Jun 102010
 

sanchita_luitel

Advertisement

According to a news report, Sanchita Luitel went in hiding when a group threatened to kill her in Kathmandu. Full report follows:

अभिनेत्री सञ्चिता लुइँटेललाई अज्ञात समूहले धम्क्याएपछि उनी भूमिगत हुनु परेको छ । निखिल उप्रेतीसँग वैवाहिक सम्बन्धमा बाँधिएर तीन महिनादेखि मुर्म्बई बसिरहेकी उनी बुधबार काठमाडौं आएकी हुन् ।

काठमाडौं फर्किएपछि राजधानीको भीमसेनगोला नजिक आफ्नो माइतीमा उनी बस्दै आएकी थिइन् । सञ्चिताको परिवारका अनुसार बिहीबारदेखि उनलाई विभिन्न किसिमका धम्की आउन थाले । एउटा अज्ञात समूहले जेठ २१ गते शुक्रबार सञ्चितालाई माइतमा आएर ज्यानको धम्की दियो । जसका कारण सुरक्षाका लागि उनी शनिबारबाट राजधानीमै भूमिगत हुनु परेको छ ।

सञ्चितालाई हमला गर्न आउने समूहका बारेमा पारिवार स्रोतले स्पष्ट पार्न सकेको छैन । उनीहरू अज्ञात भएको मात्र पारिवारका तर्फाट जनाइयो । सञ्चिता शुक्रबार नै निखिलको र्सलाहीस्थित घर गएको चर्चा बजारमा नचलेको होइन ।

तर, उनी यतिबेला राजधानीमै भएको पारिवारक स्रोतका तर्फाट प्रस्ट्याइएको छ । उनी राजधानीमा सुरक्षित स्थानमा छन् । फिल्म ‘कोही मेरो’को स्वरांकनका लागि सञ्चिता काठमाडौं आएकी हुन् । सो फिल्मको स्वरांकन सकेलगत्तै उनी मुर्म्बई र्फकने छिन् ।

आलोक नेम्वाङको फिल्म ‘कोही मेरो’को डबिङका लागि उनी काठमाडौं आए पनि उनका थप दुई ओटा फिल्मको डबिङ बाँकी नै छ । बाबुराम ढकालको फिल्म पर्खिराख है र विजय केरुङको बन्दीको पनि डबिङ बाँकी छ । उनी काठमाडौं भए पनि कहाँ छिन् भन्ने जानकारी आफूले अझै नपाएको पर्खिराख हैका निर्देशक बाबुरामले बताए । सञ्चिता आएका बेला आफ्नो फिल्मको डबिङ पूरा गर्न उनी पनि लागी परेका छन् ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: