After spending almost 17 years in Nepali cinema, actress Niruta Singh’s Bollywood quest was not successful and she is back in Kathmandu, working in two movies. She told that it was very costly to live in Mumbai, but didn’t add, she couldn’t earn it.
Two years ago, Niruta went to India to earn a certificate in interior designing (as if, we believe in such a crap). But, even after spending more than a year in Mumbai she couldn’t finish her studies. In the mean time, her uncle passed away and she had to give up her studies.
The truth – her expectation of “magic to happen overnight” turned out to be untrue. She watched and envied the ‘too awesome’ Bollywood. “Dropped her jaws” seeing “their sets and their costumes”. And, she was kicked back to Nepali movies.
In an interview with Avash Karmacharya of Republica, Niruta started by telling “I will celebrate my seventeen years in Nepali silver screen,” and ended by telling, “Are you trying to say that I’ve grown old? Please, I’m still in my teens.”
How can one believe such talk-heads? If you still want to read more about her, go ahead to read the Nepali article by Dabbu Chhetri of Rajdhani.
गत वर्षसुटुक्क मुर्म्बई गएकी अभिनेत्री निरुता सिंह अहिले काठमाडौं फर्किएकी छिन् । उनी सुटुक्क बलिउड जाँदा फिल्म नपाएर हो भन्नेहरू धेरै थिए । ‘इन्टेरियर डिजाइनिङ’ कोर्षगर्न मुर्म्बई गएकी सुनाइन्, निरुताले ।
तर, मुर्म्बईले उनको डिजाइनिङ कोर्स गर्ने सपना पूरा गर्न सघाएनछ । भन्छिन्,
‘मुर्म्बईको महँगीलगायत अन्य विभिन्न समस्याले पढाइमा अवरोध पुग्यो, डिजाइनर बन्ने सपना पूरा गर्न सकिनँ ।’
मुर्म्बई गएर कलेज खोज्दै गर्दा उनका काकाको देहावसान भएपछि लगत्तै कालिङपोङ र्फकनु पर्यो । त्यसपछि घर सम्हाल्न आफू करिब आठ महिना घर बस्नु परेको उनले जानकारी गराइन् । ‘पढ्नका लागि फेरि मुर्म्बई गएकी थिएँ । यताबाट रक्षा सिंहले फिल्म द गेम अभिनयका लागि बोलाएपछि फेरि नेपाल आएँ,’ उनले भनिन् ।
अध्ययनकै लागि भन्दै गत महिना उनी फेरि मुर्म्बई गएकी थिइन् । फेरि अर्को चलचित्र ‘मलाई मन पर्यो’बाट प्रस्ताव आयो । अहिले काठमाडौं आइसकेकी छिन् । अहिले थप दुईओटा सिनेमामा आबद्ध भएकाले पनि तत्काल मुर्म्बई र्फने योजना छैन, उनको ।
पटक-पटकको मुर्म्बई बसाइपछि त्यहाँको जीवन शैलीको अनुभव राम्रैसँग सँगालेकी छिन्, उनले । निरुताको बुझाइमा निकै महँगो सहरको हो, मुर्म्बई । ‘काठमाडौं बस्दा २५ हजार नेपाली रुपैयाँमा म मासिक खर्च चलाउँथें । त्यहाँ त मासिक ५० हजार भारतीय रुपैयाँसम्म खर्च हुँदो रहेछ,’ मुर्म्बई छाड्नुको कारण त्यहाँको महँगी भएको पनि उनले जनाकारी गराइन् ।
मुर्म्बईको जीवन शैली निकै महत्त्वकांक्षी र ब्यस्त लाग्यो, उनलाई । जीवनमा कसरी र कतिसम्म संर्घष्ा गर्ने भन्नेबारे बुझ्नु र हेर्नु छ भने मुर्म्बई जानुपर्छ भन्छिन्, उनी ।
बलिउडका छायांकार विनोद प्रधानसँग उनको पारिवारिक सम्बन्ध थियो । विनोदको सुटिङमा जाने क्रममा बलिउडका थुप्रै अभिनेता अभिनेत्रीसँग नजिक हुन पाएको उनले बताइन्, ‘प्रियंका चोपडा, रानी मुखर्जी, मनोज बाजपेइसहित थुप्रै कलाकारसँग भेटघाट हुन्थ्यो । नेपाली सिनेमाको स्टार एक्ट्रेस भनेर विनोद दाइले परिचय गराएपछि बलिउडका कलाकारबाट राम्रो सम्मान र आदर पाएँ ।’
बलिउडका कलाकारले सुटिङमा प्राविधिकहरूमाझ आफूलाई नेपालका स्टार एक्ट्रेस भनेर चिनाउँदा आफूमा खुसीको सीमा नरहेको उनले बताइन् । त्यहाँका कलाकार र प्राविधिकहरूले नेपाली सिनेमाका बारेमा धेरै नै जिज्ञासा राखेछन्, उनीसँग ।
बलिउड र नेपाली सिनेमाका कलाकारको स्थितिबारे तुलना गर्दै उनले भनिन्, ‘कामको हिसाबले बलिउडका कलाकारको भन्दा कम मेहनत गर्दैनन्, नेपाली कलाकार । तर, त्यहाँका कलाकारहरूको लाइफ स्टाइल बढी सुविधा सम्पन्न र सुखी पाएँ ।’ त्यहाँका कलाकारहरूको कमाइ अत्यन्त राम्रो भएकाले उनीहरूको जीवन बढी बिलासी देखिएको पनि उनले प्रस्ट पारिन्, ‘बलिउडको बजार ठूलो भएकाले उनीहरूसँग नेपाली सिनेमाको धेरै कुरा तुलना गर्न मिल्दैन । यति सानो बजेटमा अहिलेका नेपाली फिल्म बन्नु हाम्रा लागि गौरवको कुरा हो ।’
पटक-पटक गरेर द
ुई वर्षो मुर्म्बई बसाइमा निरुताले एउटा विज्ञापन भने खेल्न भ्याइन् । यहाँ तीनओटा फिल्मबाट पाउने भन्दा बढी पारिश्रमिक लिएर ‘कार्वन मोबाइल’को विज्ञापनमा मोडलिङ गरेको उनको भनाइ छ, ‘स्त्रिmन टेस्टपछि छानिएर त्यो विज्ञापन मैले पाएँ । नेपालको स्टार एक्ट्रेसकै रूपमा मलाई सो विज्ञापनमा काम गराइयो।’ सो विज्ञापन चाँडै नै विभिन्न भारतीय टेलिभिजन च्यानलबाट प्रसारण हुने जानकारी दिइन्, उनले ।
तीन/चार वर्षघिकी सबैभन्दा ब्यस्त र महँगी नायिकाले किन सिनेमा छाडेर इन्टेरियर डिजाइन रोज्नु पर्यो त – कारणबारे उनले भनिन्, ‘पछिल्लो समय नेपाली चलचित्रको अवस्था दिनदिनै ब्रि्रँदै गयो र पारिश्रमिक घाटएर अत्यन्त न्यून बनाइयो । त्यसैले दिक्क लागेर नै काम छाडेर मुर्म्बई गएँ ।’
यो डेढ वर्षो अन्तरमा नेपाली सिनेमा केही परिवर्तन भएको उनलाई लाग्यो । प्रशस्त नयाँ कलाकार र नयाँ निर्देशकको आगमनले नेपाली चलचित्र राम्रा बन्न थालेको उनले महसुस गरेकी छिन् । दुई वर्षघिको तुलनामा अहिले राम्रै पारिश्रमिक पाएको पनि उनले बताइन् । पहिलाको भन्दा प्रदर्शन प्रणालीमा पनि निकै सुधार आएकाले अब राम्रा सिनेमा बन्ने उनको विश्वास छ ।





