Aug 032010
 

Advertisement

shyam-bhattaraiEverybody raised their eyebrows when a news was released about producers increasing the pay of the director, at its last stage of shooting. The news was released by a site filmykhabar.com, in which, the site is full of praises for the movie. It is told that the movie is ‘Hollywood’ standard movie and the producers were so impressed by the director that they increased the pay. It is however not told what was the previous pay of the director.

The movie is named ‘Challenge’ and the director is Shyam Bhattarai. The movie is in its last stage, and if I were the producer, this is the time I feel the pressure and tighten my purse.

The website names Shyam a ‘Maha Nayak’ and that he will not look at 2-4 lakhs for his future projects.

If you don’t know Shyam Bhattarai, he is the director who loves controversy. He had married, divorced, and remarried Ranjana Sharma in 2009. Till date, Shyam has made only two movies (Maryada and Mausam) and Challenge is his third movie.

See these movies Maryada and Mausam and write in comment if he is the best Nepali director.  More in Nepali follows:

नेपाली चलचित्रका एक जना निर्देशकले एउटा अंग्रेजी नाम भएको चलचित्र निर्देशन गरे बापात १० लाख रूपैया लिएको भन्ने समाचार लाई धेरैले फिल्म को प्रचारको लागि गरिएको झुटो समाचार भनेका छन् । अहिले सम्म कुनै पनि नेपाली कलाकारले नपाए को भनिएको पारिश्रमिक फिल्म को छायांकन अन्तिम अवस्था मा पुग्न लागेको बेलामा आउनु आफै मा बिबादास्पद छ । पारिश्रमिक बढाउनु पर्ने कुनै पनि कारण नभएको, र अंग्रेजी नाम भएका कुनै पनि नेपाली चलचित्र राम्रो चलेको इतिहास नभएकोमा ‘च्यालेन्ज’ ले मात्रै राम्रो ब्यबसाय गर्छ भन्ने के आधार छ ?

नेपाली रजतपटमा फुच्चे निर्देशक भनेर चिनिने श्याम भट्टराई को निर्माणाधिन ‘हलिउड स्टाइल’को भनिएको चलचित्र ‘च्यालेन्ज’ मा सोचे भन्दा कयौ गुणा राम्रो निर्देशन गरेको कारण  निर्माता माधव ढकाल र रेश मरहठ्ठा ले १० लाख रूपैया दिएको स्वीकार गरेका हुन् । ‘हार्डवर्कर निर्देशकको रूपमा समेत परिचित’ भट्टराईको काम देखेर मरहठ्ठाले उनलाई १० लाख दिएको बताए, ‘यस्ता निर्देशकको नेपालमा खाचो छ त्यसैले  उचित पारिश्रमिक दिन लोभ गर्नु हुदैन ।’

भट्टराईले निर्देशन गरेका मर्यादा र मौसम (पुरा फिल्म माथि को लिंक मा क्लिक्क गरेर हेर्न सकिन्छ) हरेर कमेन्ट मा अफ्नो विचार लेख्नु होला । तल, फिल्मिखबर साइट बाट समाचार जस्ता को तस्तै ।

नेपाली हिरो हिरोइनले अभिनय गर्दा कति पारिश्रमिक पाउलान ?  लाखमा कुरा गर्दा १, २ , ३ , ४ , ५ सायद धेरैको उत्तर यहिँ नै हुन्छ होला । तर नायिक नायिकालाई आफ्नो हरेक इशारामा नचाउने नायकको पनि महाँनायक एवं  नेपाली चलचित्रका एक जना निर्देशकले  भने एउटा चलचित्र निर्देशन गरे बापात पुराका पूरा १० लाख रूपैया लिएका छन् ।

छायाकंनको  अन्तिम चरणमा पुगेको बेला आजकाल भट्टराईले  ‘च्यालेन्ज’  निर्देशन गर्न पाएको प्रति आफु निकै खुशी र गौरवान्वित समेत भएका छन् । च्यालेन्जमा उत्कृष्ट निर्देशन गरेकै कारण रेट समेत बढाउन लागेका  निर्देशक भट्टराईलाई केही निर्माताहरूले नयाँ चलचित्रमा र्साईन गर्न लगाएतापनि उनले त्यस्ता प्रस्तावहरूलाई आजकाल बहिस्कार गर्दै आएका छन् । कारण च्यालेन्जको निर्देशन गर्दा १० लाख पोल्टामा पारेका भट्टराईले अब के को ?  दुई चार लाख भन्दै आफ्नो नयाँ रेट केही समय पछी  सार्वजनिक गर्न लागेको बुझिएको छ । 

च्यालेन्जको प्रदर्शन कहिले होला भन्दै आतुर रहेका निर्देशक भट्टराई नेपालकै सबैभन्दा बढी पारिश्रमिक लिने निर्देशकको अग्रपङतिमा दर्ता भईसके भन्दा केही फरक नपर्ला । रेखा थापा, नव नायिका खुश्वु न्यौपाने, आयुष रिजाल र स्वयम रेश मरहठ्ठाको अभिनय रहेको सो चलचित्र छुट्टै धारको रहेको निर्माण पक्षले दावी गर्दै आएको छ । १ सय ५० बर्षअघि नालापानी युद्धमा नेपाली सैनिकको गोप्य दस्तावेज बेलायती सेनाले लगेको बिषयलाई उठान गरिएको सो
चलचित्र  भ्वाईस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो ।

 Leave a Reply

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

(required)

(required)

%d bloggers like this: