Rekha Thapa did rock climbing

clbs5-(2)-1 Many do rock climbing but never make news. When Rekha Thapa, the hot actress in Nepali cinema, did it, it became a hot news. National daily, Rajdhani, published the news about the rock climbing, with priority.

Rekha loves publicity and when the journalist asked her about the adventure sports, she told, ‘It is my habit to do such risky stuffs.’

Rekha was in Jomsom to do the climax scene of her upcoming movie ‘Challenge’. Rajdhani’s report, in Nepali, follows:

एडभेन्चर दृश्यहरूमा रुचि राख्ने नायिका रेखा थापाले जोमसोममा रक क्लाइम्बिङ गरेर नयाँ रर्ेकर्ड कायम गरेकी छन् । सैनिक तालिमका क्रममा मात्र अभ्यास गरिने चार सय मिटर अग्लो चट्टान आरोहणका लागि रेखाले सेनाको अनुमति लिएकी थिइन् ।

चट्टान चढ्ने लामो समयदेखिको धोको पूरा भएपछि नायिका रेखा प्रफुल्लित देखिन्थिन् । त्यसो त नायिकाले चट्टान चढेको हर्ेर्नेहरूको उपस्थिति पनि निकै बाक्लो थियो ।

‘म निकै खुसी छु र फेरि पनि यही ठाउँमा आएर रक क्लाइम्ब गर्छु,’ चलचित्र च्यालेन्जको क्लाइमेक्स सुटिङका लागि हिमालपारि पुगेकी रेखाले भनिन्, ‘यस्ता जोखिम मोल्नु मेरो सानैदेखिको रुचि हो । यस्ता कार्यलाई निरन्तरता दिन्छु ।’ आरोहणका लागि प्रयोग गरिने विशेष डोरी चढेर उक्लँदा रमाइलो अनुभव भएको पनि सुनाइन् । रेखाले जहाँ बसेर रक क्लाइम्बिङ गरेकी थिइन्, त्यहाँ अमेरिका, भारत, पाकिस्तान, रुसलगायत देशका सैनिकहरूले चट्टान आरोहणको तालिम लिने गर्छन् ।

पहिलो पटक मुस्ताङ आइपुगेकी रेखाले यस भेगको प्राकृतिक सम्पदाको खुलेर प्रशंसा गरिन् । ‘मलाई त यो परिवेश देखेर लोभ लागेर आयो,’ रेखाले भनिन् । म्याग्दीको बेनी हुँदै उनी जोमसोम पुगेकी थिइन् । त्यहाँबाट उनी धार्मिक शक्तिपीठ मुक्तिनाथ, मार्फा गाउँ, टुकुचेमा पुगेर रमाइलो गर्ने मुडमा थिइन्  ।

त्यसो त उनका पति छवि ओझा पनि आफूले निर्माण गर्न लागेको चलचित्रका लागि लोकेसन हन्टिङ गर्न जोमसोम जाने तयारीमा छन् । अरूका चलचित्रमा जोखिम मोलेर काम गरेकी रेखाले आफ्नो फिल्ममा पनि त्योभन्दा रोमाञ्चक तर जोखिमपर्ूण्ा काम गरेर देखाउने दाबी गरिन् ।

Incoming search terms:

One Comments Post a Comment
  1. ram kumar says:

    challenge? must be challenge for you rekha g. by the way, we know a lot about this movie … sounds very good. resh ko challenge rekha la fulfil garna ho ke? love you gys.

Leave a Reply