Apr 192010
 

राजेशले नन्दिता दासलाई सोधे—थोरै लगानीमा अब्बल फिल्म कसरी बन्छ ?

Advertisement

नायक राजेश हमालले कुनै कुरामा चासो दिएर जिज्ञासा राखेको सायदै कसैलाई थाहा होला?  तर, उनले भारतीय महसुर अभिनेत्री नन्दिता दाससमक्ष जिज्ञासा राखे, ‘तपाईंकोमा कम लागतमै अब्बल फिल्म कसरी बन्छ ?’ नन्दिताले हमालको जिज्ञासा मेटाउने कोसिस गरिन्, ‘बजेटभन्दा ठूलो कुरो त्यो फिल्मको विषयवस्तु हो । कथा कुन परिवेशको हो, त्यहीअनुसार कम बजेटमै राम्रो फिल्म बनाउन सकिन्छ । हामीले कम बजेटमै आर्ट मुभी बनाइरहेका छौँ ।’

nandita_das_rajesh_hamal

भारतीय सांस्कृतिक केन्द्रले राजधानीमा आयोजना गरेको पाँचदिने भारतीय फिल्म महोत्सवको अन्तिम दिन आइतबारको सेमिनारमा अभिनेत्री नन्दिताले आफ्नो अभिनययात्रा र वैकल्पिक धारका भारतीय फिल्मबारे थुप्रै कुरा सुनाइन् । नन्दिताको धारणा सकिएपछि कार्यक्रम प्रस्तोताले नायक हमाललाई उनले प्रस्तुत गरेको विषयमा केही जिज्ञासा राख्नसक्ने जानकारी दिए । महोत्सव आयोजक र भारतीय दूतावासलाई धन्यवाद दिँदै नायक हमालले आफू भारतको चन्डिगढमा कलेज पढ्दा सत्यजित रे तथा गोविन्द निलहानीका फिल्म हेरेको बताए । उनले नन्दिताको फिल्म पनि आफूले हेरेको बताए । भने, ‘मैले फायर हेरेको छु । उहाँको अभिनय निकै राम्रो लाग्यो ।’

नायक हमालले भारतीय फिल्मले अन्तर्राष्ट्रियस्तरमा आफ्नो स्थान सुरक्षित गर्दै गएको, तर आफूले खेलेका सबै फिल्म पूर्ण व्यावसायिक धारका भएकाले अन्तर्राष्ट्रियस्तरमा देखाउनलायक नभएको बताए । ‘मैले खेलेका सबै फिल्म पूर्ण कमर्सियल छन् । मेरा कुनै फिल्म आर्टिस्टिक छैनन् जसले अन्तर्राष्ट्रियस्तरमा स्पर्धा गर्न सकोस् ।’ नायक हमालले आफू दुई दशकदेखि उस्तै उप|mने, रुने, कराउने, चिच्याउने, कपाल हल्लाउँदै मान्छे पिट्ने भूमिकामा देखिँदै आएको बताए । ‘मेरो अबको लक्ष्य नन्दिताजीको झैँ हो,’ फिराकबाट निर्देशक बनेकी अभिनेत्री नन्दितातिर हेर्दै उनले भने, ‘म पनि अल्टिमेट्ली डिरेक्सनमा आउँछु ।’ नायक हमालले वैकल्पिक धारका भारतीय फिल्मका झँै मन छुने कथा भेटेमा निर्देशन गर्ने बताए । भने, ‘उहाँहरुको झैँ टची कथाको खोजीमा छु म । जसमा समाजको कुनै ययार्थ प्रतिविम्बित होस् ।’

नन्दिताले आफ्नो दिमागमा फिराकभन्दा अझ राम्रा कथा रहेको बताइन् । नन्दिताले आफू फिल्ममा आउनुअघिदेखि नै मानवअधिकार तथा सामाजिक कार्यमा संलग्न रहेको बताइन् । आफ्नो पारिवारिक पृष्ठभूमि स्मरण गर्दै उनले भनिन्, ‘अरूका बुबा काम गर्न बाहिर जान्थे । आमा घरको काम गर्थिन् । तर, मेरो परिवारमा भने यसको ठीक विपरीत थियो । मेरो बुबा घरमै बसेर पेन्टिङ गर्नुहुन्थ्यो । आमा काम गर्न बाहिर जानुहुन्थ्यो । बाल्यकालको त्यो परिवेशले नै ममा केही फरक काम गर्ने सोच उब्जाएको थियो ।’

यथार्थवादी फिल्मकर्मी नन्दिताले अल्टरनेटिभ फिल्मलाई हाई बजेटमा बन्ने फिल्मले ओझेलमा पार्ने गरेको बताइन् । ‘कर्मसियल फिल्मले पब्लिसिटीमै करोडौँ खर्च गर्छन् । आर्ट फिल्म सानो बजेटमा बन्ने भएकाले आमदर्शकसम्म पुग्न निकै गाह्रो हुने गरेको छ,’ आफ्नो फिल्म फरिकमा यथार्थ घटना पस्किएको बताउँदै उनले गुनासो गरिन्, ‘यथार्थ कथामा बनाएको फरिक पब्लिसिटीविना नै प्रदर्शन गर्नुपर्‍यो । जसकारण आमदर्शकलाई थाहा नै भएन । जब फिल्मले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड पायो अनि मात्र मान्छेमा मेरो फिल्मप्रति चाख जागेर आयो ।’

रोल्स अफ दि इन्डियन फिल्म हिरोइन शीर्षकको महोत्सवमा अथितिका रूपमा आर्ट तथा अल्टर्नेटिभ फिल्मकर्मी गोविन्द निलहानी, नन्दिता द
ास, प्रोफेसर डा. प्याटि्रका उबेरोई, पुस्तक सम्पादक तथा भारतीय फिल्म बोर्ड सदस्य सामिक वान्डियोपाध्याय र प्रोफेसर तथा निर्देशक सोहानी घोस उपस्थित थिए । महोत्सवको अन्तिम दिन परिणिता र ब्ल्याक प्रदर्शन गरिएको थियो । (साभार – नयापत्रिका)

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: