Paleti going to China with Ambar Gurung

amber-gurung Veteran Nepali music composer, singer and writer, Ambar Gurung, is going to China to do a concert there. The concert is organized by the radio serial ‘Paleti’. Gurung is also the music composer of current National Anthem of Nepal.

It is the first time Paleti is being organized in China. The event will be held on Jestha 28 and Ashad 1 of 2067, Nepali year (June 11 and 15, 2010).

वरिष्ठ गायक तथा संगीतकार अमर गुरुङ आफ्नो एकल गायन प्रस्तुत गर्न चीन जाने भएका छन् । पलेँटी शृङ्खलाको पछिल्लो संस्करणमा भाग लिन गायक गुरुङ वाद्यवादक टोलीसहित बुधबार चीन जान लागेका हुन् । पलेँटीले पहिलोपटक चीनको बेइजिङमा यही जेठ २८ र असार १ गते सो कार्यक्रम गर्दै छ ।

‘हामी संगीतकर्मी हौँ, जहाँ पुगे पनि यसकै उन्नति र संवर्द्धनबारे सोच्छौँ,’ आफ्नो निर्धारित चीनयात्राबारे गायक गुरुङले भने, ‘यद्यपि यसपटकको चीन यात्रा अनौपचारिक हो, त्यही पनि त्यहाँका संगीतका विज्ञसित पनि सम्पर्क गर्नेछौँ ।’ संगीतको माध्यमबाट नेपाल र चीनको सांगीतिक र सांस्कृतिक मित्रता अझ प्रगाढ बनाउने उद्देश्यले नेपाली राजदूतावासले कार्यक्रमको आयोजना गरेको हो ।

Incoming search terms:

It's very calm over here, why not leave a comment?

Leave a Reply