Apr 292010
 

niruta_singh_0 Actress Niruta Singh talks about her personal preferences.

Advertisement

Summery of her choices are:

  • Favorite in TV – News
  • Talking on phone –  with parents
  • Best place to go – Pokhara
  • Best game – Basketball
  • Best food – Aalu dum, chicken, and saag
  • Best song – Narayan Gopal’s ‘Saawan ko Jhari Bani’
  • Best website – YouTube
  • Best dress color – black and white

The complete interview follows. [Credits – nagariknews]

१. टिभी कार्यक्रम कुन मन पर्छ?
म न्युज च्यानलहरू धेरै हेर्छु। राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारमा मेरो रुचि रहन्छ। कुनैपनि देशमा भएका कला क्षेत्रका गतिविधिले पनि मलाई तान्छ।

२. अहिले फोनमा सबैभन्दा बढी कोसँग कुराकानी हुन्छ?
आमाबुबाबाट टाढा छु। दिनको करिब दुई घन्टा त उहाँहरूसँगै कुरा हुन्छ। त्यसपछि आन्टी मालती राईसँग धेरै कुरा हुन्छ। काठमाडौंमा मेरो अभिभावक भनेको उहाँ नै हो।

३. अरूलाई नेपालको कुन ठाउँ घुम्ने सल्लाह दिनुहुन्छ?
मेचीदेखि महाकालीसम्म घुमेको छु। सबैभन्दा राम्रो त पोखरा नै होला। नेपाली फिल्मका लागि पनि विशेष ठाउँ हो यो। मेरो धेरै फिल्म पोखरामा सुटिङ भएको छ। हावापानी र प्रकृतिक सौन्दर्यका हिसाबले यो एकपटक पुग्नैपर्ने ठाउँ हो।

४. जीवनमा सबैभन्दा बढी खेल्नुभएको खेल कुन हो?
बास्केटबल। सानो हुँदा त यसको भूत नै चढेको थियो। रात दिन बास्केटबल खेल्थेँ। अहिले पनि भ्याएसम्म खेल्न मन लाग्छ। यसका लागि बेलाबेलामा समय निकाल्ने गरेकी छु।

५. सबैभन्दा मन पर्ने परिकार?
आलुदम, रायोको साग र चिकेन। तर डाइटिङले गर्दा यी परिकार ज्यादै कम खान्छु। पिरो र अमिलो भएन भने खाएको मज्जा नै आउँदैन।

६. अहिले कुन गीतले तपाईको मनलाई आनन्द दिन्छ?
नारायणगोपालको ‘साउनको झरी बनी तिमी आऊ’ बोलको गीत अहिले जिब्रोमै झुन्डिएको छ। शब्द र संगीतमा मिठास छ पाइन्छ।

७. शरीरलाई शीतल बनाउन के पिउनुहुन्छ?
ब्ल्याक टी र पानी।

८. धेरैजसो कुन वेबसाइट हेर्नुहुन्छ?
‘युट्युब’ धेरै हेर्छु। यसमा खोजे अनुसार सबै कुरा सहज रूपमा भेटिन्छ। त्यसबाहेक मेल चेक गर्छु। ‘फेसबुक’ बनाउने विचार थियो। तर अरूले मेरो नामको झुटो आइडी बनाएको रहेछ। त्यसैले इच्छा नै मर्‍यो।

९. तपाई प्रायः कुन रङको लुगा लगाउनुहुन्छ?
मलाई कालो र सेतो धेरै मनपर्छ। लाइट कलरमा आफ्नो व्यक्तित्व निखारिएको अनुभूति हुन्छ। निलो र गुलाबी यसपछिका रोजाइ हुन्।

१०. काठमाडौंमा बस्नलाई कुन एरिया ठीक हो?
बागडोल मलाई शान्त र सुन्दर लाग्छ। स्वच्छ हावा यो क्षेत्रको विशेषता हो। शान्त भएकै कारण यो ठाउँमा पुग्दा टेन्सनबाट छुटकारा पाएको महसुस गर्छु।

११. तपाई काठमाडौंमा कुन सवारीसाधनमा यात्रा गर्नुहुन्छ?
म प्रायः ट्याक्सीमा यात्रा गर्छु। ट्रफिकजाम छल्न त बाइक सबैभन्दा सजिलो साधन हो। अझ हिँडेरै यात्रा गरे त स्वास्थ्यको हिसाबमा पनि राम्रो हुन्छ।

१२. छुट्टीको दिन कसरी बिताउनुहुन्छ?
काठमाडौंमा मेरो नातेदारको रूपमा आन्टी मालतीमात्र भएकोले छुट्टीमा विशालनगरस्थित उहाँकै घर जान्छु। उहाँ मलाई मनपर्ने परिकार तयार गरेर खुवाउनु हुन्छ। नातेदारसँग बसेर मीठोमीठो खाँदा छुट्टी त्यसै रमाइलो हुन्छ नि!

  2 Responses to “Niruta Singh personal preferences”

  1. hi nuritaji i miss u lot can u be a my best fen plzif u like to be fan add me ok i am in americathank’s bye

  2. I niru sis i love u ..so much plz dont leave us u r only a 1 actress sustaining for long time..i love ur every things

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: