Apr 102010
 

Following Nepali article deals with the analysis of problems in relationship of various actors and actresses.

Advertisement

The actors and actress includes – Pooja Chand, Mausami Malla, Rabi Dangol, Gauri Malla, Nikhil Upreti, Sanchita Luitel etc.
नायिका पूजा चन्द हाल अमेरकिकामा छन् । ग्ल्यामर फोटोग्राफर सुरज चन्दसँगको लामो प्रेम सम्बन्धविच्छेद भएपछि उनी जापान हुँदै अमेरकिका छिरेकी हुन् । पूजा नेपालमा हुँदै सुरजले बहुविवाह गरेका थिए ।

नायिका मौसमी मल्ल दोस्रो प्रेमविवाह पनि विच्छेद गरेर बसेकी छन् । दोस्रो विवाहपछि बेल्जियम हानिएकी उनी नयाँ श्रीमान् रवि डंगोललाई समेत छोड्नुपरेको कथा बोकेर फर्किन् । हाल मौसमी एकल जीवन बिताइरहेकी छन् । नायिका गौरी मल्लले पनि आफ्नो लामो प्रेमविवाहलाई पूर्णविराम लगाइसकेकी छन् । केही वर्षअघि श्रीमान्सँगै जापान गएकी उनी र्फकंदा भने एक्लै आइन् र विवाह विच्छेदमा परण्िात भएको कथा सुनाइन् ।

बहुविवाह गर्ने प्रायः सबै नायक वा नायिकाको परविार झन्झटिलो बनेको देखिन्छ । भर्खरै नायिका सञ्चिता लुईंटेलका साथ मुम्बई पुगेर बिहेसमेत गरेको स्वीकार्दै आएका नायक निखिल उप्रेतीकी श्रीमती कोपिलाले कानुनी बाटो अपनाउने बताएकी छन् । उनी आक्रोशित मुद्रामा भन्छिन्, “म त्यसलाई सजिलै छोड्दिनँ ।” धेरै परविार कलहमा परेका छन् । कानुनविरुद्ध गरेका विवाहले परविारको सन्तुलन बिगारेको देखिन्छ ।

आफूले गरेको विवाह चार महिनामा अवरुद्ध भएपछि लेखक तथा निर्देशक विकास आचार्यले चलचित्रकर्मीको विवाहित सम्बन्धका बारेमा गहिरोसँग सोचे । कानुनले व्यवस्था गरेको बिहेका विरुद्धमा कलाकर्मीले अर्को बिहे गर्नुले समाजलाई दिग्भ्रमित गराउँछ । भन्छन्, “अनुशासनको कमी र उत्ताउलो सोचको उपज हो यो ।” धेरै चलचित्रकर्मीले आवेशमा गरेको निर्णय गलत हुँदै जाँदा विकाशको भनाइ पुष्टि हुन्छ ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: