Nov 282010
 

After 14 years in self-exile in the USA, actor Saroj Khanal is in Kathmandu for a short time. The 47 year-old actor told in an event that he had decided to "return" to the Nepali cinema with his upcoming movie named "Manav".

Advertisement

saroj_khanal_manav

Manav was inaugurated in Bhadrakali, Kathmandu on Saturday. The movie is being produced by Kumar Acharya and directed by Yadav Silwal. The movie under the banner of Mountain View Movies Creation, will start its shooting this week. Apart from Saroj Khanal, the film will also feature Sunil Thapa, Hiuwala Gautam, Keshav Bhattarai, Sweta Bhattarai among others.

केहि समयको लागि अमेरिकाबाट नेपाल आएका अभिनेता सरोज खनाल कुमार आचार्यले निर्माण गर्ने नेपाली फिल्म ‘मानव’मा अभिनय गर्ने भएका छन् । १४ वर्षअघि अमेरिका गएका सरोजले त्यस पछि कुनै पनि फिल्म खेलेका छैनन । शनिबार राजधानीको भद्रकाली मन्दिरमा शुभमुहूर्त समारोहमा अभिनेता खनालले सो फिल्म मार्फत उनको नेपाली फिल्ममा आफ्नो पुनरागमन भएको बताएका थिए ।

यादव सिलवालको निर्देशन  र माउन्टेन भ्यु मुभिज क्रिएसनको ब्यानरमा यसै सातादेखि छायांकन सुरु सो फिल्ममा सरोजका अलावा सुनिल थापा, हिउवाला गौतम, केशव भट्टराई, प्रज्वल गिरी, दीपशिखा शाही, श्वेता भट्टराईलगायतका कलाकारले अभिनय गर्दै छन् । सरोज खनालको नेपाल बसाइ छोटो भएकोले फिल्मको छायांकन र सम्पादन सँगसँगै गरिने बताइएको छ ।

उक्त फिल्ममा रत्न कार्कीको छायाकंन, शंकर महर्जनको द्धन्द्ध, विकास चौधरीको संगीत र अजय स्याङतानको नृत्य निर्देशन रहेने छ । सरोज खनालले २२ दिन भित्र सबै काम सकेर अमेरिका फर्कने सो फिल्मको कथा र गीत निश्चल श्रेष्ठले लेखेका हुन् ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: