Interview in English was published sometime back which was taken by Avash Karmacharya of Republica.
नेपाली फिल्मकी सदावहार नायिका हुन निरुता सिंह। करिव १७ वर्षअघि चलचित्र दक्षिणाबाट अभिनय यात्रा सुरु गरेकी उनी हालसम्म पनि नेपाली चलचित्रमा हिरोइनका रुपमा यात्रारत छिन्। वर्खेभेल मानिने चलचित्र क्षेत्रमा यति लामो समय टिक्ने उनी एकमात्र नायिका हुन् भन्दा फरक पर्दैन।
केही समयअघि एक्कासी हराइन् निरुता। नेपाली फिल्मवाट मात्र नभई देशवाटै वाहिरिएकी उनी फेरि नेपाल फर्किएकी छिन्। एक्कासीि किन हराइन् त उनी? कहाँ गएकी थिइन् अनि फेरि के कारणले फर्किइन्? यि प्रश्नहरु आम नेपाली दर्शकको कौतुहलताका विषय बनेका छन्। तिनै कौतुहलतालाई मेट्न र उनको पेशा र व्यक्तिगत जीवन ्वारे मेरो वेभसाइट्स डट कमका लागि डिबि खड्काले गरेको कुराकानी : –
बिचमै नेपाल किन फर्किनुभयो?
रक्षा वहिनीले आफूले निर्देशन गर्न लागेको फिल्मका लागि बोलाउनुभयो त्यसैले फर्किएँ।
इन्टेरियर डिजाइनिङ कोर्स सकियो त?
मैले सुरु नै गर्न पाइन। एक त म यतावाट नै ढिला गएँ, त्यसपछि भारत पुगेपछि मेरो काका विरामी हुनुभयो र पछि उहाको डेथ पनि भयो। त्यसैले म त्यतै पनि अल्भि्कएँ र अर्काे कुरा पहिला ६ महिनाको एउटा कोर्स हुन्थ्यो त्यसैले गएकी थिएँ तर अहिले त्यो हटाएर तीनवर्षे डिप्लोमा मात्र रहेछ। तीनवर्षको समय दिन नसकिने भएकाले सुरु नै गरिएन।
त्यसोभए अव नसिक्ने?
सिक्न त सिक्ने हो तर ६ महिने कोर्स गर्न मिल्यो भने यो विचमा पनि जान्छु होला।
काम नपाएर पलायन भएको भन्ने पनि हल्ला थियो त?
जे भनेपनि हुन्छ म यस्ता कुरालाई महत्व पनि दिन्न र माइन्ड पनि गर्दिेन। यत्रो सत्रवर्ष यही क्षेत्रमा काम गरियो अव पनि निरुता सिंह हिरोइन भइराख्नुपर्छ भन्ने कुनै जरुरी पनि छैन। यहाँ हिरोइनको मामलामा ६।७ वर्ष टिकाउन त गाह्रो अवस्था छ , हलिउड र वलिउड मा पनि हिरोइन बढीमा १० वर्ष टिक्छन्। आमावुवाको आर्शिवाद र भगवानको कृपाले म त यत्रो वर्ष टिके त्यसैले म यसलाई नै ठुलो कुरा मान्छु। र मलाई वेरोजगार भई भन्नेलाई म जस्तै टिकेर देखाउनसमेत चुनौती दिन्छु।
यो अवधीमा कतिवटा फिल्ममा अभिनय गर्नुभयो?
त्यस्तै ९० भन्दा बढी भयो होला।
आफैलाई राम्रो लागेको फिल्म कुन हो?
म मेरो अभिनयबाट कहिल्यै सन्तुष्ट हुन सकिन। दर्पणछायाँ त्यत्रो मेघाहिट भयो। त्यस्तै अन्य चलचित्र पनि राम्रै चलेका हुन् तर मैले मेरो अभिनयमा कतै न कतै कमजोरी देखे। म जति बढी चलचित्रमा अभिनय गर्दैछु त्यति नै सिक्दै छु।
तपाईलाई आफूलाई कस्तो भूमिकामा सुट हुन्छुजस्तो लाग्छ?
म फिल्ममा टाइपकास्ट भएँ। जुन म कहिल्यै चाहन्न थिएँ। म भर्सटाइल हुन चाहान्छु र कलाकार भएपछि त्यो क्षमता पनि राख्नुपर्छ।
आगामी फिल्ममा एक्सपोज गर्न लागेको हो?
होइन।
तपाँईले भारतपस्नुअघि गरेको फोटोसुटले त त्यही छनक दिन्छ त?
त्यो फोटोसुट मैले वजारका लागि गरेकी होइन। त्यो फोटो हेरेर निर्माता निर्देशकले मलाई त्यस्तो अफर गरुन भन्ने मेरो मनसाय पनि होइन। म एउटा आईमाई मान्छे हुँ, हिरोइन हँु। मलाई पनि विभिन्न खालका फोटो सुट गर्ने रहर हुन्छ। जुन भोली म बुढी भएपछि गर्न सक्दिनँ। आफ्नै कलेक्सनका लागि फोटो सुट गरेकी हुँ।
अफर आयो भनेचाहि?
म कसैको दवावमा काम गर्दिन। मलाई जति एक्सपोज गर्न मन लाग्छ त्यति मात्र गर्छु।
फोटोमा देखिएअनुसार त गर्नुहुन्छ?
जस्तो मादल वज्छ, त्यस्तै नाँच्नुपर्छ। त्यसैले ट्रेन र दर्शक अहिले चेन्ज भएका छन् त्यो अनुसार मैले पनि चेन्ज हुनुपर्यो नि।
विवाहचाहि कहिले गर्ने?
यो प्रश्न नभए मेरो अन्तैवार्ता नै पूर्ण हुदैन। भगवानले जहिले जुराउछन् म तयार छु। कोही न कोही मेरा लागि पनि भगवानले बनाएका होलान् नि।
कसैलाई कहिल्यै मन पराइयो?
मन किन नपराउनु धेरैलाई मन पराइयो।
चक्कर चलाइएन?
चलाइयो नि, अफर पनि गरियो तर विचमै व्रेकअप भयो ।
(साभार: मेरो वेभसाइट्स)






mero sabai bhanda manparne heroni tapai nai ho tyehi vayera didi ma tapailai bhetna chahan6u plz pppppppppllllllllllllllzzzzzzz 1 chance meet garnunala.natra malai call garnu 9841690267.i loooooovvvvvvveee u so much.waiting 4 rply.