Aug 082010
 

richa-sharma Richa Sharma’s ‘First Love’ is going to be released on August 13th. In her debut movie, Richa, one of the popular models in Nepal, is acting opposite to her own love Binay Shrestha.

Advertisement

In the eve of the release of her first movie, Richa talks about her first love and other memorable one-sided loves she had to face since her elementary school days.

The first love she faced was in fifth grade when a boy said ‘I love you.’ in the class.

Then she received a love letter written in blood in grade eight. It was in grade 11, that Richa got attracted towards her current boy friend.

चर्चित ऋचा शर्माले फिल्म ‘फस्ट लभ’ मार्फत नेपाली सिने उद्योगमा कलाकारको रुपमा प्रवेश गरेकी छिन् । ऋचाले नेपाल सरकारका तर्फ बाट गत साता एउटा राष्ट्रिय पुरस्कार पाईन् । त्यो खुसी सेलाउन नपाउँदै उनले अभिनय गरेको पहिलो चलचित्र फस्ट लभ २१ साउनबाट देशव्यापी रिलिज हुँदैछ ।

फिल्ममा त पहिलो प्रेम ‘फस्ट लभ’बाटै सुरु गरेपनि उनका निजी जीवनमा भने थुप्रै प्रेम प्रस्ताव आएका थिए । ऋचा लाई पाँच कक्षा पढ्दानै एउटा सहपाठीले मनपराएर ‘आईलभयू’ नै भनिदिए रे ।

किन आयो त पाँच कक्षामै प्रेम प्रस्ताव ?

आफ्नो  ‘फस्ट लभ’ को बारेमा ऋचाले भनिन्, ‘म सुदुर पश्चिम धनगढीमा त्यत्तिबेला पाँच कक्षामा पढ्थें । सँगै पढेका केटा साथीले प्रेम प्रस्ताव राखे ।’

त्यती बेला न ऋचालाई प्रेमको बारेमा राम्रो ज्ञान थियो न त प्रेम प्रस्तव राख्ने ती केटा साथीलाई नै । ऋचाको परिवारले उक्त केटा साथी लाई ज्वार्ँइ साहेब भनेर सम्बोधन गर्ने गरेको कारणले उनले प्रेम प्रस्ताव राख्ने शाहस जुटाएको हुन सक्ने ऋचा बताउछिन ।

ऋचाले अगाडि थपिन्, ‘त्यसपछि हामी सँगै सात कक्षासम्म पढेपनि मायाँप्रिति भन्दा अध्ययनमा ब्यस्त भयौं । त्यसैले प्रेम तर्फहाम्रो ध्यान गएन ।’

आठौ कक्षामा ऋचा धनगढीबाट लालितपुरको लिटिल एन्जल स्कुलमा भर्ना हुन आइन । लिटिल एन्जलमा चै उनले प्रेमको राम्रै सामना गर्नु पर्‍यो ।

ऋचा भन्छिन, ‘लिटिल एन्जलमै ११ कक्षामा पढ्ने एकजना दाईले रगतले लेखेर प्रेमपत्र मलाई दिए । त्यो प्रेमपत्र पढ्दा निकै निकै डराएँ ।’ ऋचा ले थपिन, ‘त्यो प्रेमपत्र तत्कालै स्कुल इन्चार्जलाई दिएँ । इन्चार्जले ती युवालाई निकै गाली गर्दा भने म निकै डराएँ ।’

ऋचालाई पहिले त्यो प्रेम पत्र कुखुराको रगत तथा रातो मसीले लेखेको हो जस्तो लागेको थियो । तर, पत्र दिएको केही दिनपछि ती युवकको देब्रो हातमा ब्यान्डेज गरिएको घाउ देखेपछि भने रगतलेनै लेखेको रहेछ भन्ने उनलाई लग्यो । त्यस पछि भने ती युवासँग उनको भेट नभएको पनि उनले बताइन ।

त्यति मात्र होइन अहिले आजकल पनि उनलाई फेसबुक तथा अन्य माध्ययबाट प्रेम प्रस्ताबका ओईरो लाग्छन् । तर ऋचा भन्छिन्, ‘म बुक भईसकेँ । अब त्यस्ता प्रेम प्रस्तावले कुनै असर पर्दैन ।‘

ऋचा को अनुसार अरुले मनपराएर मात्र केहि हुदैन र उनले मनपराएको अहिलेसम्म एक जना मात्र छ रे |

उनि भन्छिन, ‘उनलाई मैले मनमा राखिसकेकी छु । हामी केही वर्ष भित्र बिहे गर्दैछौं ।’

ऋचा ले आफु नजिक बसेका नवोदित नायक विनय श्रेष्ठलाई देखाउँदै उनले भनिन्, ‘उ तिनै हुन मेरा प्रिय बिनय । हामीले सँगै जीवन बिताउने निर्णयनै गरिसकेका छौं ।’

ऋचाले भनिन्, ‘११मा पढ्दा मोडलिङको क्रममा हाम्रो भेटभयो । लामो समयसम्म साथी भएर रहँदा थाह्रै नपाई एकले अर्कालाई मन पर्राईएछ ।’

खुशीको कुरा, बिनय र ऋचा फिल्म ‘फस्ट लभ’मा पनि प्रेमी प्रेमीकाकै रुपमा अभियन गरेका छन् । उनीहरुको अनुसार बास्तविक जीवनको प्रेम र फिल्म भित्रको प्रेममा केही समानता भएपनि धेरैनै भिन्नता छ ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: