Aug 132010
 

jiwan-richa-book-fair As the time of release of their upcoming movie, the ‘Nai Nabhannu La’ team is utilizing every opportunities to their benefit. The latest example is the Books Fair.

Advertisement

The film unit inculding actor Jiwan Luitel, actress Richa Singh Thakuri and director Bikash Acharya went to the book fair and did the advertisement of the movie. They also bought a few books, but the primary objective of their visit was to promote the movie.

Don’t be surprised if somebody is whispering ‘Nai Nabhannu La’ in every crowd, small or big, around Kathmandu until the release date, August 4, 2010 !  The Nepali report by Sushil Poudel follows:

jiwan richa - nai nabhannu la

फिल्म ‘नाइँ नभन्नु ल’ को युनिट – नायक जीवन लुइँटेल, नायिका ऋचासिंह ठकुरी र निर्देशक विकास आचार्य पुस्तक प्रदर्शनीमा देखा परे ।

भदौ ४ मा रिलिज हुने तरखरमा रहेको उक्त फिल्मको युनिट नै प्रदर्शनीमा आउनु अनि आउनुअघि मिडियालाई खबर गर्नुको अर्थ प्रस्टयाउदै नायक लुइँटेलले भने –

‘फिल्म लाग्न ला’छ, अलिकति प्रोपोगान्डा त गर्नै पर्‍यो नि,’ अनी नायक लुइँटेलले थपी हाले, ‘फेरि म किताब किन्नेवाला पनि थिएँ ।’ उनीहरु भनेकै समयमा प्रदर्शनी स्थल भृकुटीमण्डपमा एक साथ आइपुगेका थिए |

त्यसपछि निर्देशक लागे पुस्तक खोज्नतिर, नायक लागे नायिका च्यापी फोटोसेसनतिर । ‘म हेरे जस्तो गर्छु, तिमी खिच है,’ नायकले प्रस्ताव गरे फोटो पत्रकारलाई ।

व्यवस्थापन विषयमा स्नातक सकेको बताउने नायक लुइँटेललाई कविता पढन मन पर्ने रहेछ । लुइँटेल थपे  ‘म पनि अलिअलि लेख्छु, साउनेझरी जस्तो ।’ त्यसपछि उनी ‘नाइँ नभन्नु ल’ बाटै डेब्यु गरेकी नायिकालाई लिएर पुस्तक किन्न तिर लागे ।

निर्देशक आचार्यले भने ‘फिल्म रिलिजपछिको एक महिना पुराना कुरा बिर्सन पनि अत्यधिक पुस्तक पढ्छु,’ आचार्यले भने । कुरा गराइका क्रममा बीचबीचमा ‘नाइँ नभन्नु ल’ लाई थेगोका रूपमा उल्लेख गरेर उनले ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ गरे ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: