Rejina Upreti, brand ambassador of Samsara

Actress Rejina Upreti has been selected to act as the brand ambassador of Samsara Nepal Financial  Services Ltd. UK. The Financials works in bringing in the remittance from the UK. Rejina will work on creating awareness on legal transfer of money from other countries to Nepal.

rejina_upreti_0

नायिका रेजिना उप्रेती बेलायतबाट रेमिट्यान्स सुविधा प्रदान गर्दै आएको सम्सारा फाइनान्सियल युकेका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएकी छिन् ।

सम्साराको ब्रान्ड एम्बेसडर भएपछि नायिका उप्रेती गैरकानुनी हुन्डीमार्फत हुने कारोबारलाई निरुत्साहित गर्न सम्साराले गर्ने कार्यक्रममा सरिक हुनेछिन् । विभिन्न जनचेतनामूलक अभियानको राजदूत बनिसकेकी रेजिनाले गैरकानुनी हुन्डी निरुत्साहित गर्ने अभियानमा सरिक हुन सम्साराको ब्रान्ड एम्बेसडर बन्न राजी भएको बताइन् । ‘यो पनि एक प्रकारको जनचेताना फैलाउनु नै भएकाले म ब्रान्ड एम्बेसडर भएकी हुँ,’ उनले भनिन् ।

सम्सारा युकेले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा सम्साराका निर्देशक राजाराम गिरीले विभिन्न चेतनामूलक अभियानमा सक्रिय भएकाले रेजिनालाई ब्रान्ड एम्बेसडर बनाएको बताए । उनले सम्साराले गैरकानुनी हुन्डी कारोबारलाई निरुत्साहित गर्न गर्ने कार्यक्रममा नायिका रेजिनालाई सहभागी बनाउने जानकारी दिए । गिरीले युरोप तथा बेलायतबाट गैरकानुनी हुन्डीमार्फत कारोबार हुँदा सरकाले वर्षेनी करोडौँ राजस्व गुमाइरहेकाले नायिकाको साथमा यसलाई निरुत्साहित गर्ने कार्यक्रम गर्न लागेको बताए ।

सम्सारा युके बेलायतमा बस्ने नेपालीले प्रवर्द्धन गरेको रेमिट्यान्स सेवा प्रदान गर्ने संस्था हो । यसले कुमारी बैंक तथा नेपाल इन्भेस्टमेन्ट बैंकमार्फत नेपालमा रकम पठाउँदै आएको छ । अन्य रेमिट्यान्स सेवा प्रदायकले ग्राहकसँग सेवा शुल्क लिएर रकम पठाउने गरेका भए पनि यसले भने बैंकहरूले विदेशी मुद्रा साँट्दा लिने कमिसनबाटै निश्चित रकम लिने गरी सेवा प्रदान गर्दै आएको छ । (साभार – नयापत्रिका)

Incoming search terms:

One Comments Post a Comment
  1. rabinpamphu says:

    मलाई सारै मन परो

Leave a Reply