Aug 122010
 

Actress Ranjana Sharma is in the US these days doing cultural programs all over the USA. In her 3-months-long journey she has a lot of new experiences to tell about. Posted below is an interview.

Advertisement

Among others Ranjana loved photo session on a sea beach. She did the photo session to give it to the local magazines and for her own memory.

Part 1

Part 2

‘समुद्रमा फोटोसेसन गर्दा निकै मजा आउँदोरहेछ’

सांस्कृतिक कार्यक्रमको सिलसिलामा झन्डै तीन महिनाअघि अमेरिका पुगेकी नायिका रञ्जना शर्माले अमेरिका एउटा हट फोटोसेसन गरेकी छिन् । नायिका रञ्जना अमेरिकाका डेढ दर्जनभन्दा बढी स्टेटमा त्यहाँको नेपालीहरूको संस्था एभरेस्ट इन्टरटेनमेन्ट ले आयोजना गर्ने सांस्कृतिक कार्यक्रम भाग लिन तीन महिनाका लागि अमेरिका गएकी हुन् ।

इमेलमार्फत रञ्जनाले अमेरिकाको समुद्री किनारमा फोटोसेसन गरेको बताएकी छिन् ।

‘यहाँका पत्रिकालाई दिन तथा अमेरिकाको सम्झनास्वरूप फोटोसेसन गरेकी हुँ,’ उनले इमेलमा उल्लेख गरेकी छिन्, ‘यहाँका नेपाली दर्शकले मलाई निकै मन पराएका छन् । उनीहरूको माया पाएर निकै खुसी छु ।’

समुद्रमा फोटोसेसन गर्दा निकै मज्जा भएको बताउँदै उनी भन्छिन्, ‘नेपालमा समुद्र नभएकाले यो मेरा लागि निकै नौलो अनुभव हो ।’ उनले फोटोसेसन त्यहाँ रहेका नेपाली फोटोग्राफरबाट गराएकी हुन् । उनले अमेरिकाका विभिन्न स्टेटमा आयोजना भइरहेको सांस्कृतिक कार्यक्रममा नृत्य तथा उद्घोषण गरिरहेकी छिन् ।

आफ्ना पति निर्देशक श्याम भट्टराईको निर्देशनमा बनेका गहना, जानकी, दुईथोपा आँसुलगायतका टेलिशंृखलामा मुख्य भूमिका निभाएकी रञ्जनाले मर्यादा, मौसम, इज्जतदार, कन्यादान, बधाई छ तिमीलाईलगायतका ठूलो पर्दाका फिल्ममा समेत अभिनय गरेकी छिन् । मर्यादाबाट सर्वाेत्कृष्ट नवनायिकाको अवार्डसमेत जितेकी उनी नेपाली फिल्ममा आफ्नो माग बढिरहेको वेलामा सांस्कृतिक कार्यक्रम गर्न अमेरिका आउनुपर्दा ‘नेपाल मिस’ गरेको बताउँछिन् ।

रञ्जना कार्यक्रम सिध्याएर केही दिनमै नेपाल र्फकन लागेकी छिन् ।

  One Response to “Ranjana Sharma – interview and photo session in US”

  1. Hahhaha the host is truly a gay…..third gender party lol

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: