita Luitel, Nikhil Upreti’s new wife, is in Kathmandu these days (did you notice the Mangalsutra in the attached photo?). Sanchita confirmed that Nikhil has agreed to do a movie ‘Sansar Afnai’ by producer Govinda Shahi. She however told that Nikhil will not come to Kathmandu anytime soon.

Sanchita told that Nikhil is busy in Mumbai and he has agreed to do the Shahi’s movie in the condition that the shooting will be done in Sikkim and the surroundings.

Sanchita had returned to Kathmandu from Mumbai last week to meet her family and finish dubbing of ‘Parkhirakha Hai’, and ‘Bandi’.  The dubbing of one of the movie was already done by Anju Deuja and that of another movie hasn’t started yet.

Sanchita told that she wanted to start her career in Mumbai from zero level. She also told that she is selected to act in a tele-serials in Colors TV. More in Nepali: (credits Nayapatrika)

केही दिनअघि मुम्बईबाट काठमाडौँ आएकी सञ्चिताले निखिलले ‘संसार आफ्नै’मा अभिनय गर्ने पक्का गरेको भए पनि काठमाडौँ आएर सुटिङ गर्ने सर्त नभएको दाबी गरेकी छिन् । निर्माता गोविन्द शाहीले आफ्नो फिल्म संसार आफ्नैमा अभिनय गर्नका लागि निखिल भदौ दोस्रो साता काठमाडौं आउने बताएका थिए । निखिलकी कान्छी पत्नी नायिका सञ्चिता  ।

‘उहाँ -निखिल) तत्काल काठमाडौं आउने मनस्थितिमा हुनुहुन्न,’ सञ्चिताले फोनमा भनिन्, ‘उहाँ उतै व्यस्त हुनुहुन्छ । मुम्बईमा उहाँका ठूल्ठूला प्रोजेक्ट सुरु हुँदै छन् । उहाँ त्यहाँ केही गर्न चाहनुहुन्छ । त्यसकारण केही समय यहाँ आउने सोचाइ छैन उहाँको ।’

निखिल मानसिक रूपमा निकै तनावग्रस्त रहने गरेको बताउँदै केही समय शान्तिसँग मुम्बईमै संघर्ष गर्न चाहेको उनले बताइन् ।

निखिलले संसार आफ्नै फिल्मको आफ्ना सिन सिक्किम र त्यसको आसपासका स्थानमा सुटिङ गर्ने सर्तमा वचन दिएको सञ्चिता बताउँछिन् । भन्छिन्, ‘संसार आफ्नैका निर्माताले निकै रिक्वेस्ट गरेपछि उहाँ त्यो फिल्म खेल्न राजी हुनुभएको हो । तर, काठमाडौं आएर सुटिङ गर्ने भन्ने कुरा सत्य होइन ।’ उनले निखिलले सिक्किममा सुटिङ गर्न चाहेको र यो फिल्मका निर्माताले पनि सिक्किम नै पुगेर निखिलको सिन सुटिङ गर्ने सम्झौता भएको बताइन् ।

सञ्चिता आफू शनिबार मुम्बई र्फकने योजनामा रहेको बताउँछिन् ।

‘एक साताको ओपन टिकटमा आएकी हुँ । शनिबार र्फकन्छु होला,’ उनले भनिन्, ‘यसपालि चाहिँ म व्यक्तिगत भेटघाटका साथै बाँकी रहेका पर्खिराख है र बन्दी फिल्मको डबिङ गर्नका लागि आएकी हुँ । अन्य केही योजना छैन ।’ सञ्चिता आफू अभिनीत फिल्मको डबिङका लागि आएको भए पनि उनले दुवै फिल्मको डबिङ गर्नु परेन । पर्खि राख हैको डबिङ सुरु नै भएको छैन भने बन्दी फिल्ममा सञ्चिताको डबिङ अञ्जु देउजाबाट गराइसकिएको छ ।

सञ्चिता आफू भारतीय टेलिभिजन कलर्सको एउटा टेलिसिरियलको वर्कसपमा लागेको बताउँछिन् । ‘मलाई त्यहाँ निकै मन पराएका छन् ।

कलर्सको एउटा सिरियलमा छनोट भएकी छु । त्यसकै वर्कसपमा व्यस्त छु । बालाजी टेलिफिल्मसमा पनि मेरो सम्भावना निकै राम्रो छ ।’ सञ्चिताले मुम्बईमा आफू नेपालको चर्चित हिरोइन हुँ नभनेको बताउँछिन् । ‘त्यहाँ मैले म नेपालको कलाकार हुँ भनेकी छैन । सुरुमा अडिसन दिन जाँदा बालाजी टेलिफिल्ममा भनेकी थिएँ । उनीहरूले त्यहाँका स्टारलाईझँै सम्मान गरे । मलाई अप्ठ्यारो लाग्यो ।’ आफू मुम्बईमा जिरो लेभलबाट संघर्ष गरिरहेको उनले बताइन् ।

मुम्बईमा संघर्ष गरे पनि नेपाली फिल्म क्षेत्रबाट टाढिन नसक्ने बताउँछिन् उनी । भन्छिन्, ‘नेपाली फिल्मले नै हो मलाई कलाकार भनेर चिनाएको, नाम दिएको । म यहाँबाट कहिल्यै टाढिन सक्दिनँ । मुम्बईमा संघर्ष गरिरहेकी छु । त्यहाँ पनि स्थापित भएँ भने सबै नेपालीलाई गर्व लाग्छ नि ।’

सञ्चिता आफ्नो पति निखिलले मुम्बईमा संघर्ष गरिरहेकाले उनको हेरचाह गर्नका लागि पनि आफू उतै बस्न थालेको बताइन् । ‘त्यहाँ उहाँको हेरचाह गर्ने कोही छैन । पतिको सेवा गर्

Incoming search terms:

  • sanchita luitel

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: