Apr 252010
 

सेक्स भिडियो स्क्यान्सडल
साढे चार दशकको इतिहास बोकेको नेपाली चलचित्र उद्योगको सानलाई पहिलोपटक नग्न भिडियो खिचाएर दुई अभिनेत्रीले धुजा–धुजा बनाए। ती दुई नायिका हुन नम्रता श्रेष्ठ र पूजा लामा।

Advertisement

२०६६ सालका भदौ अन्त्य तिर अभिनेत्री नम्रता श्रेष्ठको करिब ९ मिनट लामो पहिलो सेक्स भिडियो बजारमा आयो। त्यसको दुई दिन बित्न नपाउादै करिब २० मिनेटको उनको अर्को सेक्स भिडियो सार्वजनिक भयो। डिजे तान्त्रिकका नामले परिचित किचमान संग उनले खुलस्त यौनक्रीडा गरेको त्यो भिडियोले नेपाली सिनेमा उद्योगमा निकै ठूलो सनसनी मच्चियो। सानो संसार र मेरो एउटा साथी छ फिल्मबाट नेपाली सिने उद्योगमा वामे सर्दै गरेकी नम्रता श्रेष्ठको फिल्मी करिअर सो भिडियो प्रदर्शनीसागै ध्वस्त भयो। सफल नवोदित अभिनेत्रीको नामले चिनिन थालेकी नम्रताले त्यसपछि पहिलो नेपाली अस्लिल सिनेमाकी नायिका टिप्पणी सहनुपर्योे। केही सिनेकर्मी तथा कान्तिपुर पब्लिकेशनको केही अखबार एवं टेलिभिजनले उनलाई यतिबेला चोख्याएर नेपाली सिनेमामा होम्ने कोसिस गरिरहेको छ। तर शहरका भिडियो पार्लरबाट उनको त्यो अश्लील भिडियो अहिले पनि त्यत्तिकै मात्रामा बिकेको छ। कैयौंको मोवाइलको मल्टिमिडिया बक्समा उनको अस्लिल भिडियो अझै पनि ‘सेभ’ छ। नेपाली सिनेमा उद्योगमै अहिलेसम्म यति धेरै बदनाम अरु नायिका भएका छैनन्। तर उनलाई काखी च्यापेर उनको करतुतलाई कसरी सच्याउने हुन त्यो भने हेर्न बााकी छ। यसरी नम्रता र डिजे तान्त्रिकको अस्लिल भिडियोले साढे चार दशक लामो नेपाली सिने उद्योगको मुहारमा कालो मात्र पोतेन। नेपाली फिल्मका नायिकाप्रति दर्शकको सम्मान घट्यो।

नम्रता र डिजे तान्त्रिकको नीलो फिल्म बजारमा आएको दुई महिना नबित्दै अर्की नायिका पूजा लामाको पनि त्यस्तै किसिमको नीलो फिल्म बजारमा आयो। त्यो पनि डिजेसागै यौनक्रीडाको भिडियो सर्वजनिक भयो। नेपाली सिनेमामा ग्लामर नायिकाको छवि बनाएका यी अभिनेत्री यसअघि सञ्चारकर्मी दिनेश डिसीसागको प्रेमका कारण पटक–पटक विवादमा आएकी थिइन्। त्यसको एक वर्षअघि मात्र दिनेश र पूजाले चााडै विवाह गर्ने घोषणा समेत गरेका थिए। तर यी दुई बीच विवाह हुनुको सट्टा पूजाको अश्लील भिडियो बजारमा आएपछि सिनेकर्मीहरु मात्र हैन। दर्शक पनि चकित परे। डिजे शिशिर स्याङतानसाग उनको अश्लील भिडियो बजारमा आएको थियो। सो भिडियो सार्वजनिक भएको एक साता पनि नबित्दै पूजा र शिशिरले सञ्चारकर्मीलाई काठमाडौंको भद्रकाली मन्दिरमा बोलाएर विवाह गरे। यी दुईको सम्बन्ध भने पछिल्लो समय राम्रो नभएको समाचार फेरी मिडियामा आउन थालेका छन्।

विवाह र प्रेम स्क्यान्डल
२०६६ सालमा नेपाली सिनेकमीहरुको विवाह र प्रेम स्क्यान्डलले पनि सञ्चारमा निकै स्थान पायो। ती मध्य सबै भन्दा चर्चित विवाह स्क्यान्डल भने अभिनेता निखिल उप्रेती र अभिनेत्री सञ्चिता लुइाटेलको बन्यो। चार महिनाअघि यी दुईको विवाह भएको समाचार केही पत्रिकामा आउने दुबैले सो समाचारको खण्डन गरेका थिए। तर डेढ महिना अघि यी दुबै कलाकार नेपालबाट एकाएक हराए। बलिउडमा स्ट्रगल गर्ने भनेर सञ्चिता मुम्बई पुगिन् भने भोजपुरी फिल्ममा काम गर्ने भनेर निखिर पनि मुम्बई पुगे। यी दुबै जना मुम्बईमा सागै बसेको पुष्टि भइसकेको छ। आफूहरुले विवाह गरिसकेको समाचार सञ्चिताले केही नेपाली सञ्चार माध्यमलाई दिइसकेकी छन्। निखिलले भने त्यो विवाहलाई अझै झूटो हल्ला भन्दै आएका छन्। यी दुई कलाकार मुम्बईबाट कुन रुपमा र कहिले काठमाडौं फर्केलान् भन्ने कौतुहलता सिनेकर्मी तथा दर्शकमा छ। यो वर्ष चर्चा पाएको दोस्रो क्यान्डल भनेको अभिनेता विराज भट्ट र अभिनेत्री जेनिसा केसीको प्रेम स्क्यान्डल हो। यी दुई कलाकारले अधिकांश सिनेमामा सागै काम गरे। उनीहरुको प्रेमको चर्चाले वर्षभरि जसो नेपाली सञ्चारमा प्रशस्त स्थान पायो। त्यो स्क्यान्डलको विराज र जेनिसा स्वयंले पनि खुलेर खण्डन गरेनन्। दुबैले सो चर्चालाई सामान्य रुपमा लिए।

यस्तै अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्काको प्रेम अफेयरले पनि केही नेपाली सञ्चारमा स्थान पायो। सो चर्चाले उनीहरुको फिल्म कहाा भेटिएलाको व्यापारमा निकै सघाउ पुर्यो । दर्शकले समेत श्रीकृष्ण र श्वेताको जोडीलाई निकै रुचाए। केही महिना पछि यी जोडीको चर्चा सेलायो।

केही वर्षदेखि बोलचार बन्द भए पनि अभिनेत्री रेजिना उप्रेती र निर्देशक शोभित बस्नेत २०६६ सालमा घनिष्ट बने। चिनो पछि शोभितले आफ्ना एक पछि अर्को सिनेमामा रेजिनालाई नै नायिका बनाए। यी दुईको पुनः मिलन र प्रेम अफेयरले पनि नेपाली सञ्चारमा केही चर्चा पायो। त्यो चर्चाको क्रम अझै सेलाएको छैन।

२०६६ सालमा नायिका सोनिया केसीले आफूलाई निर्देशक सुरेश दर्पण पोखरेलले फिल्म खेलाउने बहानामा बलात्कार गर्न खोजेको आरोप लगाइन्। त्यो स्क्यान्डलपछि प्रहरीसम्म पुग्यो। प्रहरीले दुबैलाई आफ्नो कार्यालयमा बोलाएर छानविन गर्योआ। तर सोनियाको आरोप झूटो ठहरियो र सुरेशले सफाइ पाए।

नायक नायिकाको चुम्बन स्क्यान्डल
२०६५ सालमा फिल्म सिलसिलमा अभिनेता राज तिमिल्सिना र अभिनेत्री सोनिया केसीले गरेको चुम्बनले निकै चर्चा पाएको थियो। सो चुम्बनका कारण पनि सिलसिला निकै सफल भयो। त्यही कार्यको नक्कल गर्दा २०६६ सालका सिनेमामा पनि चुम्बनलाई निकै प्राथमिकता दिइयो। दीपेन्द्र के खनाल निर्देशित फिल्म द युगदेखि युगसम्ममा नायक राजेश हमाल र नायिका नन्दिता केसीले धीत मारेर एक अर्काको चुम्बनको नाममा ओठ तथा जिब्रो नै चुसे। सो चुम्बन स्क्यान्डलले सञ्चारमा निकै चर्चा पायो। राजेश र नन्दिताको चुम्बनका कारण सो फिल्म पनि चल्यो। २०६६ को अन्त्यतिर नायिका अरुणिमा लम्साल र नायक मुकेश ढकालको चुम्बनले पनि त्यत्तिकै चर्चा पायो। आफ्नो फिल्म आफ्नो मान्छे आफ्नै हुन्छमा निर्देशक ऋषि लामिछानेले यी दुई कलाकारलाई एक आपसमा धीत मारेर चुम्बन गराएका थिए। त्यो चुम्बन पनि राजेश र नन्दिताको भन्दा कम उत्तेजक थिएन। यो चुम्बनले पनि सञ्चारमा निकै चर्चा पायो र फिल्म चल्नमा पनि सघाउ पुर्यारयो।

रेखा र प्रचण्ड डान्स स्क्यान्डल
पााच महिनाअघि सिंहदरबारलाई घेरेर ढप्प पार्ने कार्यक्रममा नायिका रेखा थापा उपस्थित मात्र भइनन्। अरु कार्यकर्ता जस्तै उनी पनि नाचिन्। रेखा थापा नाच्नु आफैंमा समाचार हैन। तर उनले एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत लालु पातो नुह्यो भुइातिर बोलको दोहोरी गीतमा आफूसागै नचाइन्। रेखासाग प्रचण्डको सो डान्स स्क्यान्डलले मिडियामा वर्षको उत्कृष्टमध्ये एक चर्चा पायो। सो नृत्यका कारण रेखा थापा धेरैमाझ वाहवाही भइन्। तर अध्यक्ष प्रचण्डले भने निकै टिप्पणी खेप्नुपर्योय।

नेपाली सिने उद्योगमा २०६६ सालमा थुप्रै स्क्यान्डल भए। निर्माता संघको चुनाव चारपटक भए पनि पााचैपटकमा राजकुमार राई अध्यक्ष भए। तैपनि निर्माता संघको चुनावी लफडा दुईपटक जिल्ला प्रशासन कार्यालय काठमाडौं पुग्यो। उता निर्देशक समाजको चुनावमा अध्यक्षको उम्मेदवार केपी पाठक र नरेश पौड्यालले बराबरी भोट ल्याए। दोस्रोपटकको पुनः निर्वाचनमा नरेश भन्दा एक भोट बढी ल्याएर अन्तत केपी पाठकले नै चुनाव जिते। यी मात्र हैन, सिने उद्योगमा २०६६मा धेरै किसिमका स्क्यान्डल भए। तथापि अस्लिल भिडियो, विवाह र अफेयर र चुम्बन स्क्यान्डलले बढी चर्चा पाए।

  One Response to “Scandals of 2066 – Nepali Film Industry”

  1. […] involving artists Namrata Shrestha and Puja Lama. We have written about the issues previously in  scandals of 2066, looking back to 2066 – year filled with sex […]

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: