Apr 052010
 

फागुनको तेस्रो साता नायक निखिल उप्रेती र नायिका सञ्चिता लुईंटेल लापत्ता भएको खबरले चलचित्र क्षेत्रमा सनसनी मच्चायो । उनीहरू कहाँ गए र के गर्दैछन् भन्ने शंकामा अखबार रंगिरहे । दुई वर्षदेखि उनीहरूको प्रेम सम्बन्धको गाईंगुईं हुनु र एकाएक दुवै जना बेपत्ता हुनुले ‘कराउनु र हराउनु’को पुरानो नेपाली उखानको स्मरण गरायो । तर, कुरो शंकामा सीमित रहेन । भर्खरै बाबु बनेका निखिल र केही समयअघि आफ्ना पतिसँग एकतर्फी सन्बन्धविच्छेद गरेर बसेकी सञ्चिताले चैतको पहिलो साता विवाह नै गरेको पुष्टि गर्‍यो चलचित्र क्षेत्रले । पारविारकि स्रोतका अनुसार, उनीहरू हाल मुम्बईमा छन् ।

Advertisement

निखिलले धादिङकी कोपिला उप्रेती र सञ्चिताले काठमाडौँका आकाश साहसँग आठ वर्षअघि विवाह गरेका थिए । रोचक पक्ष के छ भने यी दुवै जोडीले उतिबेला पनि प्रेमविवाह गरेका थिए । तर, ती दुवै जोडीबीचको खटपट धेरैअघिदेखि नै कानेखुसी हँुदै चर्चासम्ममा पुगेको थियो ।

नेपाली चलचित्र वृत्तमा श्रीमान्/श्रीमतीबीचको खटपट बाक्लै गरी सार्वजनिक हुने गर्छन् । सम्बन्धविच्छेद हुनु र जोडिनुलाई खासै अनौठो मानिँदैन । बहुविवाह गर्ने चलचित्रकर्मीको लामो पंक्तिले यस कुरालाई पुष्टि गर्छ । यो सवालमा नायक/नायिका मात्र होइन, निर्माता निर्देशक, लेखक र प्राविधिकहरूको फेहरस्ित पनि लामो छ । विवाह पहिलो भए पनि निकै नायिकाहरू कान्छी श्रीमतीका रूपमा भित्रिएका छन् ।

नेपाली कलाकर्मीलाई स्वदेशीले हम्मेसी जीवनसाथी रोज्दैनन् । उनीहरूलाई यस्तो आरोप पनि लाग्ने गरेको छ । उनीहरूका विदेशी जीवनसाथीले यस कुराको प्रमाण दिएझैँ लाग्छ । जस्तो सारंगा श्रेष्ठका अमेरकिी, सीपी लोहनी, विपना थापा, सनी रौनियारका भारतीय, आकाश अधिकारीका इटालियन, रूपा रानाका जापानी जीवनसाथी छन् । नेपाली नागरकि नै भए पनि विदेशमा बसेका हुन्छन् उनीहरूका जीवनसाथी । यसको अब्बल उदाहरण हुन्, जल शाह र सज्जा मैनाली । यी दुवै नायिकाका पति अमेरकिामा बसोबास गर्दै आएका छन् ।

(source – Nepal weekly)

Incoming search terms:

  • सज्जा मैनाली

  One Response to “Nikhil Upreti and Sanchita Luitel and similar other cases in Nepali movie industry”

  1. hi
    nikhil bro how u doing now a days with u r new wife?
    can u send me your webside marry with new wife sanchita luitel >>>>>>>>>>>>>

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: