Apr 192010
 

३० वर्षभन्दा लामो वैवाहिक जीवनमा पूर्णविराम लगाए तीन छोरीका बाबु शिव श्रेष्ठले । उनकी पूर्वश्रीमती गंगा धेरैअघिदेखि देशबाहिर छन् । शिवले आठ वर्षअघि कान्छी श्रीमती भित्र्याएका हुन् ।

Advertisement

नायक भुवन केसी पनि दुई श्रीमतीका श्रीमान् हुन् । उनकी जेठी श्रीमती विजया अमेरकिामा बसोबास गर्छिन् । कान्छी सुस्िमताचाहिँ उनीसँगै छन् । भुवनको रमाइलो पक्ष के हो भने उनले कान्छी सुस्िमतासँग पनि कानुनी रूपमा सम्बन्धविच्छेद गरेका थिए । यसरी सम्बन्धविच्छेद गरेर हाल सँगै बस्नेमा नायिका रञ्जना शर्मा र निर्देशक श्याम भट्टराईको जोडी पनि रहेको छ । केही वर्षको प्रेमविवाहलाई उनीहरूले यसै वर्ष कानुनी रूपमा पूर्णविराम लगाएका थिए । तर, त्यसको केही समयपछि नै उनीहरूले नयाँ सम्झौता गरेर वैवाहिक जीवन सुचारु गरेका छन् ।

नायक दिनेश शर्माले नायिका सोनिया मल्लसँग प्रेमविवाह गरेका थिए । तर, त्यो सम्बन्ध धेरैलाई रहेन । हाल सोनिया देशबाहिर छन् । सोनियासँगको सम्बन्धविच्छेद हुनुअघि नै दिनेशले नाम नचलेकी अर्की एक कलाकारलाई जीवनसाथी बनाइसकेका थिए । पाका नायक कृष्ण मल्लले पनि बहुविवाह गरेका हुन् । नायिका शर्मिला मल्ल उनकी कान्छी श्रीमती हुन् । कृष्ण र शर्मिलाबीच प्रेमविवाह भएको हो । निर्माता तथा निर्देशक सुरेन्द्र शाहले कान्छी श्रीमतीका रूपमा भित्र्याएका छन्, नायिका सिर्जना बस्नेतलाई । निर्माता पति बिजु रञ्जितको मृत्युपछि सिर्जनाले एकल जीवन गुजार्दै आएकी थिइन् ।

बहुविवाह गरेबापत केही चलचित्रकर्मीले सजाय पनि भोगेका छन् । जस्तो- नायकद्वय दिनेश शर्मा र विशाल विष्टले केही रात हनुमानढोकाको चिसो छिँडीमा बिताउनु पर्‍यो । नायिका पूजा चन्दले पनि पूर्वपति सुरज चन्दलाई प्रहरी खोरको हावा खुवाइन् । पतिपत्नी कलाकारको झगडा इजलासहरूमा कम, सञ्चारजगत्मा बढी पोखिने गरेको पाइन्छ । (source – Nepal weekly)

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: